काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प गाजाबाट बन्धकहरू मुक्त गराउने उद्देश्यले इजरायल प्रस्थान गरेका छन्। उनले गाजामा युद्ध समाप्त भएको घोषणा गरेका छन्।
बीबीसीका अनुसार, एयर फोर्स वनमार्फत इजरायल जाँदै गर्दा विमानमै रहेका पत्रकारहरूसँग ट्रम्पले युद्धविराम कायम रहेको जानकारी गराउँदै गाजाका लागि छिट्टै शान्ति बोर्ड गठन गरिने बताएका हुन्। एयर फोर्स वन अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान हो।
हमासले इजरायली बन्धकहरूलाई सोमबार दिउँसो १२ बजे (नेपाली समयअनुसार दिउँसो २:४५ बजे) भित्र रिहा गर्न समय तोकेको छ।
इजरायल पुगेसँगै ट्रम्पले इजिप्टको भ्रमण गर्ने कार्यक्रम छ। इजिप्टमा हुने बहुपक्षीय बैठकमा गाजाको अवस्थाबारे छलफल हुनेछ। उनले भनेका छन्, “हामी सबैलाई खुसी बनाउनेछौं – यहुदी, मुस्लिम वा अरब जुनसुकै समुदायका हुन्। इजरायलपछि हामी इजिप्ट जाँदैछौं, जहाँ विश्वका शक्तिशाली, ठूला र धनी देशका नेतासँग भेट हुनेछ।”
बेलायतका प्रधानमन्त्री कियर स्टारमर पनि उक्त बैठकमा सहभागी हुन इजिप्ट पुगिसकेका छन्।
गाजामा बन्धक रहेका नागरिकहरूका लागि यो पहल महत्वपूर्ण मानिएको छ। विशेषगरी नेपालका लागि पनि यो संवेदनशील विषय हो, किनभने नेपाली नागरिक विपिन जोशी करिब दुई वर्षदेखि हमासको कब्जामा रहेका छन्।
उनको अवस्थाबारे विभिन्न स्रोतबाट विरोधाभासी जानकारीहरू आइरहेका छन्। कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनको अवस्था अज्ञात बताइरहेका छन् भने अन्यले उनलाई जीवित बन्धकको सूचीमा समावेश गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: