Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

तनहुँ कारागारबाट भागेका दुई कैदीबन्दी पक्राउ

खबरडबली संवाददाता

लमजुङ। जेनजी आन्दोलनको फाइदा उठाउँदै गत भदौ २४ गते तनहुँ कारागारबाट भागेका दुई जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय लमजुङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी–४ सुस्ताका ३९ वर्षीय सन्तोष गुरुङ र बेंसीसहर–३ रानीकुवाका ४५ वर्षीय विनोद गुरुङ रहेका छन् । सन्तोष चोरी मुद्दामा र विनोद जवरजस्ती करणी मुद्दामा कारागार चलान भएका थिए । पक्राउ परेका दुबै कैदीबन्दीलाई दमौली कारागार तनहुँमा बुझाइएको प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए। 

लमजुङ कारागार भत्किएपछि यहाँ रहेका १०८ कैदीबन्दी कास्की र तनहुँ कारागार स्थान्तरण गरिएका थिए । गत भदौ २४ गते जेनजी आन्दोलनको फाइदा उठाउँदै कास्की र तनहुँ कारागारबाट उनीहरु भागेका थिए । फरार मध्ये हालसम्म ४५ जनालाई पक्राउ गरी सम्बन्धित कारागारमा बुझाइएको प्रहरी प्रमुख बोहोराले बताए।

लमजुङ कारागारको पर्खाल भत्केपछि तनहुँमा ३० जना र कास्कीमा ७८ जना कैदीबन्दी स्थान्तरण गरिएको थियो । अझै २७ कैदीबन्दी फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरी प्रमुख बोहराले बताए । केही कैदीबन्दी भने यसअघिनै अदालती प्रक्रियाबाट छुटेका थिए ।

“फरार कैदीबन्दीको तीव्ररुपमा खोजी भइरहेको छ”, प्रहरी प्रमुख बोहराले भने, “उनीहरुको घर र आफन्तकोमा निगरानी गरिरहेका छौं ।” यसअघि पक्राउ परेका मध्ये अधिकांश घरमा र आफन्तकोमा लुकीछिपी बसेको अबस्गथा भेटिएका थिए । कतिपय भने आफै कारागारको सम्पर्कमा पुगेको बोहराले बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसइई नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट सार्वजनिक हुने

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १० परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा एसएमएस, आईभीआर तथा वेबसाइट...

हिल्सा नाकाबाट चिनियाँ मदिरा भित्रिन रोक्ने सहमति

हुम्ला। वर्षेनी ठुलो मात्रामा चीनको ताक्लाकोटबाट हिल्सा नाका हुँदै हुम्ला भित्रिने चिनियाँ मदिरा यस वर्ष नेपाल भित्रिन नदिने सहमति भएको छ । नेपाली सुर...

विधि मिच्ने स्वार्थ प्रेरित कार्यले निरंकुशताको संकेत दिन्छ : सपना प्रधान मल्ल

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...

नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...

कांग्रेसका क्रियाशील सदस्यले अन्य चुनाव चिन्हमा मतदान गर्नु अनुशासनविपरीत : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...

ताप्लेजुङमा बेमौसमी हिमपात

ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।  हिमाली जिल्ला ताप्लेजु...

छ लाख रुपियाँ अवैध भारुसहित दुई जना पक्राउ

नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...

गगन थापासँग कमलबहादुर शाहको प्रश्न: देउवालाई टिकट नदिनुको कारण के ?

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश

काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...

रास्वपाको प्रशिक्षणमा न्युन उपस्थिति, दलका उपनेताले भने: सांसदले संसदीय भूमिकाबाट विमुख हुने सङ्केत गर्दैछन् ’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending