गुल्मी। निर्वाचन आयोगले कात्तिक मसान्तसम्म जुनसुकै निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने बताएपछि जिल्ला-जिल्लामा अभियान चलिरहेको छ । गुल्मीमा नागरिकको सहजताको लागि निर्वाचन कार्यालयसँगै जिल्ला प्रशासन कार्यालयबाट समेत मतदाता नामावली दर्ता सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा दसैँपछि सेवाग्राहीको अत्यधिक भिड छ । प्रशासन आएका नागरिकले नागरिकता, राष्ट्रिय परिचयपत्र र मतदाता नामावलीमा नाम दर्ताको काम एकै ठाउँबाट हुने भएकाले एउटा दर्ता स्टेसन राखिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेल जानकारी दिए।
प्रशासन कार्यालयबाट २४ गते ३७ र २५ गते ४५ जनाले मतदाता नामावलीमा आफ्नो विवरण दर्ता गराएका छन् । निर्वाचन आयोगसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ताको सेवा प्रदान गरिएको गैरेले बताए।
जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी हर्क बहादुर श्रीसका अनुसार ३१४ जना नयाँ मतदाता थपिएका छन् । बाहिरी जिल्लाका छ जनाले गुल्मीबाट मतदाता नामावली दर्ता गराएको श्रीसले बताए।
गत असार १७ गतेबाट मतदाता नामावली अद्यावधिक गर्ने कार्य रोकिएको थियो । अहिले पुन: असोज १० गतेबाट उत्साहजनक रुपमा मतदाता नामावलीमा आफ्नो नाम अद्यावधिक गर्ने अभियान सुरु भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत क्रृषिराम घिमिरेले जानकारी दिए। अहिले निर्वाचन कार्यालय र जिल्ला प्रशासन दुबै ठाउँबाट मतदाता नामावली दर्ता भइरहेको घिमिरेले बताए।
केही दिन दसैँ बिदाका कारण कार्यालय बन्द रहे । दैनिक संख्या बढ्दै गएको छ । आयोगले तोकेको आगामी कार्तिक मसान्तको समयसीमाभित्र पाँचदेखि आठ हजारले नामवली अद्यावधिक गराउने आफुहरुको अनुमान रहेको निर्वाचन अधिकृत घिमिरेले बताए। उनले परदेशबाट आएका, नयाँ उमेर समुहका र घरमै रहेर पनि नामवली अद्यावधिक नगरेकाहरु विवरण दर्ताका लागि अहिले कार्यालयमा आएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: