Khabar Dabali २२ पुष २०८२ मंगलवार | 6th January, 2026 Tue
Investment bank

मखमलीको रङमा खुसी हरायो : मूल्यमा किसानको आँसु

खबरडबली संवाददाता

काठमाडौं । तिहारको रंगीन तयारी सुरु भइसकेको छ । सडकछेउ, गल्ली र बजारहरूमा रंगीन बत्ती टल्किन थालेका छन् । तर, भक्तपुरको गुण्डुका सहदेव बस्नेतजस्ता फूल किसानहरूका अनुहारमा भने उत्साहभन्दा बढी चिन्ता झल्किन्छ ।

हरेक वर्ष झैँ यसपालि पनि उनले मखमली फुलबारीलाई सजाएका छन् । बिहानैदेखि खेतको ढिस्कोमा हरियो बोटमा उम्रिएका स–साना फुलका मुन्टाहरू टिप्दै उनी भन्छन्, “फूल राम्रो फुल्छ, माला पनि राम्रै बन्छ । तर मूल्य भने घट्दै गएको छ ।”

बस्नेतले दश वर्षअघि एक गोटा मखमली माला ३३ रुपैयाँमा बेच्ने गर्थे । अहिले त्यो माला १८ देखि २३ रुपैयाँमै बिक्री गर्नुपर्छ । “खेत जोत्न, बीउ हाल्न, सिँचाइ गर्न र कामदार राख्न खर्च बढ्यो, तर माला बेच्दा नाफा नै हुँदैन,” उनले गुनासो गरे ।

‘मूल्य नपाउँदा परिश्रम माटोमा’

गुण्डुकी अर्की किसान गंगा थापा पनि बस्नेतकै पीडामा छन् । बीस वर्षदेखि मखमली खेती गर्दै आएकी उनले भनिन्, “पहिला मखमली नै हाम्रो मुख्य आम्दानी थियो । अहिले त मालाको मूल्य घट्दा जोत्न मन नै उठ्दैन ।”

थापा भन्छिन्, “सरकारले दशैंमा खसीबोकाको भाउ तोक्छ, तर तिहारमा फूलको भाउ किन नतोक्ने ? हामी पनि किसान हौं । हाम्रो पसिनाको मूल्य पनि बराबर हुनुपर्छ ।”

विचौलियाको फाइदा, किसानको घाटा

गुण्डुकै निर्मला बस्नेतले यस वर्ष माग केही बढेको बताइन् । “गत वर्ष दुई हजार वटा माला बेचेकी थिएँ । यस वर्ष अहिले नै एक हजार दुई सय पुगेको छ । व्यापारीहरू घरमै आएर किनेर लैजान्छन्,” उनले भनिन् ।

तर उनीहरूका अनुसार, व्यापारीहरू किसानको घाटामा व्यापार गर्छन् । खेतमा किसानले २० रुपैयाँमा दिएको माला बजारमा ४०–५० रुपैयाँमा बेचिन्छ । “बीचमा विचौलिया धेरै छन्, नाफा उनीहरू लिन्छन् । हामीले त फुलको सुगन्ध मात्रै पाउँछौं,” निर्मलाले भनिन् ।

राधा थापा र अनिता बस्नेत पनि त्यही पीडामा छन् । उनीहरू भन्छन्, “विचौलियाका कारण किसानले उचित मूल्य नपाउने, उपभोक्ताले महँगोमा किन्नुपर्ने स्थिति छ । सरकारले मालाको मूल्य तोकिदिए सबैलाई सहज हुने थियो ।”

कृषि नीतिले फूल बिर्सियो

किसानहरूको गुनासो एउटै छ — सरकारको ध्यान कहिल्यै फूलतिर पुगेको छैन । धान, गहुँ, आलु र तरकारीको मूल्य निर्धारण हुने गर्छ, तर फूल किसानको पसिनाको मूल्य राज्यले कहिल्यै गनेको छैन ।

नेपालमा हरेक वर्ष तिहारका लागि लाखौँ गोटा मखमली माला आवश्यक पर्छ । भक्तपुर, काभ्रे, चितवन, ललितपुर र काठमाडौंका सयौं किसान यो फूल खेतीमा निर्भर छन् । तर खेतीका लागि आवश्यक गुणस्तरीय बीउ, मल, औषधि र बजारको सहज पहुँच नहुँदा उनीहरू विस्थापित हुँदै गएका छन् ।

“बीउ राम्रो पाइँदैन, किरा धेरै लाग्छ, औषधि पनि महँगो छ । हाम्रो समस्या सुनिदिने कोही छैन ,” बस्नेतले भने ।

फूलको सुगन्धमा पसिनाको गन्ध

मखमली फुलाउँदा खेतभरि फैलिने सुगन्धले मन लोभ्याउँछ । तर त्यसै फुलबारीभित्र पसिना बगाउने किसानको कथा सुन्नेहरू थोरै छन् । तिहारमा शहर उज्यालो हुन्छ, घर आँगन रंगिन हुन्छ, देउसी–भैलो गुञ्जिन्छ । तर मखमली फुलबारीमा किसान भने भोलिको मूल्य र बजारको चिन्तामा डुबेका हुन्छन् ।

सहदेव बस्नेत भन्छन्, “फूल बेचेर हामीले आफ्नो परिवार पाल्छौं । तर यस्तै भयो भने अर्को वर्ष मखमली जोत्न मन लाग्दैन ।” उनको मनको बगैंचामा एउटा आशा अझै बाँकी छ । “सरकारले हाम्रो आवाज सुनेर मखमलीको मूल्य तोकिदियोस्, अब तिहारमा फूलसँगै किसानको अनुहार पनि फुलोस् ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा बैठकमा प्रचण्डको भारत भ्रमणबारे छलफल, ‘पार्टी कार्यक्रमका लागि गएको’ प्रस्टोक्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालैको भारत भ्रमणबारे छलफल भएको छ। पार्टीले उक्त भ्रमण सरकारको...

राष्ट्रिय सभा निर्वाचनमा सबै दलसँग सहकार्य गर्ने नेकपाको निर्णय

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले तथा मधेश केन्द्रित दलहरूसँग सहकार्य गरेर अघ...

पाँच वर्षपछि पूर्वप्रधानन्यायाधीश जबराको हस्ताक्षरसँगै संसद विघटनसम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको फैसलामा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्...

राष्ट्रिय सभा निर्वाचनमा एमाले कांग्रेस सँगै, सात–सातको सौदा मिल्दा बाँकी क्लस्टरमा किचलो

काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठक...

कोशी प्रदेशमा मन्त्री परिषद् हेरफेर

विराटनगर ।  कोशी प्रदेश सरकारमा मन्त्री परिषद् हेरफेर गरिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा एमाले र नेपाली कांग्र...

निर्वाचनको मोडमा नेपाल : नेतृत्व, षड्यन्त्र र राष्ट्रनायकको सवाल

नेपाल निर्णायक राजनीतिक मोडमा प्रवेश गरिसकेको छ। प्रतिनिधि सभा निर्वाचनका लागि सबै राजनीतिक दलहरूले दल दर्ता तथा समानुपातिक उम्मेदवारहरूको प्रारम्भिक ...

वीरगञ्जमा कर्फ्यू, भेला र प्रदर्शनमा रोक

पर्सा। धार्मिक तथा सामाजिक विषयका कारण उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभ...

नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच विशेष सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र मेडिकेयर हस्पिटल लि. बीच कर्मचारी, ग्राहक र परिवारका लागि विशेष छुट दिने सम्झौता भएको छ। सम्झौताअनुसार, बैंकका कर्म...

युवा सशक्तिकरण र न्यायका लागि काम गरेका राहुल केसी अब चुनावी मैदानमा

काठमाडौँ। मानव अधिकार अभियान्ता राहुल केसी राजनीतिमा होमिने भएका छन्। आगामी निर्वाचनमा कपिलवस्तुबाट उम्मेदवार बन्ने तयारीका साथ उनले हाल स्वतन्त्र उम्...

राैतबटबाट स्रोत नखुलेको साढे दुई लाख नगदसहित भारतीय महिला पक्राउ

रौतहट । सीमावर्ती भारतीय बजार बैरगनियाबाट नेपालतर्फ प्रवेश गर्दै गरेकी एक भारतीय महिलालाई स्रोत नखुलेको नगदसहित रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।  ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending