Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

एमाले अध्यक्ष ओलीमा दम्भको पहाड र आत्मसमीक्षाको खाली घर !

खबरडबली संवाददाता

ललितपुर । ललितपुरकाे जावलाखेल स्थित पार्टी प्यालेस (रामबाग महल)मा​ एमाले नेता कार्यकर्ताकाे बाक्लो भीड सँगै अध्यक्ष केपी शर्मा ओलीका शब्दहरू अझ बाक्ला । एमाले अध्यक्ष ओली मञ्चमा उक्लिएर हाँसिरहेका थिए । त्यो हाँसोमा विजयको होइन, अस्वीकारको आभास थियो। उनले भने, “म बिग्रिएको भए पो सप्रिनु ? सिंहदरबार जलाउने सप्रिनुपर्‍यो।”

यी शब्दहरूजस्तै कठोर र आत्मकेन्द्रित आवाजले एमालेभित्रको वैचारिक तापक्रम फेरि बढाएको छ।  ओली सत्ताबाट बाहिरिएकाे ३७ दिन बितिसक्यो तर भाषणको स्वर अझै सत्ताको जस्तो छ। आलोचनाभन्दा प्रतिवाद, आत्मसमीक्षाभन्दा आक्रोश, पार्टीभित्रको असन्तोषभन्दा व्यक्तिगत आत्मविश्वास हावी ।

‘जेन–जी आन्दोलन’लाई चोरको संज्ञा दिँदै, आन्दोलनको मागमाथि व्यङ्ग्य गरेर, ओलीले आफ्नै नेतृत्वमाथि उठेका प्रश्नहरूलाई थप तिखा बनाइिदए ।

त्यो दम्भ केवल राजनीतिक प्रतिस्पर्धीहरूमाथि होइन, आफ्नै कार्यकर्तामाथि पनि निसाना बनेको छ । उनले भने, “पार्टीभित्र नबोल्ने, बाहिर बोल्नेहरू सप्रिनु पर्दैन ?” यो भनाइले एमालेभित्रको डर र मौनता कति गाढा छ, त्यसको पनि झलक दिन्छ । ओलीको नेतृत्वमा पार्टी ‘व्यक्तित्वकेन्द्रित’ हुँदै गएको आरोप एमालेकै नेताहरूले उठाइरहेका छन् । तर, ओली त्यसलाई आत्मसमीक्षाको कारण होइन, चुनौतीका रूपमा लिँदै आएका छन्।

भदौ २३ र २४ को बित्यासपछिको जनआक्रोश, अन्तर्राष्ट्रिय असन्तुष्टि, र पार्टीभित्रको अस्वस्थता यी सबै प्रश्नहरूको उत्तर ओलीसँग छैन। या त उनले उत्तर दिन चाहेका छैनन्। सत्ताबाट बाहिरिँदा लागेको चोट अझै निको भएको छैन, बरु त्यसले अहंकारलाई थप गाढा बनाइदिएको छ । उनी अझै पनि ‘म’ को वर्तुलभित्रै छन् । जहाँ आलोचना दुश्मन ठहरिन्छ, र आत्मसमीक्षा कमजोरी।

राजनीतिमा नेतृत्वको मूल्य केवल जित्ने क्षमताबाट होइन, हार स्वीकार्ने परिपक्वताबाट पनि मापन हुन्छ। ओली अहिले त्यही परिपक्वताको परीक्षा मैदानमा छन् । तर, उनको अहंकार अझै अवतरण गरेको छैन ।  ओली कहिले सप्रिन्छन् ? कि उनी सधैं “बिग्रिएको” अवस्थाको गर्वमा रमाउनेछन् ? सबैकाे मनमा यही प्रश्नले ठाउँ जमाइरहेकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेवाताल किनारमा गृहमन्त्री गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता खारेज हुने

पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...

कलाकार ‘बले’ विरूद्ध जाहेरी नै आएनः प्रहरी

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...

बलेलाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...

जातीय विभेदविरूद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...

जिल्ला अस्पतालका कर्मचारीलाई सेवाग्राहीको सहजताका लागि निर्देशन

ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...

बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...

२६ सय विन्दुमा झर्‍यो नेप्से, एकैदिन १०५ अंकको गिरावट

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...

नापी र यातायात कार्यालय ललितपुरबाट ३२ बिचौलिया पक्राउ

काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending