दमक। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले खाता खोलेर निर्वाचन आयोगलाई जानकारी गराउन थालेका छन् ।
झापामा ९० जना उम्मेदवारहरु रहेकोमा ६२ जनाले खाता खोलेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताए। निर्वाचन प्रयोजनका लागि उम्मेदवारहरुले अनिवार्य बैंक खाता खोल्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च बैंक वा वित्तीय संस्थामार्फत मात्र गर्नुपर्ने व्यवस्था रहेको छ ।
नेपालका अनुसार झापामा मंगलबारसम्मको रेकर्डअनुसार २८ जना उम्मेदवारले अझैसम्म छुट्टै निर्वाचन खाता खोलिसकेको छैनन् । नेपालको अनुसार झापा क्षेत्र नंं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका बरिष्ठ नेता बालेन्द्र साह, राप्रपा अध्यक्ष एवं झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजेन्द्र लिङ्देन, झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार निवर्तमान सभामुख देवराज घिमिरे र ईन्दिरा रानामगरलगायतले खाता खोलेको छन ।
निर्वाचन आयोगले खर्च पारदर्शी बनाउन र नगद कारोबार नियन्त्रण गर्न यस्तो प्रावधान अनिवार्य गरेकाले सबै उम्मेदवारहरुलाई बारम्बार खाता खोल्नका लागि आयोगले ताकेता गरेको नेपालले जनाए। केही साना राजनीतिक दलहरु र स्वतन्त्र उम्मेदवारहरुले खाता नखोलेको बताइएको छ ।
आचारसंहिताअनुसार उम्मेदवारले निर्वाचन खर्च गर्न बैंक वा वित्तीय संस्थामा अनिवार्य रूपमा छुट्टै खाता खोल्नु पर्नेछ । सम्पूर्ण चुनावी खर्च सोही खाताबाट मात्र गर्न पाइने व्यवस्था गरिएको छ । साथै, उम्मेदवारले आफ्नो तर्फबाट खर्च व्यवस्थापन गर्ने एकजना अख्तियार ब्यक्ति तोक्नुपर्नेछ ।
उक्त पदाधिकारीको नाम, ठेगाना र विवरण निर्वाचन अधिकृतको कार्यालय तथा सम्बन्धित निर्वाचन कार्यालयमा अनिवार्य रूपमा जानकारी गराउनुपर्नेछ । राजनीतिक दलका हकमा पनि समान व्यवस्था लागू हुने जनाइएको छ । दलले पनि निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च छुट्टै बैंक खातामार्फत गर्नुपर्नेछ । दलले तोकेको जिम्मेवार अख्तियार प्राप्त ब्यक्तिले मात्र उक्त खाताबाट खर्च गर्न पाउनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ५ गते, २०८३ - १७:३८
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...
बैशाख ५ गते, २०८३ - १७:११
धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...
बैशाख ५ गते, २०८३ - १६:४८
काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...
बैशाख ५ गते, २०८३ - १६:०५
कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ । शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...
बैशाख ५ गते, २०८३ - १५:३२
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् । झरही खोलाबाट रजहर तर...
बैशाख ५ गते, २०८३ - १५:२०
लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १४:५०
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा.शति...
बैशाख ५ गते, २०८३ - १४:३७
शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी


प्रतिकृया लेख्नुहोस्: