भोजपुर । भोजपुरमा काठका विभिन्न घरेलु भाँडाकुडा बनाउने परम्परागत ‘चुदारा पेसा’ को अस्तित्व सङ्कटमा परेको छ । नयाँ पुस्ताले पेसाप्रति चासो नदेखाउँदा र बजारमा प्लास्टिक तथा धातुका सामग्रीको प्रयोग बढ्दै जाँदा यो पूर्खौली सीप हराउने अवस्थामा पुगेको हो ।
विगतमा धेरैको सङ्ख्यामा मानिस यस पेसामा आवद्ध रहे पनि अहिले सीमित व्यक्तिले मात्र परम्परा जोगाइरहेको चुदारा पेसामा लामो समयदेखि संलग्न स्थानीय रत्नबहादुर विश्वकर्माले बताए । “यो हाम्रो पूर्खौली पेसा हो” उनले भने, “तर अहिले सङ्कटमा परेको छ । पुस्तान्तरण नहुँदा र राज्यको ध्यान नपुगेकाले लोप हुने अवस्थामा पुगेको छ ।”
गाउँघरमा पाइने गोगुन, पँयू, दार, मौवा, कटहरजस्ता काठबाट गोलिया तयार गरी फलामको धारिलो हतियार ‘बाँक’ प्रयोग गरेर ठेकी, हर्पे, तोङ्बाको भाँडो, गम्बुलगायतका सामग्री बनाउने चलन आज पनि केहीले निरन्तरता दिइरहेका छन् ।काठलाई आकार दिन उनीहरूले अझै पनि परम्परागत विधि प्रयोग गर्छन् । खोलाबाट पानी डुँढमा खसालेर काठ घुमाउने र त्यसपछि हातले यन्त्र चलाएर कुद्ने शैली अहिले पनि प्रयोगमा रहेको छ ।
हालसम्म परम्परागत शैलीमा हुँदै आएकाले यसलाई आधुनिक उपकरण प्रयोग गरेर सञ्चालन ल्याउन सके काम गर्न सहज हुने चुदाराको काम गर्दै आएका स्थानीय जङ्गबहादुर विकले बताए । “हामी अझै पनि बाउबाजेले जसरी काम गर्थे, त्यही विधिमा काम गर्छौँ” उनले भने, “आधुनिक उपकरण प्रयोग गर्न पाएका भए काम सजिलो र आकर्षक हुन्थ्यो ।”
उनका अनुसार अहिले परम्परागत उपकरणले काम गर्दा धेरै श्रम र समय खर्चिनुपर्ने भएकाले जीविका चलाउनसमेत कठिन भएको छ । पहिले गाईभैँसीको दूध जमाउन, मोही पार्न प्रयोग हुने काठका सामग्री गाउँघरमा अनिवार्य थिए । तर अहिले ती वस्तुलाई बजारमा पाइने स्टिल र प्लास्टिकका भाँडाले प्रतिस्थापन गरिरहेको विकको भनाइ छ । “यो हाम्रो संस्कृति र पहिचानसँग जोडिएको पेसा हो” उनले भने, “यसलाई जोगाउन सरकारले तालिम र प्रविधिको सहयोग गर्नुपर्छ । तब मात्र नयाँ पुस्ता आकर्षित हुन्छ ।”
उचित संरक्षण, आधुनिक उपकरण र बजार प्रवद्र्धनका उपाय अपनाउन सके यो परम्परागत सीपले सांस्कृतिक पर्यटन र रोजगारीको नयाँ बाटो खोल्न सहयोग पुग्ने यो पेसामा आवद्धहरुको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: