काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रयास तीव्र भएको छ। जनमत पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले मंगलबार पदबाट राजीनामा दिएपछि नयाँ सत्ता समीकरणको पहल सुरु भएको हो।
सत्ता गठनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत दलहरू सक्रिय छन्। यी दलहरू कांग्रेस र नेकपा एमालेलाई सत्ता गठबन्धनबाहिर राखेर सरकार बनाउने तयारीमा छन्।
माओवादी केन्द्रका सांसद जवाहरलाल कुशवाहाले मंगलवारदेखि नै गठबन्धनको प्रयास चलिरहेको जानकारी दिँदै भने, “छलफल हिजैदेखि चलिरहेको छ, हेरौँ के हुन्छ। बिहानसम्म टुंगो लाग्न सक्छ।”
मुख्यमन्त्री सिंहको राजीनापछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न बुधबार अपराह्न ४ बजेसम्मको समय तोकेकी छन्।
मधेस प्रदेशसभामा १०७ सदस्य छन् र सरकार बनाउन ५४ सांसदको समर्थन आवश्यक पर्छ। वर्तमान समीकरणअनुसार जसपाको १९, जनमत पार्टीको १३, माओवादी र लोसपाका ९–९, एकीकृत समाजवादीको ७ सिट छन्। लोसपाका एक सांसद निलम्बनमा रहेकाले उनी गणनामा नपर्ने सम्भावना छ। यी पाँच दल मिल्दा आवश्यक बहुमत पुग्ने देखिन्छ।
यता, कांग्रेस र एमाले पनि सरकार गठनको प्रयासमा छन्। दुबै दलले कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने तयारी गरिरहेका छन्। तर, दुबै दलको संयुक्त सिट संख्या ४७ मात्र छ (एमाले २५ र कांग्रेस २२) जसले गर्दा बहुमत पुग्दैन।
नेकपा एमालेकी सांसद शारदा थापाले भने कांग्रेस–एमाले गठबन्धनलाई सरकार बनाउन कुनै अवरोध नरहेको दाबी गरेकी छन्। उनले इतर दलहरूलाई बहुमत पुग्दैन भन्ने तर्क गर्दै भनिन्, “जनमत पार्टी अर्को गठबन्धनमा जाँदैन भन्ने हामीलाई लागेको छ। लोसपाले पनि जसपाको समर्थन गर्दैन।”
यसैबीच, निवर्तमान मुख्यमन्त्री सिंह जनमत अध्यक्ष सीके राउत र संसदीय दलका नेता महेशप्रसाद यादवप्रति असन्तुष्ट रहेको चर्चा छ। सिंहले उनीहरूको असहयोगका कारण आफूलाई सत्ता छाड्न बाध्य हुनुपरेको बताएका छन्।
उनले जनमत पार्टीभित्र फुट ल्याउने प्रयास गरिरहेको आरोप समेत लागेको छ। सिंहले आफैं पनि यस्तो संकेत गर्दै भने, “अहिले म आराम गरिरहेको छु। तर, कांग्रेस–एमालेबाहेकको गठबन्धनमा हाम्रा साथीहरू जान सक्ने सम्भावना नकार्न सकिँदैन।”
मंगलबार नै जनमत पार्टीबाट विभाजन भएर दीपक साहको नेतृत्वमा जनस्वराज पार्टी गठन भएको छ। २५ सदस्यीय कार्यसमितिसहित उक्त पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ।
मुख्यमन्त्री सिंहको झुकाव नयाँ पार्टीतर्फ रहेको चर्चा छ। निर्वाचन आयोगले सांसदहरूलाई दल रोज्ने समय दिने तयारी पनि थालेको छ। यस्तो अवस्थामा जनमत पार्टीका ६ जना सांसद नयाँ पार्टी रोज्न सक्ने अड्कलबाजी गरिँदैछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: