Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

नेतृत्व बदल्ने एजेन्डाले कांग्रेसको विवाद उत्कर्षमा

खबरडबली संवाददाता

काठमाडौं । पार्टीको नेतृत्व लिन हतार गरेको भनी संस्थापन पक्षले आफूमाथि आरोप लगाएपछि महामन्त्री थापाले खण्डन गरेका छन् । शनिबारको बैठकमा थापाले आफूले सभापतिका लागि यो सब नगरेको प्रस्टीकरण दिए । 

‘म सभापति र पदाधिकारी नभई केन्द्रीय सदस्यका रूपमा काम गर्न तयार छु, सभापति हुन खोजिरहेको छैन,’ उनले भने, ‘२३ र २४ भदौअघिको नेपाल र त्यसपछिको नेपाल एउटै होइन । हामीले पार्टीलाई आमूल रूपान्तरण नगर्ने हो भने यसको सान्दर्भिकता बचाउन सक्दैनौं ।’ 

उनले सभापति शेरबहादुर देउवालाई अब धेरै दुःख नदिन पनि सबैसँग आग्रह गरे । ‘मैले पटकपटक भन्दै आएको छु, सभापतिलाई जति बढी दुःख दिन्छौं, त्यति बढी पीडा हुन्छ, यस्तो दुःख नदिऔं,’ उनको भनाइ थियो ।साझा एजेन्डा तय हुन नसकेपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक नै सर्‍यो

जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएयता सभापति देउवा सार्वजनिक भएका छैनन् । पदाधिकारी र पूर्वपदाधिकारीको बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । केन्द्रीय कार्यसमिति बैठकमा भने देउवा आफैंले अध्यक्षता गर्ने प्रवक्ता प्रकाशशरण महतले बताए ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार शनिबारसम्म केन्द्रीय कार्यसम्पादन समितिका ३२ जनाले धारणा राखेका छन् । अझै केही नेताले बोल्न बाँकी रहेकाले केन्द्रीय कार्यसमितिको बैठक मंगलबारसम्म सारेर साझा एजेन्डा तय गर्ने प्रयास जारी भइरहेको पौडेलले बताए । 

२१ फागुनका लागि घोषित निर्वाचनअघि पार्टीभित्र आमूल रूपान्तरण नभए निर्वाचनमा कांग्रेस कमजोर हुने तर्क महामन्त्रीहरूको छ । विशेष महाधिवेशनको अभियान सम्हालिरहेका युवा नेता गुरुराज घिमिरेले विशेष महाधिवेशन बोलाउनका लागि देशभरबाट करिब २३ सय महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन भएको दाबी गरे । कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू ४ हजार ७ सय ४५ छन् । यसबीचमा कतिपयको निधन भएकाले यो संख्या घटेको संस्थापन इतरपक्षको भनाइ छ ।

आइतबारको केन्द्रीय कार्यसमिति बैठकअघि हस्ताक्षरसहितको निवेदन सानेपास्थित पार्टी कार्यालयमा बुझाउने तयारी थियो । केन्द्रीय कार्यसमिति बैठक सरेपछि निवेदन आइतबार नै दर्ता गर्ने वा सोमबार भन्नेमा छलफल भइरहेको घिमिरेले बताए । ‘हामीले ५० प्रतिशतभन्दा बढीको हस्ताक्षर पुर्‍याइसकेका छौं, त्यसको रुजु कार्य भइरहेको छ, पदाधिकारी तथा पूर्वपदाधिकारीले जस्तो एजेन्डा तय गरे पनि विशेष महाधिवेशनको माग राखेर हस्ताक्षरसहित निवेदन दिने निर्णय हामीले गरिसकेका छौं,’ उनले भने ।

छोटो बाटोबाट मंसिर अन्तिम साताभित्र महाधिवेशन गर्न सकिने महामन्त्री थापाको भनाइ छ । तर तयारी अवधि र सहभागिताको कारण देखाएर संस्थापन पक्षका नेताहरूले तिथि तोक्न मानिरहेका छैनन् । ‘२१ फागुनमा निर्वाचन भइहाल्यो भने आफूहरूको हातमा केही हुन्न भन्ने ठानेर होला, छोटो प्रक्रिया अपनाएर मंसिरमा नियमित महाधिवेशन गर्न संस्थापन पक्षले मानिरहेको छैन,’ इतरपक्षका एक नेताले भने, ‘तर अहिलेकै नेतृत्व राखेर चुनावमा जान सकिन्न । जसरी पनि महाधिवेशन गरेर नीति र नेतृत्व दुवै बदल्नुपर्छ ।’ अर्का एक नेताका अनुसार नेता कृष्णप्रसाद सिटौलाले नै देउवालाई नेतृत्व नछाड्न सबैभन्दा बढी दबाब दिँदै आएका छन् ।

मंसिरमा नियमित महाधिवेशन गर्ने विकल्पमा देउवालाई नेतृत्वमै राखेर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिने वा अहिलेको केन्द्रीय कार्यसमिति विघटन गरेर कसैको संयोजकत्वमा महाधिवेशन आयोजक समितिसमेत गठन गर्ने विकल्पमा संस्थापन पक्षले छलफल गरिरहेको छ । तर संस्थापन पक्षभित्रै पनि नेतृत्वको सवालमा एकमत देखिएको छैन ।
यो समाचार कान्तिपुर दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending