काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)बीच एकताको चर्चा तीव्र बन्दै गएको बेला समाजवादीका सम्मानित नेता झलनाथ खनालले सम्भावित एकीकरणको विरोध गरेका छन्।
दिल्लीमा उपचाररत खनालले आइतबार सार्वजनिक गरेको वक्तव्यमार्फत पार्टी एकताको चर्चा “कुबेलाका बाजा” भएको टिप्पणी गरेका हुन्।
उनले यस्तो प्रयासलाई “भड्खालोमा जाने बाटो” भन्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउन आह्वान गरेका छन्। खनालले भनेका छन् “यतिबेला हाम्रो पार्टीका लागि कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन। हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने दिशामा नलागौँ।”
उनले हालको प्राथमिकता पार्टीभित्र आत्मसमीक्षा, रुपान्तरण र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुट्नु पर्ने बताएका छन्। खनालले जारी वक्तव्यमा पार्टीले चार वर्षअघिको राजनीतिक यात्राको निर्मम समीक्षा गर्नुपर्ने बताउँदै भनेका छन् “नवौं महाधिवेशनदेखि उठाएको युवा आवाज र कार्यविधिलाई ध्यान दिऔँ। सबै क्रान्तिकारी, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिलाई गोलबन्द गरी एउटा बृहत् राष्ट्रिय मोर्चा निर्माण गरौँ।”
उनका अनुसार अहिलेको सही बाटो भनेको पार्टीलाई एकताबद्ध बनाएर पुनर्गठन र रुपान्तरणको ऐतिहासिक यात्रातर्फ अघि बढ्नु हो। खनालको यस्तो अभिव्यक्ति उस समयमा आएको हो, जब नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकीकरणका लागि छलफल तीव्र बनेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार खनालको यो वक्तव्यले सम्भावित एकता प्रक्रियामा नयाँ राजनीतिक तरंग सिर्जना गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८२ - १८:२६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालैको भारत भ्रमणबारे छलफल भएको छ। पार्टीले उक्त भ्रमण सरकारको...
पौष २२ गते, २०८२ - १८:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले तथा मधेश केन्द्रित दलहरूसँग सहकार्य गरेर अघ...
पौष २२ गते, २०८२ - १८:१६
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको फैसलामा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्...
पौष २२ गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठक...
पौष २२ गते, २०८२ - १८:०४
विराटनगर । कोशी प्रदेश सरकारमा मन्त्री परिषद् हेरफेर गरिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा एमाले र नेपाली कांग्र...
पौष २१ गते, २०८२ - १४:१३
नेपाल निर्णायक राजनीतिक मोडमा प्रवेश गरिसकेको छ। प्रतिनिधि सभा निर्वाचनका लागि सबै राजनीतिक दलहरूले दल दर्ता तथा समानुपातिक उम्मेदवारहरूको प्रारम्भिक ...
पौष २१ गते, २०८२ - १४:०२
पर्सा। धार्मिक तथा सामाजिक विषयका कारण उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभ...
पौष २१ गते, २०८२ - १३:५८
काठमाडौं । नेपाल बैंक लिमिटेड र मेडिकेयर हस्पिटल लि. बीच कर्मचारी, ग्राहक र परिवारका लागि विशेष छुट दिने सम्झौता भएको छ। सम्झौताअनुसार, बैंकका कर्म...
पौष २१ गते, २०८२ - १३:५६
काठमाडौँ। मानव अधिकार अभियान्ता राहुल केसी राजनीतिमा होमिने भएका छन्। आगामी निर्वाचनमा कपिलवस्तुबाट उम्मेदवार बन्ने तयारीका साथ उनले हाल स्वतन्त्र उम्...
पौष २१ गते, २०८२ - १३:४८
रौतहट । सीमावर्ती भारतीय बजार बैरगनियाबाट नेपालतर्फ प्रवेश गर्दै गरेकी एक भारतीय महिलालाई स्रोत नखुलेको नगदसहित रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। ...




प्रतिकृया लेख्नुहोस्: