Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

एमाले सचिवालय बैठकमा कित्ताकाट, को कता उभिए ?

ओलीको प्रतिप्रश्न- मैले के बिगारेको छु र राजीनामा दिनु पर्ने ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको ५८ औं बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबारे गम्भीर बहस चलेको छ। बैठकमा केही नेताहरूले ओलीको राजीनामा माग गरे भने अर्को पक्षले उनको पक्षमा उभिएर समर्थन जनाएका छन्।

बैठकमा अध्यक्ष ओलीले आफूले राजीनामा दिनुपर्ने कुनै आधार नरहेको स्पष्ट पार्दै नेतृत्व छाड्ने कुनै मनस्थिति नभएको बताएका छन्। उनले भने, मैले मुलुकको अहित हुने के काम गरेको छु र? मैले के बिगारेको छु? मैले भ्रष्टाचार गरेको छु? किन राजीनामा दिनु पर्ने?

ओलीको राजीनामा माग्ने नेताहरूमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य प्रमुख थिए। उनीहरूले बैठककै क्रममा ओलीको राजीनामा माग गरेका थिए।

उपाध्यक्ष गुरू बराल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र रामबहादुर थापा बादलले पनि पार्टी पुनर्गठनको पक्षमा धारणा राख्दै ओलीको विकल्प खोजे। 

महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले समेत नेतृत्वमाथि प्रहार उचित नभएको भन्दै ओलीको प्रतिरक्षा गरेका थिए।

बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको आलोचना गर्दै महाधिवेशनमार्फत नेतृत्व पुनर्गठनको आवश्यकता औंल्याए। 

सचिव योगेश भट्टराईले ओलीलाई ‘राष्ट्रिय मेलमिलापका नेता’ बन्न सुझाव दिँदै गुटबन्दी र पार्टी विभाजनको विषय उठाए। उनले पनि ओलीको राजीनामा मागे। 

सचिव गोकर्ण विष्टले पनि पार्टी नेतृत्व पुनर्गठनको आवश्यकता औंल्याउँदै मार्ग प्रशस्त गर्न आग्रह गरे। सचिव पद्मा अर्याल, रघुवीर महासेठ र लेखराज भट्टले महाधिवेशनमार्फत नेतृत्व चयन गरिनु पर्ने धारणा राखे।

बैठकले पार्टीको ११ औं महाधिवेशन मंसिरको अन्तिम साता गर्ने निर्णय गरेको छ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।

एमालेको यो बहसले पार्टीभित्रको आन्तरिक विवाद सतहमा ल्याएको छ। नेतृत्वको बहस महाधिवेशनसम्म तानिने देखिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending