काठमाडौँ। संयुक्त अधिराज्य बेलायतमा आयोजित अन्तर्राष्ट्रिय सैन्य अभ्यास ‘एक्सरसाइज क्याब्रियन पेट्रोल–२०२५’ मा नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गरेको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाद्वारा जारी विज्ञप्तिअनुसार, बेलायतको वेल्स, ब्रेकनमा असोज २३ देखि २५ गतेसम्म चलेको सो अभ्यासमा नेपाली सेनाको टोलीले सर्वाधिक अङ्क हासिल गर्दै स्वर्ण पदक जितेको हो।
सन् १९६० देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगितामा यस वर्ष संयुक्त अधिराज्य बेलायतसहित ३३ राष्ट्रका ११७ वटा टोलीको सहभागिता रहेको थियो। नेपाली सेनाले सन् २०१४ देखि यो अन्तर्राष्ट्रियस्तरको अभ्यासमा सहभागी हुँदै आएको छ।
दुई दिनको अवधिमा हतियार, करिब ५० पौन्ड ९२२ किलो० तौल बराबरको उपकरण र बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने यस अभ्यासमा टोलीको सैनिक दक्षता, योजना निर्माण, खबर सङ्कलन, घाइते तथा बिरामीको व्यवस्थापन लगायतका सीपहरूको मूल्याङ्कन गरिन्छ।
नेपाली सेनाले यसअघि पनि सन् २०१७, २०१९ र २०२४ मा सो प्रतियोगितामा स्वर्ण पदक हासिल गरेको थियो। यसपटकको सफलता नेपाली सेनाको उच्च व्यावसायिक क्षमता, अनुशासन र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने सामर्थ्यको प्रमाणका रूपमा हेरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ५ गते, २०८३ - १७:४२
काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...
आषाढ़ ५ गते, २०८३ - १७:२८
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ...
आषाढ़ ५ गते, २०८३ - १७:१५
काठमाडौंँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको ...
आषाढ़ ५ गते, २०८३ - १६:५८
बिर्तामोड। झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासह...
आषाढ़ ५ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को सिफारिस गैरसंवैधानिक रहेको बताएका ...
आषाढ़ ५ गते, २०८३ - १६:३६
काठमाडौं । सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु प्रकरणमा प्रहरीले कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिएको प...
आषाढ़ ५ गते, २०८३ - १६:०१
काठमाडौँ। नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजन...
आषाढ़ ५ गते, २०८३ - १५:५६
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उक...
आषाढ़ ५ गते, २०८३ - १५:४८
काठमाडौँ। ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गर...
आषाढ़ ५ गते, २०८३ - १५:३३
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्दै ६ दिनपछि बस्ने गरी बैठक स्थगित गरेको छ। अब अर्को बैठक असार ११ गते बिहान...



प्रतिकृया लेख्नुहोस्: