काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउने वातावरण बनाउन सरकार र सुरक्षा निकायका प्रमुखलाई आग्रह गरेको छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको सहभागितामा भएको छलफलमा चारै सुरक्षा निकायका प्रमुखलाई राष्ट्रपति पौडेलले राजनीतिक दल र आमनागरिकलाई चुनावबारे आश्वस्त बनाउन आग्रह गरेको हो ।
उनले शान्तिसुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दी सबैलाई अविलम्ब फिर्ता गर्न आग्रह गरे ।
अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए। उनले पूर्ण तयारी र सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधनस्रोत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए।
सुरक्षा निकाय प्रमुखहरूले शान्तिसुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेकाबारे आश्वस्त पारेको थिए । उनीहरूले विगतमा योभन्दा कठिन परिस्थितिमा पनि शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै सुरक्षा निकाय सम्पूर्ण रूपले निर्वाचनका लागि तयार रहेको पनि बताएको थिए।
छलफलमा अन्तरिम सरकारका प्रधामन्त्री कार्की, अर्थमन्त्रीबाहेक सबैमन्त्री, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक चन्द्र कुँवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...
पौष १२ गते, २०८२ - १२:२१
सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द...
पौष १२ गते, २०८२ - १२:१७
बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम ...
पौष १२ गते, २०८२ - ११:१५
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...
पौष १२ गते, २०८२ - १०:५८
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...
पौष १२ गते, २०८२ - १०:४९
सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् । भीषण वर्ष...
पौष १२ गते, २०८२ - १०:३६
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...
पौष १२ गते, २०८२ - १०:२६
रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...




प्रतिकृया लेख्नुहोस्: