Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

बलेवा विमानस्थल सञ्चालन नहुँदा स्थानीवासी निरास

खबरडबली संवाददाता

पर्वत। पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको बलेवा विमानस्थल बन्द भएको ३६ वर्ष भएपनि हालसम्म सञ्चालनमा नआउँदा स्थानीवासी निरास बनेका छन् । 

विसं २०२२ मा निर्माण गरिएको उक्त विमानस्थल विसं २०४८ सम्म सञ्चालन भए पनि त्यसपछि पूर्ण रूपमा बन्द छ । विमानस्थलमा भौतिक संरचना सम्पन्न भएपछि नियमित उडानको आशामा रहेका यहाँका नागरिकले नियमित उडान र सञ्चालनका लागि कुनै निकायबाट पहल नभएको गुनासो गरेका छन् । 

पोखरा-बागलुङ सडक विस्तार भएपछि यात्रु अभावमा विमानस्थल बन्द भएको थियो । बन्द भएको २७ वर्षमा बागलुङ नगरपालिकाले सञ्चालनको प्रयास गरेको थियो । विसं २०७४ चैत ९ गतेदेखि पुन:सञ्चालनमा ल्याइएकामा यात्रु अभावले छ महिना पनि नियमित सञ्चालन हुन सकेन । नेपाल एयरलाइन्स र तारा एयरलाइन्सका जहाजले केही महिना हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्मे धावनमार्गमा उडान भरेका थिए ।

अहिले रु आठ करोडभन्दा बढी खर्च गरेर धावनमार्ग, पार्किङ तथा टर्मिनल भवन मर्मतसम्भार गरेर आकर्षक बनाइएको छ । चौबीस मिटर चौडा, तारबारले घेरिएको, टर्मिनल भवन मर्मत गरेर रङरोगन गरिएको विमानस्थल हवाईजहाजको पर्खाइमा रहेको विमानस्थलका कार्यालय सहयोगी सविता शर्माले बताए। उनका अनुसार नागरिक उड्डयन प्राधिकरणले रु आठ करोड खर्चेर चार वर्षअघिमात्र विमानस्थल कालोपत्र तथा अन्य पुराना पूर्वाधार मर्मत गरेको थियो । 

विमानस्थलमा गरेको लगानी जहाज नआउँदा बालुवामा पानीजस्तै भएको राम शर्माले बताउनुभयो । उहाँले विमानस्थलमा एक कार्यालय सहयोगीले नियमित रेखदेख गर्दै आएको छन् । “यहाँ १८ देखि २४ सिट क्षमताका जहाज सञ्चालन गर्न सकिन्छ”, उनले भने। 

यो विमानस्थलमा हवाई सेवा नियमित भएमा बागलुङ जिल्लाका साथै पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने स्थानीयको भनाइ छ । बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधि आइसकेपछि विमानस्थल सञ्चालन गर्न सातामा दुई दिन उडान भर्ने र यात्रु अभाव हुँदाको भाडा नगरपालिकाले व्यहोर्ने सम्झौता गरेपछि केही महिना सञ्चालनमा आएको थियो । पछि विमानस्थलको धावनमार्ग पक्की बनेपछि सेवा सञ्चालन झनै ठप्प बनेको छ । 

कालोपत्र भएर चिटिक्क बनेको विमानस्थलमा अहिलेसम्म परीक्षण उडान पनि नभएको बागलुङ–१४ नारायणस्थानका वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता चक्रबहादुर खत्रीले बताउनुभयो । उहाँले बलेवाका स्थानीय अझै जहाज आउनेमा आशावादी रहेका भन्दै पटकपटक जहाज चलाउन पहल भए पनि सार्थकता पाउन नसकेको उल्लेख गरे।  

हरेक सरकारका पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई विमानस्थल अवलोकन गराउँदै आइएको जनाउँदै खत्रीले कसैबाट ठोस् पहल नभएको उल्लेख गरे। “राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर कालोपत्रको चरणमा रहेकाले कालोपत्र भइसक्दा यात्रु सहज ढङ्गले विमानस्थलमा आउने वातावरण भएमा विमानस्थल सञ्चालन हुन सक्छ । नगरले विमानस्थललाई पाइलट प्रशिक्षण केन्द्र तथा अल्ट्रालाइटजस्ता साहसिक उडानका लागि पहल गरिरहेको छ”, उनले भने।

निजी क्षेत्रका एयरलाइन्सले यात्रु सुनिश्चितता नभएसम्म उडान भर्न नमान्ने गरेकाले समस्या भएको तत्कालीन विमानस्थलका पूर्वप्रबन्धक सूर्यबहादुर खत्रीले बताए। 

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्यभागमा पर्ने विमानस्थलका कारण पर्यटन प्रवर्द्धनको सम्भावना भए पनि नियमित सञ्चालन गर्न नसकिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले स्वीकार गरे। उनले नगरको पहलले मात्रै विमानस्थल सञ्चालन गर्न सम्भव नहुने जनाउँदै सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए

कालीगण्डकी करिडोर सम्पन्न भएपछि र कुश्मादेखि जोडिने यान्त्रिक पुल, बन्जी पुल र नयाँ बन्ने झोलुङ्गे पुल सम्पन्न भएपछि यात्रुको समस्या नहुने स्थानीय कमल जिसीले बताए। त्यसका लागि अझै केही समय प्रतीक्षा गर्नुपर्ने उनको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हामी सबै नेपालीको पेटमा सबैभन्दा बढी अन्न दिने भूमि मधेश हो : विश्वप्रकाश शर्मा

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले देश कठिन अवस्थामा रहेका बेला नेतृत्व सम्हाल्न सक्ने शक्तिलाई विजयी गराउनुपर्ने बताएका छन्।...

भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस्: बालेन शाह

धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताएको छन् ।  बुधवार धनगढीमा आयोज...

ओखलढुङ्गाका १२ मतदानस्थल अति संवेदनशील

ओखलढुङ्गा । ओखलढुङ्गाका १२ मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन् । जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर रहेक...

कांग्रेसको ‘प्रतिज्ञापत्र’ सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेस ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। बुधबार पार्टी सभापति गगन...

बडिगाडको खोलाखर्कमा पिकअप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

बागलुङ। बागलुङको बडिगाड गाउँपालिका–८ बाट गलकोट हटियातर्फ जाँदै गरेको पिकअप गाडी दुर्घटनामा परेको छ । ग ३ च ६५२१ नम्बरको बोलेरो पिकअप आज बिहान करिब ...

राष्ट्रिय समस्या समाधानपछि मात्र निर्वाचन उपयुक्त - पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचन प्रक्रियातर्फ जानुपर्ने धारणा व्यक्त गरेका छन्। ...

धनगढीमा पुगेर रवि लामिछाने भने : बेथिति र बेरोजगारीको ‘सटर’ एकैपटक बन्द गर्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बेथिति र बेरोजगारी अन्त्य गर्ने उद्देश्यसहित आफ्नो पार्टी राजनीतिमा आएको बताए...

भोजपुरमा सेना बोकेको बस दुर्घटना, २४ घाइते

काठमाडौं । भोजपुर नगरपालिका–३ स्थित सेतीबगरमा नेपाली सेना बोकेको बस दुर्घटनामा परेको छ। आगामी २१ फागुनमा टेम्केमैयुङ गाउँपालिका मा हुने निर्वाचनका ...

दुई वर्षमा बन्ने बाटो रास्वपाले डेढ वर्षमै बनाउँछ : बालेन शाह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले दुई वर्षमा सम्पन्न हुने योजना डेढ वर्षमै पूरा गर्ने आफ्नो एजेन्ड...

बेनीघाट-आरुघाट-लार्के सडक चार दिन बन्द हुने

सुलीकोट । गोरखाको बेनीघाट – आरुघाट – लार्के सडकखण्ड अन्र्तगत धार्चे गाउँपालिका – ७ मा पर्ने न्याउनी खोला पुल चार दिनको लागि बन्द हुने भएको छ । उत्तरी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE