Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

सुनकोसी नदीमा बाध निर्माण सुस्त, भौतिक प्रगती ११ प्रतिशत मात्रै

खबरडबली संवाददाता

सिन्धुली। राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत सुनकोसी नदीमा बाध निर्माणको समय अबधि ६० प्रतिशत सकिँदा भौतिक प्रगती करिब ११ प्रतिशत मात्रै भएको छ ।  

निर्माण व्यवसायि पटेल–रमण जेभीले २०७९ साल पुस महिनामा (सन् २०२३, जनवरी १) सम्झौता गरी सुनकोसी नदीमा बाँध निर्माण सुरु गरेपनि हालसम्म भौतिक प्रगती करिब ११ प्रतिशत मात्रै भएको छ । उक्त जेभिले चार वर्ष सात महिनामा सक्ने गरी सम्झौता गरी काम सुरु गरेको भए पनि अहिले बाँध निर्माण कार्य निकै सुस्त रहेको आयोजनाले जनाएको छ ।

आयोजनाका सिनियर डिभिजन ईन्जिनियर तथा सूचना अधिकारी असोक गौतमका अनुसार बाँध निर्माणको समय अवधि ६० प्रतिशतभन्दा बढि सकिँदा भौतिक प्रगती पनि यतिखेर ४० प्रतिशत माथि नै हुनु पर्दथ्यो । निर्माण व्यवसायिले सम्झौता अनुसार काम गर्न नसकेपछि सम्झौता बमोजिम वैकल्पिक व्यवस्था गर्ने विषयमा विभाग र मन्त्रालयमा बिगतदेखि नै छलफल हुँदै आएको छ ।

उक्त आयोजनाअन्तर्गत सुनकोसी तथा तामाकोसीको दोभानभन्दा नौ सय मिटर तल सिन्धुलीको सुनकोसी गाँउपालिका–७ कानढुंग्रीमा सुनकोसी नदीमा बाध निर्माण भई रहेको आयोजनाले जनाएको छ ।

‘‘सुनकोसी नदीमा करिब ३० मिटर आग्लो र १५८ मिटर लम्बाईको बाँध निर्माण गर्न पहिलो चरणको काम अन्तर्गत रामेछाप जिल्लातर्फ कपर ड्याम (अस्थायी बाध) निर्माण गरी पानी तर्काएर बाँधको स्थायी संरचना अलिअलि निर्माण हुदै आएको छ,’’ उनले भने, ‘‘हालसम्म भएको उक्त प्रगती पनि अस्थायी र स्थायी कामको प्रगती हो ।’’ उक्त आयोजनाको यस अघि बनेका सरकारको विभागिय मन्त्रीबाट पटक–पटक स्थलगत निरीक्षण गरी बाँध निर्माणको कार्यलाई तीव्र बनाउन निर्देशन हुदै आए पनि निर्वाण व्यवसायीले कामको गति बढाउन नसकि रहेको छैन ।

बाँध निर्माणको काम चित्त बुभ्mदो नभएपछि सरकार उक्त निर्माण व्यवसायिसँगको ठेक्का तोड्ने प्रकृयामा पुगेको पनि आयोजनाले जनाएको छ । उक्त व्यवसायी कम्पनिले बाध निर्माणका लागि लागि १४ अर्ब सात करोड ५९ लाख रुपियाँ लागतमा ठेक्का सम्झौता गरेको छ । आयोजनाअन्तर्गत कुसुमटारबाट १३ दशमलव तीन किलो मिटर लम्बाईको सुरुङ्मार्ग टनेल बोरिङ मेशिन(टिविएम)बाट निर्माण गरी २०८१ वैशाखमा ‘ब्रेक थ्रु’ भई सकेको सकेको छ । उक्त पाँच दशमलव पाँच डायमिटरको सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इसिन्जनियरिङ (कोभेक)ले करिब ११ अर्ब रुपियाँमा ठेक्का लिएको थियो ।

सुनकोेसी नदीमा बाध निर्माण भएपछि १३ दशमलव तीन किलो मिटर लम्बाईको सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कुसुमटार स्थित मरिण खोलामा खसालीने छ ।  त्यहाँ ६६ दशमलव २९ मिटर हेटडबाट पानी झारेर ३१ दशमलव ०७ मेघावाट विद्युत उत्पादन गरिने छ । आयोजनाको लागत सुरुमा करिब ४६ अर्ब रुपियाँ रहेकोमा पछिल्लो अपडेट हुँदा ४९ अर्ब ४२ करोड रुपियाँ पुगेको आयोजना प्रमुख कार्कीले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष ०७७/०७८ बाट सुरु भएको आयोजना ०८४/०८५ सम्ममा सक्ने लक्ष्य रहेको छ ।

आयोजना अनुसार पहिलो चरणको कामअन्तर्गत सुरुङ निर्माण रहेको छ । दोस्रो चरणको कामअन्तर्गत बाँध, पावर हाउस, पानी फर्काउने ईन्टेक लगायतका संरचना निर्माण रहेको छ । तेस्रो चरणको काम विद्युत गृहभित्र विद्युत उत्पादन गर्नुपर्ने संरचना बनाउनु पर्ने छ । चौथो चरणमा उत्पादन भएको विद्युत सर्लाहीको नबलपुर पुर्‍याई राष्ट्रिय प्रसारण लाईनमा जोड्नु पर्ने रहेको छ ।

बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने रहेको आयोजनाले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द...

सहरमा कोदोको माग बढ्दै

बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम ...

रास्वपाको समानुपातिक उम्मेदवारका आकांक्षीका लागि प्रारम्भिक मतदान सुरु

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...

करिब पाँच करोड हुन्डी कारोबारको आरोपमा बाँकेमा एक जना पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...

तीन महिनाअघि कटान भएको सडक अझै बनेन

सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् ।  भीषण वर्ष...

रास्वपासँग सहमति गर्नुअघि बालेन र कुलमानबीच भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...

रौतहटमा मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु, छ जना घाइते

रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending