महोत्तरी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर सङ्कटको अवस्थामा पुगेको भन्दै राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन्। बुधबार महोत्तरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान संकटको समाधान राष्ट्रका सबै शक्तिबीचको सहमति, समझदारी र एकताबाट मात्र सम्भव हुने स्पष्ट पारे।
“देशभित्रका सम्पूर्ण वामपन्थी र कम्युनिस्टहरूबीच एकता आवश्यक छ। शान्ति सम्झौता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, पहिचान र अधिकारको पक्षमा एकजुट भएका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आम जनता एक हुनुको विकल्प छैन,” प्रचण्डले भने।
उनका अनुसार अन्तरिम सरकार अहिलेको जटिल परिस्थितिमा गठन भएको हो, जसले आगामी ६ महिनापछि निर्वाचन गर्ने घोषणा गरिसकेको छ। “हामीले कुनै हिचकिचाहट र दुविधा नराखी राष्ट्र एकजुट भई निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्ने देखिएको छ। संविधान संशोधनमार्फत युवाहरूको माग सम्बोधन गर्दै जनताको असन्तोष हटाउनु आवश्यक छ,” उनले भने ।
प्रचण्डले प्रधानमन्त्री सुशील कार्कीको पहलमा भएको सर्वदलीय बैठकमा अधिकांश दलले निर्वाचनमा भाग लिन तयार रहेको जनाउँदै, सो प्रक्रियामा माओवादी केन्द्रले नेतृत्व गरेको दाबी गरे।
प्रचण्डले असोज २३ गते भएको जेनजी पुस्ताको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै तत्कालीन सरकारले प्रदर्शनकारीमाथि गरेको दमन नेपाली इतिहासमै कहिल्यै नबिर्सिने घटना भएको टिप्पणी गरे।
उनले भने, “सरकारलाई दमन नगर्न चेतावनी दिँदै हामीले आन्दोलन हुनु अघि नै युवाहरूका जायज मागप्रति समर्थन जनाएका थियौं। तर सरकार दमनमा उत्रियो। दर्जनौँ युवाहरू मारिए, घाइते भए। त्यसपछि हामीले हाम्रो अभियान रोकेर तुरुन्तै काठमाडौं आइ दमनको विरोधमा आकस्मिक बैठक बस्यौं।”
उनका अनुसार माओवादी केन्द्रले मृतकहरूलाई शहीद घोषणा गर्ने, श्रद्धाञ्जली अर्पण गर्ने र तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुपर्ने मागसहित पहिलो आधिकारिक वक्तव्य सार्वजनिक गरेको थियो। तर, ओलीले राजीनामा नदिएकै कारण देशमा २४ गते भयानक विध्वंस भएको प्रचण्डको आरोप थियो।
प्रचण्डले विध्वंसपछिको राज्यविहीनता जस्तो अवस्थामा पनि आफूले सबै राजनीतिक दल, राष्ट्रपति र प्रधानसेनापतिसँग संवाद कायम राख्दै देशलाई ठुलो दुर्घटनाबाट जोगाउन भूमिका खेलेको बताए। “असोज २६ गते राति ९ बजेदेखि साढे तीन बजेसम्म राष्ट्रपति भवनमै बसेर हामीले देशको राजनीतिलाई कसरी सहज बनाउने भन्ने विषयमा छलफल गर्यौं,” प्रचण्डले भने।
उनले वर्तमान अन्तरिम सरकार जेनजी युवाहरूको मागअनुसार गठन गरिएको र माओवादी केन्द्रले त्यसलाई वैधानिकता दिन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। “ओलीले अहङ्कार देखाए पनि कार्की सरकार ओलीकै सिफारिसमा बनेको हो, त्यसैले यो सरकार वैधानिक हो भन्ने सन्देश जनतासमक्ष पुर्याउनु हाम्रो जिम्मेवारी हो,” उनले जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १२:३५
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नेता वर्षमान पुनलाई प्रतिनिधिका रूपमा पठाउने भ...
आषाढ़ ६ गते, २०८३ - १२:११
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ। बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने भएको छ। दलका प्रमुख स...
आषाढ़ ६ गते, २०८३ - ११:४०
उदयपुर। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। बा।२ ख ६४३८ नम्बरको बस आज बिहान करिब ९ बजे उदयपु...
आषाढ़ ६ गते, २०८३ - ११:२४
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारी समेटिएको भिडियो सार्वजनिक गरेका छन्। बालेन्द्र शाहले...
आषाढ़ ६ गते, २०८३ - ११:०२
लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाबासीलाई ५० युनिट विद्युत नि:शुल्क दिने घोषणा गरेको छ । गाउँपालिकाले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक...
आषाढ़ ५ गते, २०८३ - १७:४२
काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...
आषाढ़ ५ गते, २०८३ - १७:२८
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ...
आषाढ़ ५ गते, २०८३ - १७:१५
काठमाडौंँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको ...
आषाढ़ ५ गते, २०८३ - १६:५८
बिर्तामोड। झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासह...
आषाढ़ ५ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को सिफारिस गैरसंवैधानिक रहेको बताएका ...



प्रतिकृया लेख्नुहोस्: