Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

प्रथम जहदा महोत्सवमा झडप, एक जना गम्भीर घाइते

खबरडबली संवाददाता

विराटनगर। सुरक्षा निकायको आग्रह बेवास्ता गर्दै मोरङको जहदा–४, रामचोकमा सञ्चालन गरिएको प्रथम जहदा महोत्सवमा झडप भएपछि स्थानीय प्रशासन आजबाट महोत्सव स्थगित गरिदिएको छ । 

महोत्सव आयोजकहरूबिच बुधबार राति करिब १ बजेतिर विवाद भई कुटाकुट हुँदा एक जना गम्भीर घाइते भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले महोत्सव सञ्चालनमा रोक लगाएको हो । 

मध्येराति भएको घटनामा कटहरी–४ निवासी ३५ वर्षे अनिलकुमार सहनी घाइते भएको थिए । उहाँकोे टाउकोमा गहिरो चोट लागेको कोशी अस्पताल विराटनगरले जानकारी दिएको छ । सुरक्षा निकायले असोज २६ गते लेटाङ महोत्सवमा भएको झगडा, जुवाजन्य खेल र मदिरा बिक्रीका कारण मेला बन्द गर्नुपरेको अनुभवका आधारमा जहदामा मेला नगर्न सिफारिस गरेको थियो । 

सुरक्षा निकायको सुझावलाई बेवास्ता गरी जहदा गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साह र प्रमुख प्रशासकीय अधिकृतको पत्रका आधारमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मेला आयोजना गर्न स्वीकृति दिएको बताइएको छ । 

प्रमुख जिल्ला अधिकारी यादवले दवाव मेला आयोजना गर्न स्वीकृति दिएको भन्ने भनाइ सत्य नभएको भन्दै र मेलामा सहभागीहरुको स्वास्थ्य बिमा गरिसकिएको अवस्थाका कारण अनुमति दिएको बताए। उनले घटनापछि बुधबारबाटै मेला स्थगित गरिएको जानकारी दिए। 

मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार मङ्गलबार मेला सकिएपछि आयोजकहरूले राति मदिरा सेवन गरेको र त्यसै क्रममा विवाद हुँदा घटना भएको जानकारी दिए। उनले सुरक्षाकर्मीहरूले झडप हुन नदिन नियन्त्रणको प्रयास गरेपछि झडपको अवस्था नरोकिएको बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाललाई सुधार चाहिएको छ, अबको पाँच वर्ष खेर फाल्दैनौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेस का सभापति गगन थापाले नेपाललाई अहिले सबैभन्दा बढी सुधार आवश्यक रहेको बताएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्...

ठगी अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशमा पठाइदिने भन्दै ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ...

पशुपतिनाथ क्षेत्रमा भक्तजन र प्रहरीमाथि कुटपिट गर्ने युवा पक्राउ

काठमाडौँ । शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा भक्तजन र प्रहरीमाथि दुर्व्यवहार गर्ने युवालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर का...

झापामा ६२ उम्मेदवारले खोले निर्वाचन खाता

दमक। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले खाता खोलेर निर्वाचन आयोगलाई ज...

पपुलिजमले देश बन्दैन, स्पष्ट योजनासहित आएका छौँ : सचिन तिमल्सिना

काठमाडौं । नेपाली कांग्रेस का तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमल्सिनाले सस्तो लोकप्रियता (पपुलिजम) ले देश निर्माण नहुने ...

नेपाली कांग्रेसको निर्वाचन प्रतिज्ञा पत्र सर्वसम्मत पारित, आज जनकपुरमा सार्वजनिक गरिने

काठमाडौं। नेपाली कांग्रेसको आसन्न निर्वाचनका लागि तयार गरिएको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित भएको छ। बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमि...

मेची राजमार्ग १२ घण्टापछि खुल्यो

इलाम। पहिरो खसेर मङ्गलबार बेलुकादेखि अवरुद्ध बनेको मेची राजमार्गको कोल्बुुङ सडक खण्डमा एक तर्फी रूपमा यातायात सञ्चालनमा आएको छ ।   मेची राजमार्ग चौ...

युवतीको आत्महत्या दुरुत्साहन आरोपमा प्रेमी पक्राउ

बिर्तामोड। प्रेमजालमा पारी पटक–पटक यौन शोषण तथा मानसिक दबाब दिएको आरोपमा एक युवतीले आत्महत्या गरेपछि उनका प्रेमी भनिने रविन प्रधानलाई प्रहरीले पक्राउ ...

दुईसय पाँच केजी गाँजासहित धनकुटाबाट दुईजना पक्राउ

धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका–७, गर्जुवास्थित जङ्गलबाट दुई सय पाँच किलो लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ ...

सुनको मुल्य प्रतितोला १५ सय रुपैंयाँले घट्यो

काठमाडौँ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मङ्गबारको तुलनामा आज सुन तोलामा एक हजार ५०० ले घटेको छ भने चाँदी पाँचले घटेको छ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE