Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

‘शहीदहरूको रगत नबिर्स’ भन्दै माइतीघरमा प्रदर्शन, जेनजी समूहहरूलाई एकताबद्ध हुन आह्वान

खबरडबली संवाददाता

काठमाडौँ। जेनजी समूहहरूलाई एकताबद्ध हुन आह्वान गर्दै र शहीदहरूको बलिदान नबिर्सन आग्रह गर्दै माइतीघर मण्डलामा ‘जेन–जेड युनाइटेड’को ब्यानरमा प्रदर्शन गरिएको छ।

शुक्रबार गरिएको प्रदर्शनमा बालबालिका र शहीद परिवारका सदस्यहरू पनि सहभागी थिए। उनीहरूले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’, ‘शहीदहरूको रगत नबिर्स’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए।

प्रदर्शनस्थलमा राखिएको ब्यानरमा जेनजी आन्दोलनको भावना जोगाउन र शहीदहरूको सपना पूरा गर्न सबै एक हुनुपर्ने सन्देश लेखिएको थियो। ब्यानरमा भनिएको छ, “जेनजीको नाममा कसैले लुटपाट गर्दैछ, कसैले पार्टी खोल्दैछ, कसैले ब्रान्ड बनाउँदैछ, त्यसैले हामी एक हुनैपर्छ।”

प्रदर्शनकर्ताहरूले सरकारलाई पनि जेनजी आन्दोलनको भावना जोगाउन र सबै जेनजीहरूलाई एकजुट गराउन सहयोग गर्न आग्रह गरेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय समस्या समाधानपछि मात्र निर्वाचन उपयुक्त - पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचन प्रक्रियातर्फ जानुपर्ने धारणा व्यक्त गरेका छन्। ...

धनगढीमा पुगेर रवि लामिछाने भने : बेथिति र बेरोजगारीको ‘सटर’ एकैपटक बन्द गर्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बेथिति र बेरोजगारी अन्त्य गर्ने उद्देश्यसहित आफ्नो पार्टी राजनीतिमा आएको बताए...

भोजपुरमा सेना बोकेको बस दुर्घटना, २४ घाइते

काठमाडौं । भोजपुर नगरपालिका–३ स्थित सेतीबगरमा नेपाली सेना बोकेको बस दुर्घटनामा परेको छ। आगामी २१ फागुनमा टेम्केमैयुङ गाउँपालिका मा हुने निर्वाचनका ...

दुई वर्षमा बन्ने बाटो रास्वपाले डेढ वर्षमै बनाउँछ : बालेन शाह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले दुई वर्षमा सम्पन्न हुने योजना डेढ वर्षमै पूरा गर्ने आफ्नो एजेन्ड...

बेनीघाट-आरुघाट-लार्के सडक चार दिन बन्द हुने

सुलीकोट । गोरखाको बेनीघाट – आरुघाट – लार्के सडकखण्ड अन्र्तगत धार्चे गाउँपालिका – ७ मा पर्ने न्याउनी खोला पुल चार दिनको लागि बन्द हुने भएको छ । उत्तरी ...

वैचारिक निष्ठा र सङ्घर्षको कसीमा लेखनाथ न्यौपाने, गोरखा–२ मा पहिलो चुनावी परीक्षा

सुलीकोट। गोरखाको राजनीतिक भूमिमा तीन दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आएका लेखनाथ न्यौपाने अन्तत: पहिलो पटक जनमतको औपचारिक परीक्षामा उत्रिएक...

चितवनमा उन्नाइस जना उम्मेदवारले लिए बैंकको खाता खोल्ने सिफारिस

चितवन। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये १९ जनाले बैंक कारोबारका लागि निर्वाचन का...

नेपाललाई सुधार चाहिएको छ, अबको पाँच वर्ष खेर फाल्दैनौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेस का सभापति गगन थापाले नेपाललाई अहिले सबैभन्दा बढी सुधार आवश्यक रहेको बताएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्...

ठगी अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशमा पठाइदिने भन्दै ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ...

पशुपतिनाथ क्षेत्रमा भक्तजन र प्रहरीमाथि कुटपिट गर्ने युवा पक्राउ

काठमाडौँ । शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा भक्तजन र प्रहरीमाथि दुर्व्यवहार गर्ने युवालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर का...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE