Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

एमाले सचिवालय बैठकमा कित्ताकाट, को कता उभिए ?

ओलीको प्रतिप्रश्न- मैले के बिगारेको छु र राजीनामा दिनु पर्ने ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको ५८ औं बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबारे गम्भीर बहस चलेको छ। बैठकमा केही नेताहरूले ओलीको राजीनामा माग गरे भने अर्को पक्षले उनको पक्षमा उभिएर समर्थन जनाएका छन्।

बैठकमा अध्यक्ष ओलीले आफूले राजीनामा दिनुपर्ने कुनै आधार नरहेको स्पष्ट पार्दै नेतृत्व छाड्ने कुनै मनस्थिति नभएको बताएका छन्। उनले भने, मैले मुलुकको अहित हुने के काम गरेको छु र? मैले के बिगारेको छु? मैले भ्रष्टाचार गरेको छु? किन राजीनामा दिनु पर्ने?

ओलीको राजीनामा माग्ने नेताहरूमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य प्रमुख थिए। उनीहरूले बैठककै क्रममा ओलीको राजीनामा माग गरेका थिए।

उपाध्यक्ष गुरू बराल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र रामबहादुर थापा बादलले पनि पार्टी पुनर्गठनको पक्षमा धारणा राख्दै ओलीको विकल्प खोजे। 

महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले समेत नेतृत्वमाथि प्रहार उचित नभएको भन्दै ओलीको प्रतिरक्षा गरेका थिए।

बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको आलोचना गर्दै महाधिवेशनमार्फत नेतृत्व पुनर्गठनको आवश्यकता औंल्याए। 

सचिव योगेश भट्टराईले ओलीलाई ‘राष्ट्रिय मेलमिलापका नेता’ बन्न सुझाव दिँदै गुटबन्दी र पार्टी विभाजनको विषय उठाए। उनले पनि ओलीको राजीनामा मागे। 

सचिव गोकर्ण विष्टले पनि पार्टी नेतृत्व पुनर्गठनको आवश्यकता औंल्याउँदै मार्ग प्रशस्त गर्न आग्रह गरे। सचिव पद्मा अर्याल, रघुवीर महासेठ र लेखराज भट्टले महाधिवेशनमार्फत नेतृत्व चयन गरिनु पर्ने धारणा राखे।

बैठकले पार्टीको ११ औं महाधिवेशन मंसिरको अन्तिम साता गर्ने निर्णय गरेको छ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।

एमालेको यो बहसले पार्टीभित्रको आन्तरिक विवाद सतहमा ल्याएको छ। नेतृत्वको बहस महाधिवेशनसम्म तानिने देखिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending