Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

काभ्रेका विपद्पीडितलाई अनुदान उपलब्ध गराउन ढिलाइ

फाइल फोटो
खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । स्थानीय तहले आलटाल गर्दा १३ महिनाअघिका बाढीपहिरो पीडितलाई प्रदान गरिने अनुदानका लागि रकम वितरण गर्न ढिलाइ भएको छ । सोहीकारण पीडितका लागि अस्थायी आवास निर्माण गर्न सरकारले प्रदान गरेको अनुदान वितरणमा अन्यौलता भइरहेको हो । 

बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा ठूलो जनधनको क्षति पुगेको एक वर्ष नाघिसक्दा पनि स्थानीय तहको बेवास्ताले हालसम्म नागरिकले अस्थायी आवास निर्माणका लागि सरकारले प्रदान गरेको रकम लिन सकेका छैनन् । 

हाल बाढीपहिरोबाट पीडित परिवारका लागि दोस्रो किस्ताको रकम जिल्ला प्रशासन कार्यालयको खातामा थन्किएर बसेको छ । हालसम्म जिल्लाका १३ स्थानीय तहमध्ये रोशी र बेथानचोक गाउँपालिकाका पीडितले मात्रै दोस्रो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लास्थित विपद् कोषमा गत वर्षको बाढीपहिरोबाट क्षति भएका पीडित परिवारका लागि अस्थायी आवास निर्माण गर्न दोस्रो किस्ताबापतको रकम प्राप्त भए पनि स्थानीय तहबाट माग नभएकाले उक्त रकम खर्च हुन नसकेको कार्यालयले जनाएको छ । कार्यालयले यसअघि जिल्लाको १३ स्थानीय तहका तीन हजार १२८ पीडित परिवारका लागि पहिलो किस्ताबापत प्रतिपरिवार रु २५ हजार उपलब्ध गराइसकेको छ । कार्यालयलाई सरकारले पहिलो किस्ताबापत रु सात करोड ७९ लाख २५ हजार निकासा गरेको थियो । 

कार्यालयका लेखापाल नरहरिनाथ खनालका अनुसार १३ मध्ये हालसम्म माग भएअनुसार दुई तहका ६५७ परिवारलाई दोस्रो किस्ता पठाइएको बताए । रोशी गाउँपालिकामा ४६१ परिवारका लागि रु २५ हजारका दरले रु एक करोड १५ लाख २५ हजार र बेथानचोकका १९६ परिवारका लागि रु ४९ लाख गरी कुल रु एक करोड ६४ लाख २५ हजार दोस्रो किस्ताको रकम उपलब्ध गराइएको उनले जानकारी दिए । उनका अनुसार पाँचखाल नगरपालिकाबाट दोस्रो किस्ताबापतको रकम माग भएकाले अनुदान रकम पठाउने प्रक्रिया भइरहेको छ । 

“स्थानीय तहबाट आवश्यक कागजात पुर्‍याएर माग भएको खण्डमा तत्कालै अनुदान पठाउने प्रक्रिया हुल्छ”, प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भने । उनका अनुसार हाल प्रशासनको विपद् व्यवस्थापन कोषमा रु तीन करोड ३० लाख छ । केही स्थानीय तहबाट दोस्रो किस्ताका लागि समयमै कागजात नआउँदा रकम माग गर्न ढिला भएको जनाएका छन् । 

पनौती नगरप्रमुख रामशरण भण्डारीले पीडितबाट आउनुपर्ने ‘डकुमेन्ट’ समयमै नआउँदा ढिलाइ भएको बताए । सरकारले पहिलो किस्तामा रु २५ हजार र दोस्रो किस्तामा रु २५ हजार गरी प्रतिघरपरिवार अस्थायी आवास निर्माणार्थ रु ५० हजार उपलब्ध गराउने गरी कार्यविधि तयार गरेको थियो । पहिलो किस्ताबापतको अनुदान पाउनेमा धुलिखेल नगरमा ९०, बनेपामा ४१, पनौतीमा ६३४, पाँचखालमा ८८, मण्डनदेउपुरमा १३३ र नमोबुद्धमा ८८४ परिवार रहेका छन् । 

यस्तै चौँरीदेउराली गाउँपालिकामा २८०, खानीखोलामा ५३, रोशीमा ५४८, भुम्लुमा ४०, तेमालका १४१, बेथानचोकमा २३९ र खानीखोलामा ५३ पीडितपरिवार रहेका छन् । उक्त बाढीपहिरोबाट काभ्रेपलाञ्चोकका ८१ जनाले ज्यान गुमाएका थिए । छ जना अझै बेपत्तामा सूचीकृत गरिएको छभने एक सयको हाराहारीमा घाइते भएका थिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending