गलकोट। केही वर्ष अघिसम्म काठेखोला गाउँपालिका–४, तङ्ग्रामका प्राय: घरमा रैथाने कालो सुँगुर पालिन्थ्यो । अधिकांश मानिसको आम्दानीको श्रोतमा यही कालो सुँगुर हुन्थ्यो । तर पछिल्लो समय भने यो अवस्था घट्दो क्रममा रहेको सुँगुरपालकको भनाइ छ ।
बढ्दो वैदेशिक रोजगार, आम्दानीको श्रोतमा विविधता, बसाइसराइ लगायतका विविध कारण तङ्ग्रामी रैथाने कालो सुँगुर पाल्नेको सङ्ख्या घटदैगएको हो । यही अवस्थाबिच स्थानीय नरबहादुर थापा र भुवनसिंह थापाले व्यावसायिक रूपमा सुँगुर पाल्न थालेको बताए। नरबहादुरले तङ्ग्राम ठुलो गाउँ र भुवनसिंह काफलबोट फार्म सञ्चालनमा ल्याएको छन् ।
नरबहादुर थापाले करिब १४ वर्ष वैदेशिक रोजगारमा बिताएको थिए । भुवनसिंहले १० वर्ष मलेसियामा बिताएको बताए। ‘विदेशमा पनि दु:ख गरियो, त्यसपछि स्वदेशमा नै फर्केर काम गर्न थालियो’ थापाले भने “अहिले ठुलो मुनाफा त होइन, आम्दानीको श्रोत राम्रै बनिरहेको छ।” उहाँले आफ्नो फर्ममा एक जनालाई रोजगार समेत दिएको छन् ।
बगलुङको काठेखोला गाउँपालिका–४, तङ्ग्रामका यी दुई व्यक्तिले गत वर्षदेखि व्यावसायिक रूपमा सुँगुर पाल्न थालेका हुन् । नरबहादुरको फार्ममा ३५ वटा सुँगुर रहेका छन् । भुवनसिंहको फार्ममा २५ वटा रैथाने सुँगुर छन् । लामो समयको वैदेशिक रोजगारबाट फर्केपश्चात व्यावसायिक रूपमा रैथाने कालो सुँगुर पाल्न थाल्नुभएको उनीहरूको भनाइ छ ।
थापाले लोप हुने अवस्थामा कालो रैथाने सुँगुर पुगेकाले संरक्षण थालेको बताए । ‘केही वर्ष अघिसम्म प्राय: घरमा कालो सुँगुर पालिन्थ्यो, पछिल्लो समय त्यो अवस्था घट्दो छ’ सिंहले भने, “त्यही कारण सुँगुर पाल्न थालेको हुँ ।”
मासुका लागि पालिएको रैथाने कालो सुँगुरको खपत गाउँमा नै हुनेगरेको छ । माग बमोजिम पुर्याउन नसकिएको उहाँहरूको भनाइ छ । आफ्नै देशमा आफ्नै कामको मालिक बन्न पाउँदा खुसी लागेको सिंहले बताए। नरबहादुरले आफ्नै देशमा आफ्नै कामको मालिक बन्न पाएकोमा उनले खुसी व्यक्त गरे।
‘सरकारले दिने अनुदानप्रति खासै विश्वास नभएको र सरकारले दिने अनुदान प्रभावकारी नभएको उनीहरूको भनाइ छ । ‘सरकारले दिने अनुदानका कार्यक्रम झन्झिटिलो छ, मेरो फार्मका लागि डेढलाख खर्च भयो । तर मैले जम्मा ३० हजार रुपियाँ पाएँ’ उनले भने।
सुँगुरपालनबाट राम्रो आम्दानी भइरहेको उहाँहरूले तर्क गरे। नरबहादुरले कुखुरा, किराना पसल पनि सञ्चालन गर्दै आएको छन् । भुवन सिंहले पनि किराना पसल सञ्चालन गर्दै आएको छन् । रैथाने कालो सुँगुरको माग धेरै भएकाले त्यस व्यवसायमा लागेको उहाँहरूको भनाइ छ । यहाँ उत्पादित सुँगुर गाउँमा नै पुर्याउन हम्मे रहेको उहाँहरूले बताए। यसको उत्पादन वृद्धि र बजारीकरणका लागि स्थानीय सरकारले सहयोग गर्न सकेको खण्डमा आम्दानीको श्रोत वृद्धि हुने थापाले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - १५:५२
काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त संस्थाबाट पीडित नागरिकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै...
श्रावण १७ गते, २०८३ - १४:०८
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...
श्रावण १७ गते, २०८३ - १३:५०
बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...
श्रावण १७ गते, २०८३ - १३:१६
काठमाडौं । अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न ल्याइएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि स...
श्रावण १७ गते, २०८३ - १२:५२
राजविराज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाबीच सप्तरीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न विभिन...
श्रावण १७ गते, २०८३ - १२:३८
काठमाडौँ। मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था...
श्रावण १७ गते, २०८३ - १२:२७
तनहुँ । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन सुरु गरेको छ। सहायक...
श्रावण १७ गते, २०८३ - १२:१७
सप्तरी। सप्तरीमा आम नागरिकहरूको दैनिक अत्यावश्यक कामलाई मध्यनजर गर्दै सप्तरीको राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्युमा केही खुकुलो ...
श्रावण १७ गते, २०८३ - ११:५२
काठमाडौं । पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहितका दिवंगत आरोही...
श्रावण १७ गते, २०८३ - ११:४१
काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी ...



प्रतिकृया लेख्नुहोस्: