Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

रौतहटमा मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिँदै

खबरडबली संवाददाता

रौतहट। रौतहटमा दिनहुँ युवा मतदाताको संख्या थपिँदै गएको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटले मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिए संगै दिनहुँ सयौंको संख्यामा मतदाता थपिने क्रम जारि रहेको छ । 

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी जारि मतदाता नामावली सङ्कलनमा युवाहरु बढि चासो लिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका जिल्ला निर्वाचन अधिकारि छोटेलाल दाशले बताए।

जेनजी पुस्तालाई मतदानमा बढि भन्दा बढी आफ्नो मताधिकार प्रयोग गर्न पाउने गरी सरकारले अध्यादेश ल्याएर मतदाता नामावली सङ्कलन कार्य अघि बढाएको हो । असोज १० गतेदेखि सुरु भएको मतदाता नामावली संकलन कार्य  आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुने जिल्ला निर्वाचन अधिकृत दाशले जानकारी दिए। 

जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार २०७९ सालको निर्वाचनमा रौतहटमा पुरुष मतदाता २ लाख २७ हजार २ सय २९ ,महिला मतदाता १ लाख ८८ हजार २ सय २५ र तेस्रो लिंगी मतदाता एक जना गरि कुल ४ लाख १५ हजार ४ सय ५५ मतदाता रहेको थियो ।

२०८२ फाल्गुन २१ गते निर्वाचनको मिति तोकिँदासम्म रौतहटमा ४ लाख २१ हजार ६ सय ९३ मतदाता भएको थियो । २०७९ को निर्वाचनको समय भन्दा ६ हजार २ सय ३८ वटा मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारि दाशले बताए।

असोज १० गतेदेखि २९ गतेसम्म ५ सय ३१ पुरुष  मतदाता र २ सय ८५ महिला मतदाता गरि ८ सय १६ मतदाता थपिएको उनले जानकारी दिए। दसैँ बिदाका कारण पुर्ण रुपमा बन्द रहेको मतदाता नामावली संकलन कार्य  बाढिका कारण समेत केहि दिन प्रभावित रहेको थियो । 

१६ वर्ष पूरा भएका र नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने  जिल्ला निर्वाचन अधिकारी दाशले जानकारी दिए। 

निर्वाचन आयोगले  जिल्ला निर्वाचन कार्यालयबाट मात्रै मतदाता नामावली दर्ताको व्यवस्था मिलाएको छ । जिल्लाभरका नागरिकलाई मतदाता नामावलीका लागि सदरमुकाम गौरस्थित जिल्ला निर्वाचन कार्यालयमै पुग्नुपर्दा भने सास्ती भएको छ । जिल्ला निर्वाचन कार्यालयसँगै, इलाका प्रशासन कार्यालय र प्रत्येक स्थानिय तह बाट मतदाता नामावली संकलन कार्यको व्यवस्था सरकारले गर्न सके  फागुन २१ गते हुने निर्वाचनमा जेनाजी पुस्ताको उल्लेख्य सहभागिता हुने दुर्गाभगवति –२ का अनिश कुमार महतोले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending