Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

एक वर्षमा ३८ किलोमिटर सडक कालोपत्रे

खबरडबली संवाददाता

गुल्मी। गुल्मीमा एक वर्षमा ३८ किलोमिटर सडक कालोपत्रे भएको छ । आर्थिक वर्ष २०८१–८२ मा सडक पूर्वाधार विकास कार्यालय गुल्मीले कुल ३८ किलोमिटर सडक कालोपत्रे गरेको हो । त्यस्तै १६।५६ किलोमिटर सडक ग्राभेल  र ५.३ किलोमिटर सडक ढलान भएको कार्यालयले जनाएको छ ।

गत वर्ष १३.३२ किलोमिटर कच्ची सडक निर्माण सम्पन्न भएको छ । जिल्ला समन्वय समिति गुल्मीको वार्षिक समिक्षा प्रगति प्रतिवेदनका अनुसार सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना कार्यालय अर्घाखाँची मार्फत गुल्मीमा ८.३ किलोमिटर सडक कालोपत्रे भएको छ । ६ किलोमिटर सडक चौडा गर्ने काम भएको छ । कार्यालयले १६ वटा कल्भर्ट र अन्य संरचना निर्माण गरेको जनाएको छ ।

यस क्रममा १४.५९३ घनमिटर ग्याभिङ र मेसिनरी वाल निर्माण भएको जिल्ला समन्वय समिति गुल्मीको सूचना अधिकारी सृजना मिश्रले जानकारी दिए । सडक डिभिजन पाल्पा, तानसेनले गुल्मीमा ७.४७९ किलोमिटर सडक कालोपत्रे र ७.।७७३ किलोमिटर सडक ढलान सडक गरेको जनाएको छ ।

कार्यालयले दुई वटा पुल निर्माण सम्पन्न गरेको मिश्रले बताए । त्यस्तै मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले ०.५ किलोमिटर सडक कालोपत्रे र चार वटा पुल निर्माण गरेको छ । सहरी विकास तथा भवन कार्यालय पाल्पाले ९.४५ किलोमिटर कालोपत्रे सडक, १.६२३ किलोमिटर ढलान सडक र ६५७ मिटर कच्ची सडक निर्माण गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, तोलाको कति छ ?

काठमाडौँ । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदीको मोल भने रु...

एसइई नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट सार्वजनिक हुने

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १० परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा एसएमएस, आईभीआर तथा वेबसाइट...

हिल्सा नाकाबाट चिनियाँ मदिरा भित्रिन रोक्ने सहमति

हुम्ला। वर्षेनी ठुलो मात्रामा चीनको ताक्लाकोटबाट हिल्सा नाका हुँदै हुम्ला भित्रिने चिनियाँ मदिरा यस वर्ष नेपाल भित्रिन नदिने सहमति भएको छ । नेपाली सुर...

विधि मिच्ने स्वार्थ प्रेरित कार्यले निरंकुशताको संकेत दिन्छ : सपना प्रधान मल्ल

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...

नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...

कांग्रेसका क्रियाशील सदस्यले अन्य चुनाव चिन्हमा मतदान गर्नु अनुशासनविपरीत : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...

ताप्लेजुङमा बेमौसमी हिमपात

ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।  हिमाली जिल्ला ताप्लेजु...

छ लाख रुपियाँ अवैध भारुसहित दुई जना पक्राउ

नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...

गगन थापासँग कमलबहादुर शाहको प्रश्न: देउवालाई टिकट नदिनुको कारण के ?

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश

काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending