Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

छठ नजिकिँदै गर्दा बाँसका सामग्री बनाउन व्यस्त डोम समुदायका नागरिक

खबरडबली संवाददाता

जनकपुरधाम। तराई–मधेशका जिल्लाहरूमा सूर्य उपासना पर्व छठ नजिकिँदै गर्दा समुदायका नागरिक अहिले बाँसका सामग्री बनाउन काममा व्यस्त देखिएका छन् ।

छठ पर्वमा विशेषगरी बाँसबाट बनेका सामग्रीको प्रयोग हुनेहुँदा बजारमा माग बढेसँगै यति बेला डोम समुदायका महिला तथा पुरुष बाँसका सामग्री बनाउन व्यस्त भएका हुन् ।

प्रत्येव वर्षको छठमा प्रयोग हुने बाँसको सुपा, डलिया, टोकरीलगायतका सामग्री नयाँ प्रयोग गर्नुपर्ने परम्परा अनुसार बाँसका सामग्रीको माग बढ्दै गएपछि धनुषा, सिरहा, महोत्तरी, सप्तरी र रौतहटलगायतका जिल्ला अहिले बाँसका विभिन्न सामग्री बनाएको देख्न सकिन्छ । जनकपुरधाम उपमहानगरपालिका–६ की ४० वर्षीया दुलारी देवी मल्लिक भन्न्छन्, “मिथिला क्षेत्रमा मनाइने छठ, चौरचन तथा बर्साइन पर्व आउँदा बाँका सामग्री बनाउने चटारो हुन्छ ।’’

उनका अनुसार छठ पर्वले उनीहरूको वर्षकै सबैभन्दा व्यस्त समय ल्याउँछ । छठमा प्रयोग हुने सबै पूजा सामग्रीमध्ये बाँसका वस्तु अनिवार्य रूपमा प्रयोग हुन्छन् । प्रसाद राख्ने, जलाशय किनारमा पूजा गर्ने र सूर्यलाई अर्घ दिने क्रममा बाँसका डालो, सुपा र टोकरीको प्रयोग गरिन्छ । जुन धार्मिक र सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ ।

यस्तै, जनकपुरधाम–७ की निललम देवीका अनुसार छठ पर्वकै समयमा उहाँहरूको परिवारको मुख्य आम्दानी हुने गर्छ । “यो समयमा महिनामा १५ देखि २० हजारसम्म कमाइ हुन्छ,” उनी भन्न्छन्, “अरू महिनामा काम घट्छ, तर छठले हामीलाई बाँच्ने आधार दिन्छ ।”

तर धार्मीक, सांस्कृतिक तथा पर्यावारणमैत्री बाँसका सामग्री बाँसका सामग्री बनाउने परम्परागत सीपलाई थप आधनुनिकतासँग नजोडिदा उक्त सीप सङ्कटमा परेको ति समुदायको गुनासो छ ।

नयाँ पुस्ता यो पेशातिर आकर्षित नभएको र बजारमा सस्तो प्लास्टिकका सामग्रीले प्रतिस्पर्धा समेत बढाएको छ । ठुला सहरतिर बाँसबाट बनाइने आर्षक सामग्री ठुला होटल तथा मलहरुमा बिक्री वितरण हुने गरेका छन्, तर परम्परागत रुपमै ति सामग्री बनाउँदै आएका तराई मधेशका ती समुदायका नागरिकलाई पनि थप ज्ञान तथा सीपको आवश्यकता छ, जसले परम्परागत सीपलाई अझै मजबुत बनाउँदै लैजाने छ र भावी पुस्ताले पनि यो सीपलाई अंगाल्न रुचाउने छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षायाममा सडक खन्न रोक, अनुमति बिना उत्खनन गर्न नपाइने

काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...

बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी, नयाँ आयोजनाभन्दा पुराना सम्पन्न गर्न जोड

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...

सरकारले ‘ब्लक बजेट’ को अवधारणा अपनाएको भन्दै नेकपा सांसद दुलालको असन्तुष्टि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...

भाइरल भिडियोबारे सांसद सृष्टि भट्टराईको यस्तो स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...

सर्लाहीको गोडैता–५ का वडाध्यक्ष गुप्ता पक्राउ

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल, कसले के भने ?

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी छ। आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयको...

प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि अघि बढ्यो

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थिति...

नेप्से परिसूचक ६.३१ अंकले घट्यो, कारोबार ४ अर्बभन्दा माथि

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...

हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending