बिर्तामोड। प्रेमजालमा पारी पटक–पटक यौन शोषण तथा मानसिक दबाब दिएको आरोपमा एक युवतीले आत्महत्या गरेपछि उनका प्रेमी भनिने रविन प्रधानलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार मेचीनगर–१० धाईजन निवासी प्रधान र कचनकवल गाउँपालिका–३ की २१ वर्षीया अस्मिता देवानबीच अध्ययन–अध्यापनकै क्रममा प्रेम सम्बन्ध भएको थियो। सम्बन्धमा धोका पाएपछि देवानले विष सेवन गरी आत्महत्या गरेको बताइएको छ।
बिर्तामोडस्थित इन्द्रेणी क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत देवानले प्रेममा धोका पाएकै कारण गत मंसिर ७ गते विष सेवन गरेकी थिइन्। उपचारका क्रममा बीएण्डसी अस्पतालमा मंसिर ९ गते उनको मृत्यु भएको मृतककी सानीआमा कुमारी हेम्ब्या लिम्बुले जानकारी दिए।
आत्महत्याअघि लामो ‘सुसाइड नोट’ समेत फेला परेको र त्यसमा शारीरिक तथा मानसिक दबाबका कारण आत्महत्या गर्नुपरेको उल्लेख गरिएको प्रहरीले जनाएको छ।
आत्महत्या दुरुत्साहन मुद्दामा प्रधानलाई काठमाडौँबाट फागुन १ गते पक्राउ गरी झापा ल्याइएको र म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताउनुभयो। प्रधानको काठमाडौँस्थित अर्की युवतीसँगको सम्पर्क तथा उनी हराइरहेको विषयमा परेको उजुरीका आधारमा थप अर्को मुद्दामा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ६ गते, २०८२ - १३:४०
दमक। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले खाता खोलेर निर्वाचन आयोगलाई ज...
फाल्गुन ६ गते, २०८२ - १३:१७
काठमाडौं । नेपाली कांग्रेस का तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमल्सिनाले सस्तो लोकप्रियता (पपुलिजम) ले देश निर्माण नहुने ...
फाल्गुन ६ गते, २०८२ - १२:५५
काठमाडौं। नेपाली कांग्रेसको आसन्न निर्वाचनका लागि तयार गरिएको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित भएको छ। बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमि...
फाल्गुन ६ गते, २०८२ - १२:४६
इलाम। पहिरो खसेर मङ्गलबार बेलुकादेखि अवरुद्ध बनेको मेची राजमार्गको कोल्बुुङ सडक खण्डमा एक तर्फी रूपमा यातायात सञ्चालनमा आएको छ । मेची राजमार्ग चौ...
फाल्गुन ६ गते, २०८२ - ११:३३
बिर्तामोड। प्रेमजालमा पारी पटक–पटक यौन शोषण तथा मानसिक दबाब दिएको आरोपमा एक युवतीले आत्महत्या गरेपछि उनका प्रेमी भनिने रविन प्रधानलाई प्रहरीले पक्राउ ...
फाल्गुन ६ गते, २०८२ - ११:२४
धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका–७, गर्जुवास्थित जङ्गलबाट दुई सय पाँच किलो लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ ...
फाल्गुन ६ गते, २०८२ - ११:१४
काठमाडौँ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मङ्गबारको तुलनामा आज सुन तोलामा एक हजार ५०० ले घटेको छ भने चाँदी पाँचले घटेको छ ...
फाल्गुन ६ गते, २०८२ - १०:४७
सर्लाही। सर्लाहीमा कार्यालय प्रमुखहरुको बैठकले अत्यावश्यक कामबाहेक निर्वाचन अवधिभर कर्मचारीहरु बिदामा बस्न नपाउने निर्णय गरेको छ । मङ्गलबार बसेको ज...
फाल्गुन ६ गते, २०८२ - १०:३८
भैरहवा। लुम्बिनी प्रदेशमा दलित अधिकारसम्बन्धी विधेयक विषयगत समितिमा प्रवेश गरेको छ । दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाको स...
फाल्गुन ६ गते, २०८२ - १०:२९
बनेपा। अरनिको राजमार्गअन्तर्गत बनेपा बसपार्क नजिकै टिप्प्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपा तनावग्रस्त बनेको छ । बुधबार बिहान करिब ८:१५ बज...



प्रतिकृया लेख्नुहोस्: