भक्तपुर । नेकपा एमाले सचिवालय बैठकले पार्टीको ११औँ महाधिवेशन आगामी मंसिरमा आयोजना गर्ने निर्णय गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित ओली निवासमा सम्पन्न बैठकले आगामी मङ्सिर अन्तिम साता महाधिवेशन आयोजना गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
महाधिवेशनको मिति र स्थान यही असोज २९, ३०, ३१ गते बस्ने पार्टी केन्द्रीय कमिटी बैठकले तय गर्ने जानकारी दिँदै उहाँले देशको विषम परिस्थितिका कारण एक वर्षअघि नै महाधिवेशन गर्न लागेको उनले बताए।
विसं २०७८ मङ्सिर १० देखि १४ गतेसम्म भएको १०औँ महाधिवेशनले पाँच वर्षका लागि ओली नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो भने एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न भएको थियो ।
बैठकले बैठकले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने मागसमेत गरेको बताए । यस्तै, सरकारले सबैलाई एकताबद्ध बनाएर लैजान सक्नुपर्ने बैठकको निष्कर्ष रहेको सुनाए ।
बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल, सचिवहरु योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, गोकर्ण विष्ट, रघुवीर महासेठ र लेखराज भट्टले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो धारणा राखेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २८ गते, २०८२ - ०९:२७
हेटौँडा । जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जना पक्राउ परेका छन् । बागमती प्रदेशसभा सचिवालय भवन...
कार्तिक २८ गते, २०८२ - ०९:१४
काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडियाका सञ्चालक ...
कार्तिक २८ गते, २०८२ - ०९:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाले लैनचौरमा रहेको नेपाल स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्काले निर्माण गरेका संरचना...
कार्तिक २८ गते, २०८२ - ०८:२९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत् बक्यौता असुली प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन्। सबै ...
कार्तिक २८ गते, २०८२ - ०७:४८
काठमाडौँ । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्केपछि मात्रै महाधिवेशनसम्बन्धी विवादमा अन्तिम निर्णय लिने तयारी गरेको छ। स्वास्थ्य ...
कार्तिक २८ गते, २०८२ - ०७:३६
काठमाडौँ । डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गर्ने तर प्रिमियम महसुल नतिर्ने उद्योगहरूले किस्ताबन्दी योजना स्वीकृत गरी पहिलो किस्ता तिरेपछि...
कार्तिक २८ गते, २०८२ - ०७:३०
५ केन्द्रीय सदस्य पनि थपिए
कार्तिक २८ गते, २०८२ - ०७:२२
अदानचुली (हुम्ला) । सदरमुकाम सिमकोट चार दिनदेखि अन्धकार भएको छ । सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आएको र मर्मत हुन नसक्दा ...
कार्तिक २८ गते, २०८२ - ०७:१८
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टी प्रवेश गर्ने नेताहरुलाई उचित जिम्मेवार दिइने बताएका छन्। ललितपुर, च्यालसस्थित एमाले केन्द्र...
कार्तिक २८ गते, २०८२ - ०७:१४
काठमाडौँ । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’मार्फत नवअभिनेत्री सोल गुरुङले अभिनय यात्रा सुरुआत गरेकी छन् । बेलायतका विभिन्न शहरमा पहिलो चर...




प्रतिकृया लेख्नुहोस्: