रौतहट। रौतहटमा दिनहुँ युवा मतदाताको संख्या थपिँदै गएको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटले मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिए संगै दिनहुँ सयौंको संख्यामा मतदाता थपिने क्रम जारि रहेको छ ।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी जारि मतदाता नामावली सङ्कलनमा युवाहरु बढि चासो लिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका जिल्ला निर्वाचन अधिकारि छोटेलाल दाशले बताए।
जेनजी पुस्तालाई मतदानमा बढि भन्दा बढी आफ्नो मताधिकार प्रयोग गर्न पाउने गरी सरकारले अध्यादेश ल्याएर मतदाता नामावली सङ्कलन कार्य अघि बढाएको हो । असोज १० गतेदेखि सुरु भएको मतदाता नामावली संकलन कार्य आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुने जिल्ला निर्वाचन अधिकृत दाशले जानकारी दिए।
जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार २०७९ सालको निर्वाचनमा रौतहटमा पुरुष मतदाता २ लाख २७ हजार २ सय २९ ,महिला मतदाता १ लाख ८८ हजार २ सय २५ र तेस्रो लिंगी मतदाता एक जना गरि कुल ४ लाख १५ हजार ४ सय ५५ मतदाता रहेको थियो ।
२०८२ फाल्गुन २१ गते निर्वाचनको मिति तोकिँदासम्म रौतहटमा ४ लाख २१ हजार ६ सय ९३ मतदाता भएको थियो । २०७९ को निर्वाचनको समय भन्दा ६ हजार २ सय ३८ वटा मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारि दाशले बताए।
असोज १० गतेदेखि २९ गतेसम्म ५ सय ३१ पुरुष मतदाता र २ सय ८५ महिला मतदाता गरि ८ सय १६ मतदाता थपिएको उनले जानकारी दिए। दसैँ बिदाका कारण पुर्ण रुपमा बन्द रहेको मतदाता नामावली संकलन कार्य बाढिका कारण समेत केहि दिन प्रभावित रहेको थियो ।
१६ वर्ष पूरा भएका र नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने जिल्ला निर्वाचन अधिकारी दाशले जानकारी दिए।
निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयबाट मात्रै मतदाता नामावली दर्ताको व्यवस्था मिलाएको छ । जिल्लाभरका नागरिकलाई मतदाता नामावलीका लागि सदरमुकाम गौरस्थित जिल्ला निर्वाचन कार्यालयमै पुग्नुपर्दा भने सास्ती भएको छ । जिल्ला निर्वाचन कार्यालयसँगै, इलाका प्रशासन कार्यालय र प्रत्येक स्थानिय तह बाट मतदाता नामावली संकलन कार्यको व्यवस्था सरकारले गर्न सके फागुन २१ गते हुने निर्वाचनमा जेनाजी पुस्ताको उल्लेख्य सहभागिता हुने दुर्गाभगवति –२ का अनिश कुमार महतोले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८३ - १८:२९
काठमाडौं । संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेका बेला सडकमा पनि युवाहरूले सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीविरुद्ध प्रदर्शन गरेका छन्। मुख...
बैशाख ३० गते, २०८३ - १८:२३
काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरिएको छ ।...
बैशाख ३० गते, २०८३ - १८:०७
काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्र...
बैशाख ३० गते, २०८३ - १८:०२
काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री वाले...
बैशाख ३० गते, २०८३ - १३:११
काठमाडौं । नेपाली कांग्रेसले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दि...
बैशाख ३० गते, २०८३ - १२:५९
काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्का...
बैशाख ३० गते, २०८३ - १२:५०
काठमाडौं । विपक्षी दलका सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको जव...
बैशाख ३० गते, २०८३ - १२:४१
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएका छन्। प्रतिनि...
बैशाख ३० गते, २०८३ - १२:३३
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा उपस्थित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरेको छ। प्रतिनिधिसभा बैठकको आकस्मिक सम...
बैशाख ३० गते, २०८३ - १२:२१
काठमाडौं। मन्त्रीपरिषद बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन ...



प्रतिकृया लेख्नुहोस्: