काठमाडौं । गत वर्षको बाढीपहिरोले थला पारेको बीपी राजमार्ग अहिले पुनः चलायमान बन्दै गएको छ। असोज २४ गते नयाँ डाइभर्सन बनेपछि यातायात आवागमन केही सहज भएको छ।
यद्यपि बाटो अझै स्थायी रूपमा मर्मत भएको छैन । कच्ची सडकमा यात्रा गर्दा धुलो र हिलोका कारण कठिनाइ कायम नै छ । तर, साना–ठूला सबै प्रकारका सवारी साधन चल्न थालेपछि स्थानीय र यात्रुहरू केही राहत महसुस गरिरहेका छन्।
बीपी राजमार्गको विभिन्न खण्ड गत वर्षकाे असोज ११ र १२ गते परेकाे अविरल वर्षासँगै आएको बाढी र पहिरोले क्षतिग्रस्त बनाएको थियो । त्यसपछि अस्थायी रूपमा डाइभर्सनमार्फत सवारी सञ्चालनमा ल्याइएको थियो।
तर यस वर्ष पनि पुनः असोज १७ र १८ गतेको बाढीले ती डाइभर्सनसमेत बगाएपछि राजमार्ग फेरि अवरुद्ध भएको थियो। लगातारको अवरोधपछि सम्बन्धित निकायले तेस्रो पटक डाइभर्सन निर्माण गरेर असोज २४ गते अपराह्नदेखि सवारी सञ्चालन पुनः सुचारु गरेको हो।
स्थानीयवासीका अनुसार, अहिले सडकमा ट्राफिक चल्न थाले पनि ठूला गाडीहरूको आवागमनले धुलो र ट्राफिक जामको समस्या बढेको छ। यात्रुहरू भने अस्थायी सहजतामाथि पनि सन्तुष्ट देखिन्छन्।
“कम्तीमा अहिले गाडी चल्न थालेका छन्, यही पनि राहत हो,” एक स्थानीयले भने, “तर स्थायी मर्मत नभएसम्म जोखिम त रहन्छ।”
राजमार्ग पुनर्निर्माणको स्थायी योजना अझै तयार नभए पनि सडक विभागले स्थायी पुल र पक्की सडकका काम द्रुतगतिमा अघि बढाउने जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...
मंसिर २८ गते, २०८२ - १०:२६
काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । कांग्रेसका तर्फबाट क...
मंसिर २७ गते, २०८२ - १०:२९
मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु
मंसिर २७ गते, २०८२ - ०९:५५
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...
मंसिर २७ गते, २०८२ - ०९:३०
मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...
मंसिर २७ गते, २०८२ - ०९:१०
एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...




प्रतिकृया लेख्नुहोस्: