Khabar Dabali २२ पुष २०८२ मंगलवार | 6th January, 2026 Tue
Investment bank

आयातित प्रसाद रोक्न ‘रोट’ बनाइँदै

खबरडबली संवाददाता

ढोरपाटन । बागलुङ नगरपालिका–१ का डम्मरबहादुर मल्ल बिहान झिसमिसेमै कालिका मन्दिर गेटमा पुग्छन् । जहाँ उनको सानो पसल र रोट (मन्दिरमा चढाउने प्रसाद) बनाउने अँगेनो छ । मन्दिरमा भक्तजन आउनुपूर्व नै मल्लले ‘रोट’ बनाउन सुरु गर्छन् । मन्दिरमा आउने भक्तजन मल्लको रोट पकाउने अँगेनो छेउमै आएर तात्तातो रोट लिएर चढाउन जान्छन् । मल्ल बिहानदेखि साँझसम्मै रोट बनाउनमा व्यस्त छन् । अहिले उहाँको दैनिकी रोट बनाउने र बिक्री गर्नमै बित्ने गरेको छ ।

मन्दिरमा आउने दर्शनार्थीले प्रसादका रूपमा आयातित तयारी मिठाई तथा नरिवल चढाउने चलन बढेपछि मल्लले मन्दिर गेटमै पसल स्थापना गरेर रोट बनाउन थालेका हुन् । अहिले उनले उत्पादन गरेको रोट बागलुङमा ब्राण्ड बन्दै गएको छ । मन्दिरमा आउने हरेक दर्शनार्थीले मल्लले रोट बनाएको हेर्छन् । कतिले किन्छन् त कतिले रोट बनाएको देखेर मुख मिठाउँदै फर्किन्छन् । भगवान्लाई चढाउने रोट मल्ले बनाउन थालेपछि कालिका मन्दिरसँगै म्याग्दी, पर्वत र मुस्ताङ जिल्लाका अन्य मन्दिर पनि यहाँबाट किनेर लैजाने गरेका छन् ।

डम्मरले आयातित प्रसाद रोक्न छ वर्ष अगाडिदेखि यहाँ रोट बनाउन थाल्नुभएको हो । बागलुङ कालिकामा दुई दशक अगाडिसम्म रोट चढाइन्थ्यो । लामो समय मिठाई, नरिवललगायत अन्य प्रसाद चढाउन थालिएको कालिकामा अहिले फेरि रोट चढाउन सुरु भएको छ । पहिले पूजाअर्चना गर्न आउने दर्शनार्थीले घरबाटै तयारी रोट लिएर कालिका मन्दिरलाई चढाउने गरेकामा अहिले मल्लको पसलबाट किन्न थालिएको छ । बागलुङमा रोट बनाउने मल्ल एक्लो व्यवसायी हुन् । भगवान्लाई स्थानीय उत्पादन नै चढाउनुपर्छ भन्ने उद्देश्यले रोट बनाउन थालेको मल्ल बताउँछन् ।

पहिले हरेक नागरिकले मन्दिरमा पूजा गर्न आउँदा रोट ल्याउने गरेको स्मरण गर्दै त्यो परम्परालाई पुनः फर्काउनुपर्ने उनले बताए । रोटलाई कालिका मन्दिर चढाइने शुद्ध र चोखो प्रसादका रूपमा लिने हुँदा पछिल्लो समय धेरैले रोट चढाउन थालेको मल्लको भनाइ छ । दुईतीन वर्ष अगाडिसम्म बुढापाकाले मात्र रोट किनेर चढाउने गरेको भए पनि पछिल्लो समय युवायुवतीले पनि चढाउन थालेका उनले सुनाए ।

“कालिकामा रोट चढाउने त पुरानो प्रचलन हो, मौलिकता हो, तर पछिल्लो समय धेरैले बाहिरबाट ल्याएको प्रसाद चढाउन थाले, त्यसले गर्दा रोटको महत्व घटेको थियो, अहिले फेरि धेरैमा रोट चढाउनुपर्छ भन्ने सोचको विकास भएको छ”, मल्लले भने, “यहाँ बनाउने रोट शुद्ध हुन्छ, केही मिसावट हुँदैन, भक्तजनलाई उहाँहरूकै आँखा अगाडि रोट बनाएर दिन्छौँ, अहिले त धेरैले रोट चढाउनुपर्छ भनेर आउनुहुन्छ, विस्तारै रोट चढाउने थिति बस्दैछ ।”

मल्ले रोट बनाउन थालेपछि सुरुमा बिक्री हुँदैनथ्यो । उनलाई स्थापित हुन निकै गाह्रोसमेत भएको थियो । तर अहिले मल्लको व्यवसाय फस्टाउन थालेको छ । अहिले पनि मन्दिरमा हजारौँ भक्तजन आए पनि सीमितले मात्र रोट चढाउने गरेका छन् । तर यसबाट मल्ल भने सन्तुष्ट रहेको बताउँछन् । मल्लले दसैँ अवधिमा मात्र रु दुई लाखको रोट बिक्री गर्नुभयो । हरेक दिन ५० देखि १०० रोट बिक्री हुने उनले सुनाए ।

चामलको पीठोमा चिनी, नरिवल, बदाम, काजु मिसाएर घ्यूमा रोट पकाउने गरिन्छ । प्रतिगोटा रोटलाई चार सयका दरले बिक्री गर्ने गरेको मल्लले सुनाए । वार्षिक रु सात लाखबराबरको रोट बिक्री हुने उनको भनाइ छ । रोट बिक्री गरेर भगवान्को सेवा गरेको भन्दै यहीबाट आफ्नो परिवार चलाएको मल्लले बताए ।

पछिल्लो समय कालिका मन्दिरमा बर्सेनि ५० लाखभन्दा बढीको नरिवल बिक्री हुने गरेको छ । कालिका दर्शन गर्न आउने जोकोहीको हातमा पनि नरिवल हुन्छ । तर, पछिल्लो पुस्ताले बिर्सिएको रोट चढाउने परम्परा अहिले पुनः प्रचलनमा आउन थालेको छ । मन्दिर आउने बुढापाकाले रोट खोजेरै चढाउन लैजाने गरेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महेन्द्रनगरमा चिसो बढेपछि विद्यालय बन्द

महेन्द्रनगर । केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् । चिसो बढेर वि...

वीरगञ्जमा कर्फ्यू आदेश आज दिउसो १ बजेसम्म थप

पर्सा । जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यू  आदेश थप गरेको छ ।  प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि...

स्ट्रबेरीखेती बिक्री गरेर एकवर्षमा २१ लाख आम्दानी

दाङ । अध्ययनको क्षेत्र कृषि प्राविधिक ,व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेर...

भारतबाट फर्किएगत्तै आन्तरिक छलफलमा प्रचण्ड, राष्ट्रिय सभामा तालमेलको कसरत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएपछि पार्टीभित्र आन्तरिक छलफलमा सक्रिय भएका छन्।  एकता सन्...

राष्ट्रिय सभा निर्वाचन- कांग्रेसले आज उम्मेदवारको टुङ्गो लगाउने

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो आज लगाउने भएको छ। यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको...

माटो मिसाएर गरिएको ढलान जनप्रतिनिधिले भत्काइदिए

म्याग्दी । धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक य...

आमचोकमा तीन करोड लगानीमा चियाखेती

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत चियाखेती विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ ...

एमाले कार्यकर्ताले १० वर्षदेखि सूर्य चिह्नमा भोट हाल्न नपाएको झापा–३ मा ओली लड्दैछन् ?

काठमाडौं । गत शनिबार एमालेको क्षेत्रीय कमिटी बैठकले झापा–५ बाट प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सिफारिस गर्ने...

एमाले सचिवालय बैठक- राष्ट्रियसभा निर्वाचनबारे के लेला निर्णय ?

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बिहान ९ बजे पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्नेगरि बैठक आह्वान भएको केन्द्रीय कार्यालयका सचिव डा....

राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच गठबन्धन हुने निश्चित, १८ सीट कसरी हुँदैछ बाँडफाँट ?

काठमाडौँ । जेनजी आन्दोलनको प्रभावपछि सत्ता राजनीतिबाट केही हदसम्म टाढिएका प्रमुख दलहरूले राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने तयारी गरेका छन् । ११ म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending