Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

माओवादी-एस एकता तयारी : माओवादी नाम फेर्न तयार

खबरडबली संवाददाता

काठमाडौं । माओवादी केन्द्र पार्टीको नाम फेर्न तयार भएको छ । नेकपा एकीकृत समाजवादी (एस) सँगको एकता वार्तापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेर समाजवादी मोडलको नाम राख्न सहमति बनेको हो ।

‘नाममा समाजवादी केन्द्र विकल्पका रूपमा आएको छ,’ वार्तामा सहभागी एक नेताले बताए ।

नेकपा समाजवादी केन्द्र, नेकपा समाजवादी एकता केन्द्र, नेकपा वैज्ञानिक समाजवादीलगायत प्रस्तावित नाम छन् । एकतापछि पार्टीको चुनाव चिह्न भने कम्युनिस्टको प्रतीक झल्कने खोज्ने तयारी भइरहेको छ । एकतापछि निर्वाचन आयोगमा दर्ता नभएको नाम र चुनाव चिह्न राख्नुपर्नेछ ।

सहमतिअनुसार माओवादीले नाम र सिद्धान्त माओवाद छाड्ने भएको छ । माओवादीले २०७५ मा एमालेसँग एकता गर्दा नै माओवाद छाडेको थियो । विगतमा कम्युनिस्ट पार्टी एकता गर्दा वैचारिक र सैद्धान्तिक विषयमा लामो छलफल हुँदै आएकामा माओवादी र समाजवादीबीच सिद्धान्त र विचारका विषयमा भने छलफल नभएको स्रोतको भनाइ छ । 

‘मार्गदर्शक सिद्धान्त, मार्क्सवाद, लेनिनवाद हुनेछ । संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता (आन्तरिक लोकतन्त्र), रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुनेछ,’ वार्ता समितिका एक सदस्यले भने, ‘नयाँ पार्टीको समाजवादी कार्यक्रम र कार्यदिशामा हुने तय भएको छ ।’

दुई पार्टीले प्रधान अन्तरविरोधका रूपमा दलाल नोकरशाही हुने सैद्धान्तिक सहमति गरेका छन् । एकतापछि हुने महाधिवेशन आयोजक समितिको संयोजक पुष्पकमल दाहाल हुनेछन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कुन पद दिनेबारे भने टुंगो लागेको छैन । तर उनी दोस्रो वरीयतामा रहने सम्भावना छ ।

दुई पार्टीको सांगठनिक संरचना अहिलेकै जस्तो परम्परागत हुने कि चुस्त बनाउने विषयमा पनि छलफल सुरु भएको छ । एकताका विषयमा एसका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको ‘रिजर्भेसन’ भए पनि अध्यक्ष नेपाल बहुमत पदाधिकारीको समीकरणका आधारमा माओवादीसँग एकता गर्ने तयारीमा छन् । सचिवालय बैठकले माओवादीसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको थियो ।

एसका वरिष्ठ नेता एवं उपाध्यक्ष बेदुराम भुसालले एकताका लागि आवश्यक पर्ने राजनीतिक, वैचारिक र सांगठनिक विषयमा करिब सहमति भइसकेकाले अब सांगठनिक संरचनाबारे छलफल केन्द्रित भएको बताए ।

‘दुई पार्टीका बीचमा वैचारिक र सैद्धान्तिक रूपमा करिब सहमति भएको छ । अब पार्टीको सांगठनिक संरचना कस्तो हुनेमा छलफल केन्द्रित छ,’ उनले भने, ‘पार्टी नेतृत्वको संरचना बनाउने टुंगो भएको छ । पार्टीको कार्यकारी प्रमुख अध्यक्ष कि महासचिव भन्नेमा छलफल हुँदै छ ।’

माओवादी महासचिव देव गुरुङले दुई पार्टीबीच एकताका लागि टुंगो लागिनसकेको बताए । ‘सहमतिका लागि छलफल भइरहेको छ । जतिसक्यो छिटो सहमति हुन्छ, त्यति छिटो एकता हुन्छ’ उनले भने ।

माओवादी नेतृ एवं वार्ता समितिका संयोजक रेखा शर्माले सकेसम्म पार्टीको विशेष महाधिवेशनअघि एकताको प्रयास भइरहेको बताइन् । ‘विशेष महाधिवेशनको तयारी र पार्टी एकताको गृहकार्य सँगसँगै भइरहेको छ,’ उनले भनिन् ।

पार्टी एकताका लागि नेतृत्व रूपान्तरणको विषयलाई ध्यानमा राख्नुपर्ने उनको भनाइ छ । ‘कसरी राम्रो नेतृत्व गर्ने अहिलेको चर्चित विषय हो,’ उनले भनिन्, ‘पार्टी एकताका लागि नेतृत्व रूपान्तरणको विषय पनि महत्त्वपूर्ण छ ।’

एसका महासचिव घनश्याम भुसाल भने आ–आफ्नो पार्टी पुनर्गठन गरेर मात्र वामपन्थी ध्रुवीकरण गर्ने पक्षमा छन् । उनी माओवादी र समाजवादीको पुरानै नेतृत्वमा पार्टी एकता गर्नुको अर्थ नभएको निष्कर्षमा पुगेका छन् । माओवादीसँग हुने पार्टी एकता प्रक्रियामा उनी संलग्न छैनन् । 

‘यही नेतृत्व, यही पार्टी संरचना र यही विचारमा पार्टी एकता गरेर पनि केही हुँदैन,’ उनले भने, ‘पहिले आआफ्नो पार्टी र नेतृत्वको पुनर्गठन गरौं । त्यसपछि वामपन्थी ध्रुवीकरण गर्नुपर्छ ।’

उनले मुलुकमा सुशासन, वामपन्थी आन्दोलनका सबै इमानदार राजनीतिकर्मीहरूले दलहरूभित्र र समाजमा उत्पन्न गर्ने नयाँ आशा र विश्वासका साथ पार्टीहरूको पुनर्गठनलाई तीव्र पार्नुपर्ने प्रस्ताव अघि सारेका छन् । ‘सबै वामपन्थी पार्टीहरूमा विचार, राजनीति, संगठन र मुद्दाहरूको भ्रष्टीकरण भएको स्वीकार गर्दै ती सबै क्षेत्रको वामपन्थीकरण गर्नुपर्छ,’ उनको भनाइ छ, ‘पुनर्गठित वामपन्थी पार्टीहरूलाई बृहत् ध्रुवीकरण र एकतातर्फ लैजानुपर्छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending