सिरहा । प्रहरीले यहाँको विभिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुई जनालाई गोलबजार क्षेत्रबाट र एक जनालाई माडर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, शनिबार राति करिब ११ बजे इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गोलबजार नगरपालिका–६, दुर्गा मन्दिरस्थित मेनचोकबाट गुम्बा चोकतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ३०२६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा सवार व्यक्तिहरूको साथबाट खैरो हिरोइन जस्तो देखिने लागुऔषध फेला परेको हो ।
बरामद गरिएको लागुऔषधको तौल प्लास्टिकसहित १७ ग्राम ५४० मिलिग्राम रहेको र प्लास्टिक बाहेक १५ ग्राम शुद्ध रहेको उहाँले जानकारी दिए । यस अभियोगमा गोलबजार नगरपालिका–७ का २९ वर्षीय सुनिल साह र धनगढीमाई नगरपालिका–७ का २४ वर्षीय विष्णुदेव यादवलाई पक्राउ गरिएको छ । पक्राउ परेका व्यक्तिहरूसँगै मोटरसाइकल नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सोही रात करिब ९ बजे इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा सिरहा नगरपालिका–१७, पटेर्वा गाउँ नजिकै नेपाल–भारत सीमातर्फ लागुऔषध ९गाँजा० लैजाँदै गरेको समूह प्रहरी देख्ने बित्तिकै झोला फालेर भागेका थिए । घटनास्थलबाट प्लास्टिकसहित ६४.९ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
भाग्ने क्रममा भारत बिहार राज्य, मधुबनी जिल्लाका ५५ वर्षीय श्रीचन मण्डललाई नियन्त्रणमा लिइएको र अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पालले बताए । प्रहरीले दुवै घटनामा थप अनुसन्धान गरिरहेको प्रनाउ पालले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८२ - ०७:५६
काठमाडौं । सर्वोच्च अदालतले भावनात्मक, सहयोगात्मक र सम्पर्कको आधारमा मात्रै पति–पत्नीको सम्बन्ध कायम गर्न नमिल्ने व्याख्या गरेको छ । चेतना लोकसम पुनरा...
पौष २५ गते, २०८२ - ०७:५२
काठमाडौं । रौतहटको गौरमा २७ जनाको हत्या भएको घटनामा प्रहरीले १९ वर्षपछि अनुसन्धान अघि बढाएको छ । सर्वोच्च अदालतबाट जारी परमादेशको पूर्णपाठ ७ पुसमा प्र...
पौष २५ गते, २०८२ - ०७:४४
गोरखा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, गोरखाले पार्टीको ‘विशेष महाधिवेशन’मा गोरखा जिल्लाबाट सहभागी हुन आज सबै महासमिति सदस्य एवं प्रतिनिधिहरूलाई आ...
पौष २५ गते, २०८२ - ०७:४२
काठमाडौँ । नेपाल सरकारले भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालय बुधबार विज्ञप्तिमार्फत सम्बन्धित सबै ...
पौष २५ गते, २०८२ - ०७:३८
काठमाडौँ । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोग...
पौष २५ गते, २०८२ - ०७:३६
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनमा सुरक्षाको भरपर्द...
पौष २५ गते, २०८२ - ०७:२१
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला गर्दैछ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने ...
पौष २५ गते, २०८२ - ०७:१७
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का...
पौष २५ गते, २०८२ - ०७:१५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३...
पौष २५ गते, २०८२ - ०७:१२
काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ...




प्रतिकृया लेख्नुहोस्: