Khabar Dabali २ मंसिर २०८२ सोमबार | 17th November, 2025 Mon
Investment bank

थरिथरीका जेनजी- प्रतिनिधिको विषयमा विवाद हुँदा राष्ट्रपतिसँगको वार्ता अनिश्चित

खबरडबली संवाददाता

काठमाडौं । जेनजी प्रतिनिधिसँग राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भनिएको छलफल अनिश्चित भएको छ।  

शनिबारको वार्ताको बिचैमा राष्ट्रपति पौडेल विरामी भएपछि प्रधानमन्त्री सुशीला कार्कीसँग मात्र छलफल गरेका थिए। त्यसपछि आज छलफल तय भएको थियो। 

तर, जेनजी युवाहरुबीच नै कसले नेतृत्व गर्ने भन्ने विषयको विवाद नटुुंगिएकाले वार्ता अनिश्चित बनेको हो।

थरिथरी जेनजीका कारण सरकार र राष्ट्रपति हैरान भएका छन्। शनिबार पनि १७ जना सहभागी हुने भनिएकामा २० जना सहभागी भएका थिए। 

तर, केही युवाहरुले वार्तामा बसेका सबै अमेरिकी युथ काउन्सिलसँग जोडिएका पात्र भएकाले आफूहरु असली जनेजी भएको दाबीसहित नाराबाजी गरेका थिए।  त्यसयता सरकारमा कसलाई पठाउने भन्नेबारे उनीहरुबीच विवाद भएको छ। 

तीनपटक सूची निकालिँदा समेत सबै पक्षको सहमति नहुँदा मन्त्री नियक्ति प्रकृया समेत अन्योलमा परेको छ। हिजो मात्र केही मन्त्रीहरुको सूची नै सार्वजनिक गरिँदा मिराज ढुुंगाना लगायत युवाहरुले विरोध जनाएका छन्। 

प्रधानमन्त्रीको टेबलमा दर्जनौँ नाम पुगे पनि साझा व्यक्ति नपठाउँदा नियुक्तिमा समस्या भइरहेको छ। यही बीच सहजीकरणका लागि राखिएको बैठक समेत बस्न नसकेको हो।

जेनजी प्रतिनिधि रक्षा बमले अहिलेसम्म छलफलका लागि कुनैपनि खबर नआएको बताइन्। प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार जेनजीहरुबीचको विवाद नमिल्दा छलफल आजका लागि स्थगित गरिएको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कानुनले रोक्दैन तर कुलमान घिसिङ किन आफ्नै पार्टीमा संलग्न हुन हिचकिचाए ?

काठमाडौं । संसदीय निर्वाचनको मिति घोषणासँगै नयाँ दलहरू दर्ता हुने क्रम चलिरहेको छ। तर यसपालि विगतमा भन्दा देखिएको भिन्नता के हो भने सरकारमा सहभागी कोह...

क्यानको आग्रह- टिकट सकियो, एनपीएल उद्घाटन खेल घरमै बसेर हेरिदिनुहोला

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेपछि घरमै बसेर खेल हेर्न नेपाल क्रिकेट संघ (क्यान)ले आग्रह गरेको छ। क्या...

नेपाली कम्युनिस्ट पार्टीसँग एकता वार्ता सकारात्मक भएपछि अशोक राईले बोलाए बैठक

काठमाडौं । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकताबारे भएको छलफल सकारात्मक निष्कर्...

घुन्सा र फलेटारमा स्याउ फल्यो : व्यावसायिक खेतीको नयाँ सम्भावना उजागार

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल भएको छ । स्थानीय किसान र विभिन्न संस्...

‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए : बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

म्याग्दी । म्याग्दीमा उत्पादन हुने कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ ।...

जेनजी आन्दोलनमा भएको क्षतिको विवरण पठाउन पत्राचार

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गरेको छ। संघीय मा...

विदेश पठाइदिने नाममा लाखौँ ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत र अष्ट्रेलिया पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्न...

मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकास्थित थाक-पाँचगाउँ जोड्ने साढे १० कलोमिटरको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ। २०७६ असारमा बन्दना भगवती न...

सिमकोटमा टिकट विवाद समाधान: बिरामी, कर्मचारी र स्थानीयका लागि कोटा निर्धारण

हुम्ला । सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै हुम्लामा रहेका तीन निजी एयरलाइन्सको कार्यालयमा लगाइएको ताला खुलाइएको छ...

कञ्चनपुरमा तीन हजार १२५ नयाँ मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तीन हजार १२५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका कम्प्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending