Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

प्रचण्डको आह्वान : राष्ट्रिय एकता कायम गरी निर्धारित मितिमै निर्वाचनमा जाऔं

ओलीले अहङ्कार देखाए पनि कार्की सरकार ओलीकै सिफारिसमा बनेको हो

खबरडबली संवाददाता

महोत्तरी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर सङ्कटको अवस्थामा पुगेको भन्दै राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन्। बुधबार महोत्तरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान संकटको समाधान राष्ट्रका सबै शक्तिबीचको सहमति, समझदारी र एकताबाट मात्र सम्भव हुने स्पष्ट पारे।

“देशभित्रका सम्पूर्ण वामपन्थी र कम्युनिस्टहरूबीच एकता आवश्यक छ। शान्ति सम्झौता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, पहिचान र अधिकारको पक्षमा एकजुट भएका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आम जनता एक हुनुको विकल्प छैन,” प्रचण्डले भने।

उनका अनुसार अन्तरिम सरकार अहिलेको जटिल परिस्थितिमा गठन भएको हो, जसले आगामी ६ महिनापछि निर्वाचन गर्ने घोषणा गरिसकेको छ। “हामीले कुनै हिचकिचाहट र दुविधा नराखी राष्ट्र एकजुट भई निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्ने देखिएको छ। संविधान संशोधनमार्फत युवाहरूको माग सम्बोधन गर्दै जनताको असन्तोष हटाउनु आवश्यक छ,” उनले भने ।

प्रचण्डले प्रधानमन्त्री सुशील कार्कीको पहलमा भएको सर्वदलीय बैठकमा अधिकांश दलले निर्वाचनमा भाग लिन तयार रहेको जनाउँदै, सो प्रक्रियामा माओवादी केन्द्रले नेतृत्व गरेको दाबी गरे।

प्रचण्डले असोज २३ गते भएको जेनजी पुस्ताको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै तत्कालीन सरकारले प्रदर्शनकारीमाथि गरेको दमन नेपाली इतिहासमै कहिल्यै नबिर्सिने घटना भएको टिप्पणी गरे।

उनले भने, “सरकारलाई दमन नगर्न चेतावनी दिँदै हामीले आन्दोलन हुनु अघि नै युवाहरूका जायज मागप्रति समर्थन जनाएका थियौं। तर सरकार दमनमा उत्रियो। दर्जनौँ युवाहरू मारिए, घाइते भए। त्यसपछि हामीले हाम्रो अभियान रोकेर तुरुन्तै काठमाडौं आइ दमनको विरोधमा आकस्मिक बैठक बस्यौं।”

उनका अनुसार माओवादी केन्द्रले मृतकहरूलाई शहीद घोषणा गर्ने, श्रद्धाञ्जली अर्पण गर्ने र तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुपर्ने मागसहित पहिलो आधिकारिक वक्तव्य सार्वजनिक गरेको थियो। तर, ओलीले राजीनामा नदिएकै कारण देशमा २४ गते भयानक विध्वंस भएको प्रचण्डको आरोप थियो।

प्रचण्डले विध्वंसपछिको राज्यविहीनता जस्तो अवस्थामा पनि आफूले सबै राजनीतिक दल, राष्ट्रपति र प्रधानसेनापतिसँग संवाद कायम राख्दै देशलाई ठुलो दुर्घटनाबाट जोगाउन भूमिका खेलेको बताए। “असोज २६ गते राति ९ बजेदेखि साढे तीन बजेसम्म राष्ट्रपति भवनमै बसेर हामीले देशको राजनीतिलाई कसरी सहज बनाउने भन्ने विषयमा छलफल गर्‍यौं,” प्रचण्डले भने।

उनले वर्तमान अन्तरिम सरकार जेनजी युवाहरूको मागअनुसार गठन गरिएको र माओवादी केन्द्रले त्यसलाई वैधानिकता दिन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। “ओलीले अहङ्कार देखाए पनि कार्की सरकार ओलीकै सिफारिसमा बनेको हो, त्यसैले यो सरकार वैधानिक हो भन्ने सन्देश जनतासमक्ष पुर्‍याउनु हाम्रो जिम्मेवारी हो,” उनले जोड दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दियो : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबार फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेको छिन् । उनले आ...

बाँकेमा १७४ जना नयाँ कुष्ठरोगी भेटिए

नेपालगन्ज। बाँकेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आइएनएफ नेपाल बाँकेद्वारा जानकी ३ मा सञ्चालित साइनिङ अस्पतालमा आर...

महिला तथा बालबालिका मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र  पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...

च्यासलमा महाधिवेशन लक्षित एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending