Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

किन छोडे मोहन वैद्यले पार्टीकाे नेतृत्व ?

खबरडबली संवाददाता

काठमाडौं । झन्डै पाँच दशकदेखि नेपालका वाम राजनीतिमा अग्रस्थानमा रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव  मोहन वैद्य ‘किरण’ले अन्ततः पार्टी नेतृत्वबाट अलग हुने घोषणा गरेका छन्। उमेर र स्वास्थ्य अवस्था उनका मुख्य कारण बने पछि पार्टी नेतृत्वबाट अलग हुने घाेक्जषणा गरेका हुन्  ।

 ८० वर्ष उमेर पुगेका वैद्य पछिल्लो समय लगातार स्वास्थ्य समस्याबाट ग्रस्त थिए। पार्टीको बैठकमा लामो समय उपस्थित हुन नसक्ने, यात्रा गर्न कठिनाइ हुने र नियमित कामकारबाहीमा सक्रियता घट्दै गएपछि उनले स्वयं नेतृत्वबाट पन्छिने निर्णय गरेका हुन्।

पार्टीका स्रोतका अनुसार, वैद्यले गत बैठकमा भनेका थिए “अब नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने समय आएको छ। म सल्लाहकारको भूमिकामा बसेर सहकार्य गर्न तयार छु।” वैद्यको यो निर्णयलाई पार्टीले पनि स्वाभाविक रूपमा लिएको छ। केन्द्रीय समितिले उनको प्रस्ताव स्वीकार गर्दै सीपी गजुरेललाई नयाँ महासचिवको जिम्मेवारी दिएको छ।

गजुरेलले भने, “किरणजी लामो समयदेखि हाम्रो मार्गदर्शक रहनुभएको छ। उहाँको स्वास्थ्यले साथ नदिएकाले उहाँले जिम्मेवारी हस्तान्तरण गर्नुभयो। अब उहाँकै अनुभवको आधारमा संगठनलाई अघि बढाउनेछौं।”

मोहन वैद्य नेपालको कम्युनिस्ट आन्दोलनका संघर्षशील र वैचारिक रूपले दृढ नेता मानिन्छन्। उनले भूमिगत कालदेखि नै माओवादी आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए।

२०६९ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी पार्टीसँग मतभेद गर्दै उनले नयाँ पार्टी गठन गरेका थिए। “विप्लव”, “क्रान्ति” र “वैकल्पिक बाटो”को अवधारणा लिएर उनले अघि बढाएका आन्दोलनहरू पछिल्लो समय कमजोर बन्दै गएपछि संगठनमा पुनःसंतुलनको आवश्यकता महसुस गरिएको थियो।

वैद्यको राजीनामाले दलभित्रको पुस्तान्तरण प्रक्रिया औपचारिक रूपमा सुरु भएको संकेत गरेको अन्छय नेताहरुकामे बुझाइ छ । अब उनको भूमिका सल्लाहकारको रूपमा रहने छ भने पार्टीमा सीपी गजुरेल नेतृत्वको नयाँ पुस्ताले जिम्मेवारी सम्हाल्नेछ।

अन्ततः, वैद्यले नेतृत्व छाडे पनि उनको राजनीतिक यात्रा र विचारधारात्मक प्रभाव भने पार्टीको हरेक निर्णयमा अझै पनि महसुस भइरहने निश्चित देखिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending