Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सिँचाइले ल्याएको हरियाली- कृषीखेतीबाट युवालाई आत्मनिर्भर बनाउँदै ‘चखेल’ गाउँ

खबरडबली संवाददाता

मकवानपुर । विदेशमा पसिना बगाएर मात्र जीवन बदलिन्छ भन्ने भ्रमलाई चिर्दै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ चखेलका किसानले बारीमा पसिना बगाए पनि भविष्य उज्यालो हुन्छ देखाएका छन् । त्यही बारीले गाउँका युवालाई इन्जिनियर, नर्स, कृषिविज्ञ, प्राविधिक र आत्मनिर्भर नागरिकमा रूपान्तरण गरिरहेको छ ।

पहाडी भूभागका खेतबारी बाँझिन थालेको नेपालमा चखेलले भने माटोसँगको आत्मीयता पुनर्जीवित गरेको छ । काठमाडौं उपत्यकाबाट आधा घण्टाको दूरीमा अवस्थित यो सानो गाउँ बिहानैदेखि कोलाहलमय हुन्छ– कोही मुला उखेल्दै छन्, कोही काउली बोकेर बजार हिँड्दै त कोही बीउ छर्ने तयारी गर्दैछन् । जम्मा ३६ परिवारको मात्र बसोबास रहेको उक्त गाउँमा हरेक घरको आँगनमा हरियो बोटबिरुवा फस्टाएका छन् । त्यहाँका बालबालिकाले खेतीको अर्थ पढाइसँगै बुझेका छन् । उनीहरूले पसिनाबाट शिक्षा र सम्मान सम्भव हुन्छ भन्ने बुझेका छन् । विद्यालय बिदाका दिन साना बालबालिका पनि बारीमा भेटिनुले यसलाई पुष्टि गरेको छ ।

गाउँका किसानले गर्वका साथ भन्छन्, “हाम्रो बारीले कति इन्जिनियर पढायो, नर्स बनायो, विज्ञान पढ्ने धेरै छन्, त्यसैले हाम्रो बारीले तरकारी होइन इन्जिनियर फलाउँछ ।”

त्यहाँका धेरैजसो घरका छोराछोरीले बारीको आम्दानीबाट प्राविधिक शिक्षा हासिल गरेका छन् । २९ वर्षीय सिभिल इन्जिनियर मिलन गुरुङ भन्छन्, “म काठमाडौँको कलेजमा पढ्थेँ, तर मेरो पढाइको शुल्क यही बारीको तरकारीले तिर्यो, अहिले जब म पुल र सडक डिजाइन गर्छु, म सोच्दछु– यो मेरो बारीको माटो र बुबाआमाको पसिनाले सम्भव गराएको हो ।”

गुरुङलाई यो बारी र माटोमा यति लगाब छ कि चाडपर्वमा घर आउँदा पनि उहाँलाई बारीमा काम गर्न मन पर्छ । उनले थपे, “हामीलाई यो बारीले आर्थिक रूपमा सक्षम बनाएको छ, त्यसैले म बिदा हुँदा घुम्नभन्दा पनि यहीँ माटोमा पसिना बगाउन घर आउने गर्छु ।”

गुरुङका अनुसार यस वर्ष मुलाको मूल्य राम्रो भएकाले आम्दानी पनि मनग्य भएको छ । काठमाडौंबाट छोटो दूरीमा रहेको यो गाउँ प्राकृतिक रूपमा अत्यन्तै मनोरम भए पनि यहाँका स्थानीयलाई पर्यटन व्यवसायभन्दा खेती गर्नमै आनन्द मिल्छ । उनको खेतबारीमात्र होइन, त्यो एउटा विद्यालय हो, जहाँ माटोले आत्मनिर्भरता सिकाउँछ र पसिनाले गर्वको अनुभव दिन्छ ।

मिलनमात्र होइन, गाउँका अन्य युवा अहिले नर्सिङ, कृषि विज्ञान, सिभिल इन्जिनियरिङ र कम्प्युटर प्राविधिकजस्ता विषय पढिरहेका छन् । कतिपय जागिरमा छन् । यसै कारण गाउँमा बाहिरबाट आउनेले भन्छन्, “यो त साँच्चै इन्जिनियर बनाउने बारी रहेछ ।” यही नामले गाउँको परिचयसमेत फेरिएको छ ।

स्थानीय बूढापाका भन्छन्, “पहिले बारी बाँझो हुन्थ्यो, अहिले बारी हराभरा छ।” ५९ वर्षीया बुद्धिमाया तामाङ चखेलकी जीवन्त उदाहरण हुन् । श्रीमान् बेपत्ता भएपछि उहाँका लागि बाँच्ने आधार एक टुक्रा बारी मात्र थियो । पहिले मकै लगाउनुहुन्थ्यो, जसले वर्षभरि खान पनि पुग्दैनथ्यो । तर अहिले त्यो बारीमा गोलभेँडा, काँक्रो, बन्दा र सिमी लहलहाउँछ ।

तामाङले भने “पहिले मकै बाली काटेर ज्याला गर्न जान्थेँ, अहिले तरकारी बेचेर महिनामा रु ३०–४० हजार कमाउँछु, छोराछोरी पढाइ सकेर अब आफ्नै बलमा अघि बढिरहेका छन् ।”

तामाङ विवाह गरेर आउँदा यो गाउँमा धेरै दुःख थियो । अन्नबालीले वर्ष नधान्ने कारण ज्याला मजदुरी गर्नुपर्ने बाध्यता थियो । तर समयसँगै खेती गर्ने तरिका फरक भएको र जीवन पनि बदलिएको उनको भनाइ छ ।

सुत्केरी हुँदासमेत खान धौधौ परेको सम्झँदै उले भने “हामीले नजानेर दुःख पाएका रहेछौँ, बाटो बन्यो । हामीले तरकारी रोप्न थाल्यौँ, अनि पसिना पनि त्यही बारीमा बगायौँ, अहिले दुःखबिमार हुँदा पनि रकम साथमा हुन्छ ।”

बारीले उनको छोराछोरी पढाउन र घर धान्न सजिलो भएको छ । हाल उनका दुई छोरी र एक छोराले कक्षा १२ पास गरिसकेका छन् । श्रीमान् बेपत्ता भएर समस्यामा परेको उनको परिवारलाई तरकारीखेतीले सहज बनाएको छ । काठमाडौं र हेटौँडासम्मको यातायात सहज हुँदा किसानले बिहानै तरकारी सङ्कलन गरेर बजार पठाउँछन् । उत्पादनको राम्रो मूल्य पाइँदा गाउँमा पुँजी पनि जम्मा हुनथालेको छ ।

सिँचाइले ल्याएको हरियाली

इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङ भन्नुहुन्छ, “हामीले सिँचाइलाई प्राथमिकता दियौँ, सामूहिक ट्याङ्की र पाइप प्रणाली बनायौँ, किसानलाई प्रविधि सिकायौँ, अहिले गाउँमा उत्पादनमा दोब्बर वृद्धि भएको छ ।”

स्थानीय सरकारको पहलमा सामूहिक सिँचाइ प्रणाली र प्रविधिमैत्री खेतीको अभ्यासले उत्पादनमा वृद्धि भएको अध्यक्ष तितुङले बताए । साथै, काठमाडौं र हेटौँडा बजारसम्म सहज यातायात पुगेकाले किसानले आफ्नो उत्पादन सजिलै बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन् । काठमाडौं उपत्यकाको सिमाना पार गरेपछि पुगिने यो ठाउँ पर्यटकका लागि गन्तव्य बनेको छ ।

चखेल गाउँ अहिले ‘सफा गाउँ, हरियो बारी’ अभियानमा जोडिएको अध्यक्ष तितुङ बताउँछन् । जैविक तरकारी उत्पादनका लागि रासायनिक मल र विषादीको प्रयोग घटाइएको उनले बताए । यसले गाउँको वातावरणीय सन्तुलन र स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको उनको भनाइ छ।

कृषि ज्ञान केन्द्रले चखेललाई ‘नमूना आधुनिक कृषि क्षेत्र’ बनाउने योजना अघि सारेको अध्यक्ष तितुङले बताए । उनका अनुसार यहाँका किसानलाई जैविक मल, कीट व्यवस्थापन र बजार समन्वयसम्बन्धी तालिम दिइँदैछ ।

पर्यटन र अध्ययनको केन्द्र बन्दै चखेल

मकवानपुरको हरियालीबीच बसेको चखेल अहिले कृषि पर्यटनका लागि पनि आकर्षण बनिरहेको छ । काठमाडौँ–हेटौँडा जोड्ने चन्द्रागिरि डाँडाबाट यसलाई नियाल्न सकिन्छ । यहाँ आउने पर्यटक केवल दृश्य हेर्नमात्र होइन, खेती गर्ने अनुभव लिन पनि आउँछन् । धेरै शैक्षिक संस्था अध्ययन भ्रमणका लागि चखेल पुग्छन् । विद्यार्थी खेतमा काम गर्दै सिक्छन् ।

विसं २०४० तिर सुरु भएको सरकारी कृषि विस्तार कार्यक्रमपछि त्यहाँको स्वरूप नै फेरिएको हो । किसानले सिँचाइ नहर बनाए, जैविक मल प्रयोग गर्न थाले र बारीलाई व्यवसायका रूपमा लिए । त्यसपछि गाउँको मुहार फेर्न धेरै समय लागेन । अहिले गाउँमा एउटा साझा अभियान चलिरहेको छ– ‘सफा गाउँ, हरियो बारी’ ।

हरेक घर अगाडि हरियो झ्याली, रासायनिक मलको सट्टा जैविक मल, बारीमा घ्यूको बत्ती बालेर पूजा गर्ने चलन र सामूहिक सरसफाइ कार्यक्रमले चखेलको पहिचान नै बदलेको छ । वातावरणीय सन्तुलन राम्रो भएपछि गाउँमा चराचुरुङ्गी पनि फिर्ता आएका छन् ।

इन्द्रसरोवर–५ उत्तरी मकवानपुरको काठमाडौं सिमानामा पर्छ । त्यहाँ नेवार र तामाङ समुदायको बसोबास प्रमुख छ भने क्षेत्री, ब्राह्मण, मगरहरू पनि एकआपसमा मिलेर बसेका छन् । त्यहाँको भालेश्वर महादेव मन्दिर र गुप्तेश्वर गुफा चर्चित तीर्थस्थल तथा पर्यटकस्थल हुन् । विसं २०७३ को सर्वेक्षणअनुसार वडाको जनसङ्ख्या तीन हजार ६९४ छ । स्थानीयको प्रमुख पेसा कृषि हो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending