तेहरान। इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्तावलाई कडा भाषामा अस्वीकार गर्दै उक्त आह्वानलाई अमेरिकाका हालका सैन्य कार्यसँग ‘पूर्णत: विपरीत’ भएको टिप्पणी गरेको छ ।
इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी राष्ट्रपतिले व्यक्त गर्नु भएको शान्ति र वार्ताको इच्छा इरानी जनताप्रति अमेरिकाले देखाइरहेको शत्रुतापूर्ण र आपराधिक व्यवहारसँग मेल खान सक्दैन ।” विज्ञप्तिमा अमेरिकी प्रशासनको समर्थनमा गत जुन महिनामा इजरायलद्वारा इरानका आणविक तथा सैन्य केन्द्रमा गरिएको बमबारीको उल्लेख गर्दै ‘त्यो आक्रमणले सयौँ निर्दोष नागरिकको ज्यान लिएको मात्र होइन, क्षेत्रीय स्थायित्वलाई पनि गम्भीररूपमा कमजोर बनायो’ भनिएको छ ।
जुन महिनाको मध्यतिर इजरायलले इरानभरि व्यापक हवाई आक्रमण अभियान सञ्चालन गरेको थियो, जसमा आणविक सुविधा, सैनिक ठेगाना र आवासीय क्षेत्रसमेत लक्षित भएका थिए । ती आक्रमणमा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ । बाह्र दिनसम्म चलेको इजरायल-इरान युद्धमा अमेरिकाले पनि प्रत्यक्षरूपमा इरानी आणविक साइटमा प्रहार गरेको थियो, जसका कारण वासिङ्टन र तेहरानबिचको उच्चस्तरीय आणविक वार्ता पूर्णरूपमा अवरुद्ध भएको थियो ।
इरानले त्यसको प्रतिकार स्वरूप मिसाइल र ड्रोन आक्रमण गरेको थियो । ती आक्रमणले इजरायलमा दर्जनौँ मानिसको मृत्यु भयो । जुन २४ देखि दुई देशबिच युद्धविराम लागू भए पनि सम्बन्ध तनावपूर्ण नै रहेको छ । यसैबिच सोमबार इजरायली संसद् ९नेसेट० मा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भनेको थिए, “संयुक्त राज्य अमेरिका इरानसँग शान्ति सम्झौता गर्न इच्छुक छ, तर अन्तत: बल तेहरानको कोर्टमा छ ।”
तर इरानले उक्त प्रस्तावलाई ‘दुईमुखे र अविश्वसनीय’ भन्दै खारेज गरेको छ । विदेश मन्त्रालयले प्रश्न गर्दै भन्यो, “कसरी कुनै देशले राजनीतिक वार्ताको कुरा गर्न सक्छ, जब उसैले इरानका आवासीय क्षेत्रमा बमबारी गरेर निर्दोष महिला र बालबालिकासहित हजारौँ नागरिकको ज्यान लिएको छ ?” ट्रम्पले आफ्नो सम्बोधनमा इरानलाई ‘आतङ्कवादीलाई त्याग्न, छिमेकीलाई धम्की दिन रोक्न, प्रोक्सी समूहलाई सहयोग बन्द गर्न र इजरायलको अस्तित्व अधिकारलाई स्वीकार गर्न’ आग्रह गरेको थिए।
तेहरानले भने ती टिप्पणीलाई ‘गैरजिम्मेवार, लाजमर्दो र उक्साहटपूर्ण’ भन्दै संयुक्त राज्य अमेरिकालाई आतङ्कवादको प्रमुख उत्पादक तथा ‘नरसंहारकारी यहुदी शासनको समर्थनकर्ता’ भएको आरोप लगाएको छ । विज्ञप्ति इरानले चेतावनी दिँदै भनेको छ, “संयुक्त राज्य अमेरिकासँग अरू राष्ट्रलाई आरोप लगाउने कुनै पनि नैतिक अधिकार छैन । जबसम्म वासिङ्टनले आफ्नो दोहोरो मापदण्ड र शत्रुतापूर्ण नीतिहरु परित्याग गर्दैन, कुनै पनि प्रकारको वार्ता सम्भव हुने छैन ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २ गते, २०८३ - १५:४८
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थिति...
आषाढ़ २ गते, २०८३ - १५:३८
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...
आषाढ़ २ गते, २०८३ - १४:५६
काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...
आषाढ़ २ गते, २०८३ - १४:५०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले कारको झ्यालबाट शरीर बाहिर निकालेर लापरबाहीपूर्वक यात्रा गरेको भिड...
आषाढ़ २ गते, २०८३ - १४:३८
काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी लागू गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् का...
आषाढ़ २ गते, २०८३ - १४:२२
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न शीर्षकमाथि छलफल जारी रहँदा सम्बन्धित म...
आषाढ़ २ गते, २०८३ - १३:५३
प्युठान । प्युठानको सरुमारानी गाउँपालिका–३ हंसपुरस्थित खडक सामुदायिक वनमा प्रहरीले बेवारिसे अवस्थामा १३ थान अवैध भरुवा बन्दुक फेला पारेको छ। प्रहरी...
आषाढ़ २ गते, २०८३ - १३:४१
काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले सरकारले ल्याएको बजेट विभेदकारी रहेको आरोप लगाउँदै कडा आलोचना गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बो...
आषाढ़ २ गते, २०८३ - १३:२०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४ जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ । पछिल्लो विवरणअनुसार ६०९ पालिका, ...
आषाढ़ २ गते, २०८३ - १३:०८
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको छन् । प्रतिनिधिसभाको आजको बैठकको...



प्रतिकृया लेख्नुहोस्: