Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

संसद् पुर्स्थापनाबारे दलहरूको मिश्रित प्रतिक्रिया, अदालतमा पेश भइसकेका रिटको अवस्था कस्तो छ ?

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट लिएर जानेबारे दलका प्रमुख सचेतकहरूले सभामुखलाई स्वविवेक प्रयोग गर्न सुझाव दिएको सभामुखका प्रेस विज्ञले जानकारी दिएका छन्।

जेनजी आन्दोलनपछि विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालत जाने विषयमा छलफल गर्न भनेर सभामुख देवराज घिमिरेले १० राजनीतिक दलका प्रमुख सचेतकहरूलाई बोलाएका थिए।

उक्त छलफलका क्रममा प्रमुख सचेतकहरूले चुनावमा जानेलगायत प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जाने वा नजाने विषयमा मिश्रित प्रतिक्रिया दिएको घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले बताएका हुन्।

"मिश्रित प्रतिक्रिया नै आएको छ। चुनाव नै हुन्छ भने चुनावको तयारी गर्नुपर्छ भन्ने पनि छ। तर चुनाव हुने अवस्था नदेखिएको भन्दै संवैधानिक परीक्षण हुनुपर्छ भन्ने पनि छ," अधिकारीले भने, "सभामुख आफैँ अदालत जाने कि नजाने भन्ने विषयमै राय लिएको हो। उहाँहरूले सभामुखलाई स्वविवेकीय अधिकार प्रयोग गर्नसक्नुहुन्छ भन्नुभयो।"

सभामुखले रिट लिएर अदालत जाने वा नजाने भन्ने निर्णयअघि पूर्वमहान्यायाधिवक्ता, बार एशोसियसन, सर्वोच्च बारका पदाधकारीसँग छलफल गर्ने उनले बताए। त्यसैकारण बुधवार नै रिट लिएर जाने सम्भावना भने नरहेको उनले बताए।

यसअघिको संसद्‌मा सबैभन्दा ठूलो दल रहेका नेपाली कांग्रेस र नेकपा एमालेले आफ्नो केन्द्रीय कमिटीको बैठकपछि संसद् विघटनबारे सर्वोच्च अदालतमा कसरी जाने भनेर टुंगो लगाउने बताएका थिए।

दलहरूसँगको सभामुखको बैठकमा के भयो?

बैठकमा सभामुखले १० वटा विभिन्न दलका नेताहरूलाई बोलाएकामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी उपस्थित थिए।

प्रतिनिधिसभा विघटन हुँदा सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले सभामुखसँगको छलफलमा देशलाई संवैधानिक मार्गमा ल्याउनुपर्ने राय राखेको जनाएको छ।

एमालेका प्रमुख सचेतक रहेका महेश बर्तौलाले चुनाव समयमै हुने वातावरण नदेखिएका कारण संसद् पुनर्स्थापना गर्नुपर्ने धारणा आफूले राखेको बताए।

"सरकारकै कामकारबाही चुनाव समयमा नहुने खालको देखिएका कारण हामीले देशलाई संवैधानिक मार्गमा ल्याउनका लागि संसद् पुनर्स्थापना हुनुको विकल्प छैन भन्ने धारणा राख्यौँ," बर्तौलाले भने।, "रिट लैजाने विषयमा भने हामीले सभामुखलाई कुनै सुझाव दिएनौँ।"

एमाले र कांग्रेस दुवैले विगतदेखि नै संसद् विघटनबारे संवैधानिक परीक्षण अदालतबाट हुनुपर्ने धारणा राख्दै आएका छन्।

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफू नियुक्त भए लगत्तै गरेको प्रतिनिधि सभा विघटनको निर्णय र सिफारिस असंवैधानिक भएको भन्दै विभिन्न ८ दलले त्यतिबेला नै विज्ञप्ति निकालेका थिए।

उनीहरूले एक साताअघि कुरा गर्दै सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनको संवैधानिक परीक्षण हुनुपर्ने बताएका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीले जेनजीका माग सम्बोधनको सुनिश्चितता, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति हुन नहुने लगायत विभिन्न ८ वटा बुँदा अगाडि सारेर त्यसमा प्रतिबद्धता भए मात्रै संसद् पुनर्स्थापना हुनुपर्ने धारणा सभामुख समक्ष राखेको बताएको छ।

"प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानामन्त्री, प्रदेश संरचना खारेज, गैरदलीय स्थानीय तह, संवैधानिक निकायमा राजनीतिक नियुक्ति हुन नहुने, राष्ट्रिय एकता कायम गर्न, भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कठोर कानुन बनाउने, जेनजी मत हाल्न पाउने तर उमेरका कारण उम्मेद्वारी दिन नपाउने व्यवस्थामा सुधार गर्नुपर्ने रअनलाइन मतदान प्रणालीमा जानुपर्नेलगायत विभिन्न ८ बुँदा राखेको छु र त्यसमा प्रतिबद्धता आउन सक्छ भनेमात्रै हामी प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा छौँ भन्ने धारणा मैले राखेँ," शाहीले भने।

"राप्रपाले यी मागहरू पूरा गर्ने प्रतिबद्धता संसदबाट नआएसम्म पुनःस्थापनाको प्रक्रिया रोक्न अडान लिएको छ।"

रास्वपा अनुपस्थित

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, अशोक राई नेतृत्वको जसपा नेपाल र जनमत पार्टीका प्रमुख सचेतकहरू बैठकमा अनुपस्थित रहेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने सभामुख सर्वोच्च अदालत जाने वा नजाने भन्ने विषय नितान्त रूपमा उनको स्वविवेकको कुरा भएको जनाएको छ। त्यसमा आफ्नो पार्टीको कुनै धारणा नरहेको बताउँदै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सचिवालय बैठकका कारण आफूहरू बैठकमा जान नसकेको बताए।

"सभामुख भएको हिसाबले प्रतिनिधिसभा विघटनको कानुनी परीक्षणमा जानु उहाँको स्वविवेकको कुरा हो। हामीले यसबारेमा आफ्नो धारणा पहिला पनि राखिसकेका कारण र पार्टीको सचिवालय बैठकका कारण जान नसक्ने बताएको हुँ," परियारले बीबीसीसँग भने।

तर व्यक्तिगत रूपमा कानुनी परीक्षणमा जान चाहनु सभामुख घिमिरेको अधिकार र दायित्व दुवै हो भन्ने आफूलाई लागेको उनले बताए।

रिट दर्ता

जेनजी आन्दोलनको भोलिपल्ट गत भदौ २४ गते सर्वोच्च अदालतमा समेत आगजनी भएपछि बन्दीप्रत्यक्षीकरणको रिटको मात्रै सुनुवाइ गर्दै आएको अदालतले मङ्गलवारबाट अन्य रिट दर्ता गर्न सुरु गरेको छ।

रिट दर्ता खुलेकै दिन सर्वोच्च अदालतमा प्रधानमन्त्री नियुक्ति र संसद् विघटन संविधानविपरीत भएको भन्दै विभिन्न १० वटा रिट पेस भएको अदालतका प्रवक्ता अर्जुन कोइरालाले बीबीसीलाई जानकारी दिए।

तर तिनीहरूको दर्ता भने प्रक्रियामै रहेको अदालत प्रशासनले जनाएको छ। सर्वोच्च अदालतमा रिटहरूको अध्ययन भइरहेको प्रवक्ता कोइरालाले बताए।

"१० वटा रिटहरू आएका छन् तर हामीहरू त्यसबारे अध्ययनमै छौँ," उनले भने। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending