काठमाडौं । तिहारको रंगीन तयारी सुरु भइसकेको छ । सडकछेउ, गल्ली र बजारहरूमा रंगीन बत्ती टल्किन थालेका छन् । तर, भक्तपुरको गुण्डुका सहदेव बस्नेतजस्ता फूल किसानहरूका अनुहारमा भने उत्साहभन्दा बढी चिन्ता झल्किन्छ ।
हरेक वर्ष झैँ यसपालि पनि उनले मखमली फुलबारीलाई सजाएका छन् । बिहानैदेखि खेतको ढिस्कोमा हरियो बोटमा उम्रिएका स–साना फुलका मुन्टाहरू टिप्दै उनी भन्छन्, “फूल राम्रो फुल्छ, माला पनि राम्रै बन्छ । तर मूल्य भने घट्दै गएको छ ।”
बस्नेतले दश वर्षअघि एक गोटा मखमली माला ३३ रुपैयाँमा बेच्ने गर्थे । अहिले त्यो माला १८ देखि २३ रुपैयाँमै बिक्री गर्नुपर्छ । “खेत जोत्न, बीउ हाल्न, सिँचाइ गर्न र कामदार राख्न खर्च बढ्यो, तर माला बेच्दा नाफा नै हुँदैन,” उनले गुनासो गरे ।
‘मूल्य नपाउँदा परिश्रम माटोमा’
गुण्डुकी अर्की किसान गंगा थापा पनि बस्नेतकै पीडामा छन् । बीस वर्षदेखि मखमली खेती गर्दै आएकी उनले भनिन्, “पहिला मखमली नै हाम्रो मुख्य आम्दानी थियो । अहिले त मालाको मूल्य घट्दा जोत्न मन नै उठ्दैन ।”
थापा भन्छिन्, “सरकारले दशैंमा खसीबोकाको भाउ तोक्छ, तर तिहारमा फूलको भाउ किन नतोक्ने ? हामी पनि किसान हौं । हाम्रो पसिनाको मूल्य पनि बराबर हुनुपर्छ ।”
विचौलियाको फाइदा, किसानको घाटा
गुण्डुकै निर्मला बस्नेतले यस वर्ष माग केही बढेको बताइन् । “गत वर्ष दुई हजार वटा माला बेचेकी थिएँ । यस वर्ष अहिले नै एक हजार दुई सय पुगेको छ । व्यापारीहरू घरमै आएर किनेर लैजान्छन्,” उनले भनिन् ।
तर उनीहरूका अनुसार, व्यापारीहरू किसानको घाटामा व्यापार गर्छन् । खेतमा किसानले २० रुपैयाँमा दिएको माला बजारमा ४०–५० रुपैयाँमा बेचिन्छ । “बीचमा विचौलिया धेरै छन्, नाफा उनीहरू लिन्छन् । हामीले त फुलको सुगन्ध मात्रै पाउँछौं,” निर्मलाले भनिन् ।
राधा थापा र अनिता बस्नेत पनि त्यही पीडामा छन् । उनीहरू भन्छन्, “विचौलियाका कारण किसानले उचित मूल्य नपाउने, उपभोक्ताले महँगोमा किन्नुपर्ने स्थिति छ । सरकारले मालाको मूल्य तोकिदिए सबैलाई सहज हुने थियो ।”
कृषि नीतिले फूल बिर्सियो
किसानहरूको गुनासो एउटै छ — सरकारको ध्यान कहिल्यै फूलतिर पुगेको छैन । धान, गहुँ, आलु र तरकारीको मूल्य निर्धारण हुने गर्छ, तर फूल किसानको पसिनाको मूल्य राज्यले कहिल्यै गनेको छैन ।
नेपालमा हरेक वर्ष तिहारका लागि लाखौँ गोटा मखमली माला आवश्यक पर्छ । भक्तपुर, काभ्रे, चितवन, ललितपुर र काठमाडौंका सयौं किसान यो फूल खेतीमा निर्भर छन् । तर खेतीका लागि आवश्यक गुणस्तरीय बीउ, मल, औषधि र बजारको सहज पहुँच नहुँदा उनीहरू विस्थापित हुँदै गएका छन् ।
“बीउ राम्रो पाइँदैन, किरा धेरै लाग्छ, औषधि पनि महँगो छ । हाम्रो समस्या सुनिदिने कोही छैन ,” बस्नेतले भने ।
फूलको सुगन्धमा पसिनाको गन्ध
मखमली फुलाउँदा खेतभरि फैलिने सुगन्धले मन लोभ्याउँछ । तर त्यसै फुलबारीभित्र पसिना बगाउने किसानको कथा सुन्नेहरू थोरै छन् । तिहारमा शहर उज्यालो हुन्छ, घर आँगन रंगिन हुन्छ, देउसी–भैलो गुञ्जिन्छ । तर मखमली फुलबारीमा किसान भने भोलिको मूल्य र बजारको चिन्तामा डुबेका हुन्छन् ।
सहदेव बस्नेत भन्छन्, “फूल बेचेर हामीले आफ्नो परिवार पाल्छौं । तर यस्तै भयो भने अर्को वर्ष मखमली जोत्न मन लाग्दैन ।” उनको मनको बगैंचामा एउटा आशा अझै बाँकी छ । “सरकारले हाम्रो आवाज सुनेर मखमलीको मूल्य तोकिदियोस्, अब तिहारमा फूलसँगै किसानको अनुहार पनि फुलोस् ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - २२:१९
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश विक (नेपाली) प्रकरणमा काठमाडौं महानगरपालिकाले प्रारम्भिक रूपमा नगरप्रहरीबाट...
आषाढ़ २६ गते, २०८३ - २२:१५
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको घटनालाई लिएर गहिरो दुःख व्यक्त गर्दै राज्यका संयन्त्र नागरिक...
आषाढ़ २६ गते, २०८३ - २२:१३
काठमाडाैं । दक्षिणी स्पेनको अल्मेरिया क्षेत्रमा फैलिएको भीषण डढेलोमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार प्रारम्भिक विवरणले मृतक...
आषाढ़ २६ गते, २०८३ - ०८:५८
लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। राष्ट्रिय विभूति भक्ति थापाको ...
आषाढ़ २६ गते, २०८३ - ०८:५४
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८२.७४ प्रतिशत खर्च भएको जनाएको छ। आर्थिक वर्षको अन्तिम दिन (...
आषाढ़ २६ गते, २०८३ - ०८:५२
समावेशी आयोगको प्रतिवेदनमाथि छलफल हुने
आषाढ़ २६ गते, २०८३ - ०८:४७
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, ...
आषाढ़ २६ गते, २०८३ - ०८:४६
काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा २३ वर्षपछि अन्ततः टुंगि...
आषाढ़ २६ गते, २०८३ - ०८:३१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी...
आषाढ़ २६ गते, २०८३ - ०८:२९
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएक...



प्रतिकृया लेख्नुहोस्: