Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

वैदेशिक रोजगारीबाट फर्किएका महिला श्रमिकले भोग्नु परेका समस्या र अवसरबारे छलफल

खबरडबली संवाददाता

काठमाडौ। महिला आप्रवासीको सवाल र अधिकार प्रवर्धनका लागि पैरवी रणनीति राष्ट्रिय कार्यशालाको आयोजना गरिएको छ । 

महिला पुनस्र्थापना केन्द्र (ओरेक)द्वारा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा वैदेशिक रोजगारीमा गएर सफल भएका र विविध कारणले फर्किएर आएका आप्रबासी महिला श्रमिकले विदेशमा भोग्नु परेको समस्या र अवसरबारे छलफल गरेका हुन् । 

महिला पुनस्र्थापना केन्द्रका संस्थापक डा।रेणु अधिकारीले सो केन्द्रमार्फत स्थापना गरिएको संस्था मञ्जरीले सुरक्षित आप्रवासन, गरिमामय रोजगारी, सामाजिक सुरक्षा र आप्रवासीको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्दै आएको बताए । 

उनले महिलाले गर्ने श्रमलाई स्वदेशमै मान्यता दिंदै अन्तर्राष्ट्रिय स्तरमासमेत महिलाको श्रमको वकालत गर्न, अन्यायमा परेका महिला श्रमिकलाई न्याय दिलाउन र श्रमिकले घर फर्कन चाहेमा सुरक्षित उद्धार गर्ने संयन्त्र हुनुपर्नेमा जोड दिए। 

उनले भने, “सबैभन्दा धेरै मेहनत गर्ने वर्ग महिलाले सदियौंदेखि आफ्नो श्रमको मुल्य पाएका छैनन्, स्यावासी, मुल्याङ्कन पनि गर्दैनन्, बैदेशिक रोजगारीबाट फर्केका नेपाली आप्रबासी महिला श्रमिकहरुले भोग्नु परेको असमानता, लैङ्गिक भेदभाव, सामाजिक असुरक्षा र रोजगारीमा समान अवसरबाट बञ्चित बनाईएकोले महिला श्रमिकको श्रमले राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताका लागि आवाज बुलन्द गर्न राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरिएको हो, महिलाको श्रमले समानताको मान्यता नपाएसम्म आवाज उठाइरहनुपर्छ ।” 

कार्यक्रममा महिला पुनस्थार्पना केन्द्रका कार्यकारी निर्देशक सुनिता मैनालीले संयुक्त राष्ट्र सङ्घको ग्लोवल कमप्याक्ट फर माईगे्रसन (आप्रबासी श्रमिकको सवाल) सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै महिला आप्रवासनका अधिकारबारे साझा धारणा निर्माण गर्दै महिलाले आफ्नो श्रमलाई मान्यता दिलाउन पहल गर्नु पर्नेमा जोड दिए। उनले यस कार्यशालाबाट नेपाली महिला आप्रवासीको साझा घोषणापत्र तयार गर्ने, पैरवी, कार्ययोजना बनाउने सरोकारवालाबिच अनुभव साटासाट गर्ने अवसर मिलेको बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

एनपिएलमा च्याम्पियन बन्ने दौडमा यी चार टोली

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...

पोखरा विमानस्थल भ्रष्टाचारमा प्रदीप अधिकारी पनि संलग्न

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला : ५ पूर्वमन्त्रीसहित ५५ जनामाथि ८ अर्ब भ्रष्टाचार मुद्दा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...

नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो

धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...

सिंहदरबारमा पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...

धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते

धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...

महिलामाथिको हिंसाको स्वरुप बदलिँदै छ, कम भएको छैन : सपना मल्ल

काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending