Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

खरानीमाथि न्याय खोज्दै कांग्रेस : अदालतले संसदलाई जीवन दिन सक्ला ?

जेन–जी आन्दोलनपछि न्यायपालिका र चुनावी तयारीमाथि कांग्रेसकाे प्रश्न

मनोज भट्टराई

 काठमाडौं । नेपालको राजनीतिक परिवेश फेरि एकपटक अनिश्चितताको चक्रमा फँसेको छ । जेन–जी आन्दोलनले राज्यका तीनै अंगलाई हल्लाएपछि, नेपाली कांग्रेसभित्र अब संसद पुनर्स्थापनाबारे उठेका प्रश्नहरूले नयाँ बहस जन्माएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा नेताहरूबीच मुख्य चर्चा यही विषयमा केन्द्रीत रह्यो । “खरानीमाथि अदालत छ, संसद पुनर्स्थापना फैसला कसरी दिन्छ ?”

अदालत र संविधान दुबै कमजोर अवस्थामाः सिटौला 

नेता कृष्णप्रसाद सिटौलाले बैठकमा बोल्दै सर्वोच्च अदालतको संरचना र मनोबल दुवै कमजोर अवस्थामा पुगेको बताए ।  “आजको अवस्था यस्तो छ कि न्यायाधीशहरू नै फैसला गर्ने अवस्थामा छैनन्,” सिटौलाको भनाइ बैठकमा सहभागी एक पदाधिकारीले उद्धृत गरे। उनका अनुसार, अहिलेको परिस्थितिमा अदालत पुनः संसद पुनर्स्थापनाको पक्षमा निर्णय दिनसक्ने सम्भावना न्यून छ।

सिटौलाले आगामी निर्वाचन मिति (२१ फागुन) मा समेत शंका व्यक्त गरे। “मलाई निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन,” उनले भनेका थिए, “तर जनतामाझ पुग्ने अवसर चाहिँ लिनुपर्छ।”

सिटौलाले राष्ट्रपति रामचन्द्र पौडेलको हालको भूमिका प्रति पनि असन्तुष्टि व्यक्त गरे । उनको भनाइ थियो, “राष्ट्रपतिले संस्थागत हैसियतमा दलहरूलाई बोलाउने हो, तर अहिले व्यक्तिविशेषलाई लक्षित गरी गरिएको कदमले राष्ट्रपति कार्यालयको गरिमा घटाएको छ।”

भागेर होइन, निर्वाचनमै जानुपर्छः प्रकाशमान

सिटौलापछि बैठकमा बोलेका नेता प्रकाशमान सिंहले हालको सुशीला कार्की नेतृत्वको सरकारले ल्याएको निर्वाचन प्रस्तावमाथि असहमति जनाए पनि निर्वाचनबाट भाग्न नहुनेमा जोड दिए।

उनले भने, “बहालवाला प्रधानन्यायाधीशकै नेतृत्वमा चुनावमा जानुपर्ने अवस्था आएको छ, तर यही संविधानले दिएको बाटो हो — त्यसैले जनता समक्ष जानैपर्छ।” तर सिंहले पार्टीभित्रको विभाजन र विशेष महाधिवेशनको हस्ताक्षर अभियानप्रति कडा आक्रोश पोखे।

उनको भनाइ थियो, “देश संकटमा छ, तर महामन्त्रीहरू भने महाधिवेशनको खेलमा छन् । सर्पले भ्यागुतो निल्न लाग्दा भ्यागुतोले बिच्छी समाउन खोजेजस्तो।”

नेतृ उमा रेग्मीले बैठकमा बोलेर पार्टीभित्रै रहेर जेन–जीको नाममा गतिविधि मच्चाउनेहरूलाई कारबाही गर्न माग गरिन्। “हामीसँगै बसेर जेन–जी हुँ भन्दै जेन–जीको नाम बेचेर उद्दण्ड मच्चाउनेहरूलाई खोज्ने कि नखोज्ने ?”  उनको प्रश्नले बैठक केही बेर  हाेहल्ला नै भयाे ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले पार्टीमाथिको आक्रमण लोकतान्त्रिक प्रणाली नै कमजोर पार्ने प्रयास भएको बताए।  उनले भने, “अहिले विभाजनको मानसिकतामा होइन, एकताको दिशामा जानुपर्छ। पार्टी फुट्यो भने लोकतन्त्र टिक्दैन।”

त्यसैगरी, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार, २६ असोजदेखि बस्ने केन्द्रीय समिति बैठकमा तीन प्रमुख एजेन्डा हुनेछन्  । जसमा  नियमित महाधिवेशन, निर्वाचन तयारी र जेन–जी विद्रोहको विश्लेषण र आगामी बाटो रहने उनकाे भनाइ छ ।

बैठकमा प्रयोग गरिएको “खरानीमाथि अदालत” भन्ने वाक्यांश अब केवल रूपक होइन यो नेपालको न्यायपालिका, कार्यपालिका र विधायिकाको वास्तविक अवस्थाको प्रतीक बनिसकेको छ। जलेका इजलास, भागिएका न्यायाधीश र ध्वस्त राज्य संयन्त्रबीच, राजनीतिक दलहरू अझै पनि निर्वाचन र पुनर्स्थापनाको गणितमा अल्झिएका छन्।

तर बैठकमा एक नेताले अन्तिममा भनेझैँ  “संविधानको धुलो मेट्ने कुरा अदालतले होइन, अब जनताले गर्छन्।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नै सरकारविरुद्ध रास्वपाकै सांसदको प्रश्न : ‘सरकार कहाँ छ ?’

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...

कैदी बोकेको भ्यान दुर्घटना : मोटरसाइकल चालकको मृत्यु, अर्का युवक गम्भीर घाइते

रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending