काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)बीच एकताको चर्चा तीव्र बन्दै गएको बेला समाजवादीका सम्मानित नेता झलनाथ खनालले सम्भावित एकीकरणको विरोध गरेका छन्।
दिल्लीमा उपचाररत खनालले आइतबार सार्वजनिक गरेको वक्तव्यमार्फत पार्टी एकताको चर्चा “कुबेलाका बाजा” भएको टिप्पणी गरेका हुन्।
उनले यस्तो प्रयासलाई “भड्खालोमा जाने बाटो” भन्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउन आह्वान गरेका छन्। खनालले भनेका छन् “यतिबेला हाम्रो पार्टीका लागि कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन। हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने दिशामा नलागौँ।”
उनले हालको प्राथमिकता पार्टीभित्र आत्मसमीक्षा, रुपान्तरण र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुट्नु पर्ने बताएका छन्। खनालले जारी वक्तव्यमा पार्टीले चार वर्षअघिको राजनीतिक यात्राको निर्मम समीक्षा गर्नुपर्ने बताउँदै भनेका छन् “नवौं महाधिवेशनदेखि उठाएको युवा आवाज र कार्यविधिलाई ध्यान दिऔँ। सबै क्रान्तिकारी, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिलाई गोलबन्द गरी एउटा बृहत् राष्ट्रिय मोर्चा निर्माण गरौँ।”
उनका अनुसार अहिलेको सही बाटो भनेको पार्टीलाई एकताबद्ध बनाएर पुनर्गठन र रुपान्तरणको ऐतिहासिक यात्रातर्फ अघि बढ्नु हो। खनालको यस्तो अभिव्यक्ति उस समयमा आएको हो, जब नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकीकरणका लागि छलफल तीव्र बनेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार खनालको यो वक्तव्यले सम्भावित एकता प्रक्रियामा नयाँ राजनीतिक तरंग सिर्जना गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २२ गते, २०८२ - १६:०८
पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...
चैत्र २२ गते, २०८२ - १५:५९
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...
चैत्र २२ गते, २०८२ - १५:४३
काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...
चैत्र २२ गते, २०८२ - १५:४२
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...
चैत्र २२ गते, २०८२ - १५:३९
कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...
चैत्र २२ गते, २०८२ - १५:३२
ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...
चैत्र २२ गते, २०८२ - १५:१८
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...
चैत्र २२ गते, २०८२ - १५:१६
काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...
चैत्र २२ गते, २०८२ - १५:१२
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...
चैत्र २२ गते, २०८२ - १५:१०
काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...


प्रतिकृया लेख्नुहोस्: