Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

बर्दियामा असोज मसान्तसम्म चार सय जना मतदाताको नाम दर्ता

खबरडबली संवाददाता

गुलरिया। बर्दियामा असोज मसान्तसम्म चार सय चार जनाले मात्र मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । गत असोज १० गतेबाट सुरुवात भएपनि बर्दियामा सुस्त गति मतदाता नामावलीमा नाम दर्ता  भएको छ । 

निर्वाचन कार्यालय बर्दियाका अनुसार असोज मसान्त सम्ममा पुरुष दुई सय ५५ जना र महिला एक सय ४९ जना गरि जम्मा चार सय चार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । पछिल्लो समयमा दैनिक तीस देखि पचास जनाले नामावली दर्ता गराउने गरेको निर्वाचन कार्यालय बर्दियाका सूचना अधिकारी अनुप ढकालले बताउनु भयो । उहाँले सुरुको तुलनामा नाम दर्ता गराउनेको सङ्ख्या विस्तारै बढ्दै गएको बताउनु भएको छ । 

बर्दिया जिल्लामा असोज १० गते भन्दा अगाडि बर्दिया जिल्लामा पुरुष एक लाख ५६ हजार ९५, महिला एक लाख ६१ हजार दुई सय ३३ र अन्य छ जना गरी तीन लाख १७ हजार तीन सय ३४ जना मतदाता थिए । 

तिहार र धान काट्ने भएको हुनाले पनि मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या न्यून भएको हुन सक्ने निर्वाचन कार्यालयको अनुमान छ । हरेक स्थानीय तहबाट तिहार पछि मतदाता नामावलीमा नाम दर्ता गर्न आउने खबर आएको सूचना अधिकारी ढकालले बताए। उनले हरेक पालिकाले केही दिनको लागि मतदाता नामावली दर्ताका लागि पालिका आउन आग्रह गरेको बताएस्। 

बर्दिया जिल्लाका गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, बाँसगढी नगरपालिका लगाएतका स्थानीय तह सदरमुकाम देखि निक्कै टाढा भएको हुनाले सोही स्थानमा गएर मतदाता नामावली दर्ता गराउनुपर्ने बर्दिया नागरिक समाज संयोजक हिमा सुनारले बताए। उनले भने, “बाँसगढी नगरपालिका वडा नं १ को चेपाङ्ग, बाटुले कुरुले गाउँ सुर्खेत र स्याङ्जाको सिमानामा पर्दछ । सदरमुकाम आएमा एक दिन बास बस्नु पर्ने हुन्छ, त्यो ठाउँमा मतदाता नामावली दर्ताको लागि निर्वाचन कार्यालय नै पुगे राम्रो हुन्थ्यो ।”

उहाँका अनुसार गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका र बाँसगढी नगरपालिकाबासीलाई  मतदाता नामावली दर्ताका लागि सदरमुकाम आउन गाह्रो हुन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द...

सहरमा कोदोको माग बढ्दै

बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम ...

रास्वपाको समानुपातिक उम्मेदवारका आकांक्षीका लागि प्रारम्भिक मतदान सुरु

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...

करिब पाँच करोड हुन्डी कारोबारको आरोपमा बाँकेमा एक जना पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...

तीन महिनाअघि कटान भएको सडक अझै बनेन

सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् ।  भीषण वर्ष...

रास्वपासँग सहमति गर्नुअघि बालेन र कुलमानबीच भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...

रौतहटमा मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु, छ जना घाइते

रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending