काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी (GenZ) पुस्तालाई माओवादीसँग मिलेर आगामी चुनाव लड्न आग्रह गरेका छन्।
महोत्तरीको रामगोपालपुरमा आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै उनले भने, “अब जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ र मात्रै जेनजीका माग पूरा हुन सक्छन्। अरू कसैले जेनजीका माग पूरा गर्दैनन्।”
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रका एजेन्डा माओवादीले विगतदेखि नै उठाउँदै आएको स्मरण गर्दै ती मुद्दा विरोध गर्नेहरूले जेनजीको भावना बुझ्न नसक्ने बताए।
“जो प्रत्यक्ष निर्वाचित कार्यकारी र समावेशी लोकतन्त्रका विरोधमा छन्, उनीहरूले जेनजीको भावना बुझ्न सक्दैनन्,” उनले भने।
प्रचण्डले जेनजीलाई आफ्नो “मित्र र बैरी” चिन्न आग्रह गर्दै भने, “आफ्ना अभिभावक र मित्रलाई दुस्मनजस्तो, दुस्मनलाई मित्रजस्तो ठान्ने हो भने त्योभन्दा ठूलो दुर्भाग्य देशका लागि केही हुन सक्दैन।”
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा युवाहरू माओवादी प्रवेश गरेका थिए। प्रचण्डका अनुसार, “खादा लगाइँदिँदा थाक्ने गरी” पार्टी प्रवेश भएको र तीमध्ये करिब ६० प्रतिशत जेनजी पुस्ताका रहेका छन्।
उनले जनयुद्ध र जनआन्दोलनको समयलाई सम्झँदै भने, “हामी पनि जेनजी नै थियौं। आज मधेशमा पनि सयौँको संख्यामा जेनजी आन्दोलनपछि पहिलोचोटि यति ठूलो सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्, र उनीहरूले माओवादी केन्द्र रोजेका छन्।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: