Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

पपुलिजमले देश बन्दैन, स्पष्ट योजनासहित आएका छौँ : सचिन तिमल्सिना

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेस का तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमल्सिनाले सस्तो लोकप्रियता (पपुलिजम) ले देश निर्माण नहुने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरू स्पष्ट वैचारिक धरातल र ठोस आर्थिक योजनासहित चुनावी मैदानमा उत्रिएको दाबी गरे।

तिमल्सिनाले विश्वभर फैलिएको पपुलिजमको प्रवृत्तिले जटिल विषयमा गहिरो बहस र संवाद हुनुपर्ने ठाउँमा ‘वन लाइन सोलुसन’ प्रस्तुत गरेर समाजलाई गुमराहमा राख्ने काम गरेको बताए। “पपुलिजमले सत्ता त प्राप्त गर्न सक्छ, तर त्यो देश निर्माणको प्रक्रियालाई कुनै विचारसँग जोड्दैन,” उनले भने, “देश बन्नुपर्थ्यो तर फलानोका कारण बनेन भन्ने भाष्य निर्माण गरेर दोषारोपणको राजनीति गरिन्छ। यसको सबैभन्दा ठूलो सिकारमध्ये एक बौद्धिक समुदाय हो।”

उनले कांग्रेसले युवाहरूलाई अवसर दिएको उल्लेख गर्दै आफू केवल ‘शक्ति’ प्राप्तिका लागि नभई ‘सेयर्ड एस्पायर्ड फ्युचर’ (साझा भविष्यको सपना) निर्माणका लागि आएको स्पष्ट पारे।

तिमल्सिनाले गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेताहरूको विचार तथा कांग्रेसको राजनीतिक विरासतले आफूलाई अगाडि बढ्ने आँट दिएको बताए।

बौद्धिक समुदायलाई मौन नबस्न आग्रह गर्दै उनले सामाजिक सञ्जालमा आलोचना आउँछ भन्ने डरले नेतृत्व पछि हट्न नहुने धारणा व्यक्त गरे।

उनका अनुसार विगतमा युवाहरूले उठाएका सुशासन र विश्वसनीयतासम्बन्धी प्रश्नलाई कांग्रेसले अस्वीकार नगरी आत्मसात गरेको छ। “हामीले जनभावनालाई आत्मसात गर्दै पार्टीलाई रूपान्तरण गरेका छौँ, त्यसका लागि ठूलो राजनीतिक जोखिम मोलेका छौँ,” उनले भने।

काठमाडौं–४ ले विगतमा देशकै अब्बल नीति निर्माता दिएको स्मरण गर्दै उनले आफू पनि उत्कृष्ट सांसदका रूपमा काम गरेर देखाउने प्रतिबद्धता जनाए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैचारिक निष्ठा र सङ्घर्षको कसीमा लेखनाथ न्यौपाने, गोरखा–२ मा पहिलो चुनावी परीक्षा

सुलीकोट। गोरखाको राजनीतिक भूमिमा तीन दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आएका लेखनाथ न्यौपाने अन्तत: पहिलो पटक जनमतको औपचारिक परीक्षामा उत्रिएक...

चितवनमा उन्नाइस जना उम्मेदवारले लिए बैंकको खाता खोल्ने सिफारिस

चितवन। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये १९ जनाले बैंक कारोबारका लागि निर्वाचन का...

नेपाललाई सुधार चाहिएको छ, अबको पाँच वर्ष खेर फाल्दैनौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेस का सभापति गगन थापाले नेपाललाई अहिले सबैभन्दा बढी सुधार आवश्यक रहेको बताएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्...

ठगी अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशमा पठाइदिने भन्दै ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ...

पशुपतिनाथ क्षेत्रमा भक्तजन र प्रहरीमाथि कुटपिट गर्ने युवा पक्राउ

काठमाडौँ । शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा भक्तजन र प्रहरीमाथि दुर्व्यवहार गर्ने युवालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर का...

झापामा ६२ उम्मेदवारले खोले निर्वाचन खाता

दमक। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले खाता खोलेर निर्वाचन आयोगलाई ज...

पपुलिजमले देश बन्दैन, स्पष्ट योजनासहित आएका छौँ : सचिन तिमल्सिना

काठमाडौं । नेपाली कांग्रेस का तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमल्सिनाले सस्तो लोकप्रियता (पपुलिजम) ले देश निर्माण नहुने ...

नेपाली कांग्रेसको निर्वाचन प्रतिज्ञा पत्र सर्वसम्मत पारित, आज जनकपुरमा सार्वजनिक गरिने

काठमाडौं। नेपाली कांग्रेसको आसन्न निर्वाचनका लागि तयार गरिएको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित भएको छ। बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमि...

मेची राजमार्ग १२ घण्टापछि खुल्यो

इलाम। पहिरो खसेर मङ्गलबार बेलुकादेखि अवरुद्ध बनेको मेची राजमार्गको कोल्बुुङ सडक खण्डमा एक तर्फी रूपमा यातायात सञ्चालनमा आएको छ ।   मेची राजमार्ग चौ...

युवतीको आत्महत्या दुरुत्साहन आरोपमा प्रेमी पक्राउ

बिर्तामोड। प्रेमजालमा पारी पटक–पटक यौन शोषण तथा मानसिक दबाब दिएको आरोपमा एक युवतीले आत्महत्या गरेपछि उनका प्रेमी भनिने रविन प्रधानलाई प्रहरीले पक्राउ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE