Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

फूलको माग अत्यधिक, कृषकलाई पुर्‍याउन धौधौ

खबरडबली संवाददाता

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका –९ को मस्र्याङ्दी कृषि फर्मकी अम्बिका कुइँकेलले यो वर्ष कम मात्रामा सयपत्री लगाए। तिहारमा उहाँलाई मागअनुसारको फूल पुर्‍याउन धौधौ भयो । 

माग अत्याधिक भएपछि फूल पुर्‍याउन नसकिएको मस्र्याङ्दी –९ भलामचौरका किसान पदम गुरुङले बताए। “गत वर्ष बिक्री कम भएकाले यो बर्ष कम लगाएको बजारमा पुर्‍याउन धौधौ भयो” गुरुङले भने, “ग्राहक बारीमै आएर फूल लगिरहेका छन् ।” 

उनले दुई रोपनी जग्गामा चार हजार सयपत्री लगाएको बताए। गत वर्षभन्दा यस वर्ष मूल्य पनि राम्रो पाएको उनले बताए । सुन्दरबजार गहतेका बुद्धी आलेले पनि यसवर्ष ग्राहकलाई फूल पुर्‍याउन नसकिएको बताए। “फुलेको जति लक्ष्मीपूजाको दिन नै सकियो” आलेले भने, “टीकाको दिनसम्म धेरै माग छ ।”

मध्यनेपाल नगरपालिका –५ समिभञ्याङका किसान इभान जोशीले फूल खेतीबाट निराश बन्न नपर्ने बताए । उनले पोखरा र दमौलीबाट फूल र मालाको माग अत्यधिक आएको बताए ।  

फूलमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले कृषकलाई सहयोग गर्ने नीति ल्याउनुपर्ने जोशीको माग छ । “गाउँघरमा जग्गा बाँझै छन्, त्यस्ता जग्गालाई सदुपयोग गर्दै फूलखेती गर्नेतर्फ सरकारले सहयोग गर्नुपर्छ” उनले भने। तिहारका बेला फूलको माग बढी हुने गरेको र पुर्‍याउन मुस्किल पर्ने जोशीको अनुभव छ । 

तिहार बाहेक विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका कार्यक्रममा माला बिक्री हुने गरेको किसानहरु बताउँछन् । तरकारी र अन्य खाद्य बालीभन्दा फुलखेतीमा कम लगानी र बढी आम्दानी गर्न सकिने कृषि विज्ञहरु बताउँछन् । अन्य बालीसँगै फूलखेती पनि गर्नसके किसानले बजारको समस्या भोग्नु नपर्ने कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले बताए। किसानले यो वर्ष प्रतिकेजी तीन सयदेखि पाँच सयसम्ममा फूल विक्री गरेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द...

सहरमा कोदोको माग बढ्दै

बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम ...

रास्वपाको समानुपातिक उम्मेदवारका आकांक्षीका लागि प्रारम्भिक मतदान सुरु

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...

करिब पाँच करोड हुन्डी कारोबारको आरोपमा बाँकेमा एक जना पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...

तीन महिनाअघि कटान भएको सडक अझै बनेन

सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् ।  भीषण वर्ष...

रास्वपासँग सहमति गर्नुअघि बालेन र कुलमानबीच भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...

रौतहटमा मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु, छ जना घाइते

रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending