Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

सर्वोच्च अदालतमा ३६ दिनपछि रिट निवेदन दर्ता सुरु हुँदै

खबरडबली संवाददाता

काठमाडौं । गत भदौ २४ गते भएको आगजनीबाट क्षति पुगेपछि नियमित सेवा स्थगित रहेको सर्वोच्च अदालतले ३६ दिनपछि रिट निवेदन दर्ता सुरु गर्न लागेको छ। अबदेखि अदालतले रिट निवेदनको दर्ता र केही निवेदनहरूको सुनुवाइ पनि सुरु गर्ने भएको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आइतबार बसेको फुल कोर्ट (पूर्ण बैठक) को निर्णयअनुसार मंगलबारदेखि रिट दर्ता सुरु गरिनेछ। यसअघि ‘जेन–जी आन्दोलन’पछि सर्वोच्चले केवल बन्दी प्रत्यक्षीकरण (हाबियस कर्पस) सम्बन्धी निवेदनको मात्र सुनुवाइ गर्दै आएको थियो। रिट दर्ता, अन्य मुद्दाहरूको सुनुवाइजस्ता नियमित प्रक्रिया भने स्थगित थिए।

हाल सर्वोच्च अदालतमा झण्डै २५ हजार मुद्दा सुनुवाइको प्रतीक्षामा छन्। नियमित अवस्थामा यहाँ दैनिक तीनदेखि चार सय मुद्दासम्म सुनुवाइ हुँदै आएको थियो।

अदालत प्रशासनको प्रारम्भिक मूल्यांकनअनुसार आगजनीबाट सर्वोच्च अदालतलाई झण्डै १ अर्ब २६ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। यसमध्ये करिब ३५ करोड बराबरको भवन क्षति, ७१ करोड बराबरका फर्निचर तथा अन्य सामग्री जलेर नष्ट भएका छन् भने सवारीसाधनमा मात्रै २० करोड बराबरको क्षति भएको बताइएको छ।

आगजनीमा सर्वोच्च अदालतका ४३, उच्च अदालतका २३, जिल्ला अदालतका २५ र अन्य मातहत अदालतका ३८ गरी जम्मा १२९ सरकारी सवारीसाधनमा क्षति पुगेको छ। त्यस्तै, २२३ मोटरसाइकल, ७० स्कुटरसमेत ध्वस्त भएका छन्।

साथै, देशभरका अदालतहरूमा प्रयोग हुँदै आएका १,४९२ कम्प्युटर, ६३५ ल्यापटप, ८५४ प्रिन्टर, ४४५ सीसी क्यामेरा, १९५ डिस्प्ले टिभी र १,१११ यूपिएस समेत पूर्ण रूपमा नष्ट भएको सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन पाण्डेले जानकारी दिएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending