Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

घुमघामको याममा मौसमको चुनौती

खबरडबली संवाददाता

गण्डकी । मुख्य पर्यटकीययाम चलिरहेका बेला हाल देशभर अचानक मौसममा बदली आएको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र वर्षा भइरहेको छ । गण्डकी प्रदेशका मुस्ताङ, मनाङ, कास्की, म्याग्दी, गोरखालगायत जिल्लामा पनि प्रतिकूल मौसमका कारण पर्यटकीय गतिविधि प्रभावित बनेको छ ।  

घुमघामको याममा पर्यटकलाई मौसमले चुनौती दिएको हो । सुरक्षित स्थानमा रहेका पर्यटक हिमपातमा रमाइरहेका भए पनि हिमाली भेगको पदयात्रामा निस्केका पर्यटकलाई भने गन्तव्यसम्म पुग्न सास्ती भएको छ । कतिपय ठाउँमा सुरक्षाकर्मी र स्थानीयवासीले हिउँ पन्छाउँदै पर्यटकलाई सुरक्षित स्थानमा पुर्‍याइरहेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविरमा पर्यटकको सहजीकरणको लागि जनपद र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । 

नौ जना अमेरिकी नागरिकसहित अन्नपूर्ण चक्रीय पदमार्गको यात्रामा रहेका पर्यटन पथप्रदर्शक दिवस गुरुङले वर्षा र हिमपातले पदयात्रामा कठिनाइ थपेको बताए । लमजुङको बेँसीसहर हुँदै मनाङ जान लागेको उक्त टोली बुधबार मनाङको सदरमुकाम चामे पुग्ने योजनामा छ । “मनाङमा पनि भारी वर्षा र हिमपात भइरहेकाले मौसम हेरेर मात्र हामी अगाडि बढ्छौँ”, उनले भने, “मौसमको प्रतिकूलताका कारण पदयात्राको अवधि केही लम्बिन सक्छ ।” मनाङ हुँदै थोरङ भन्ज्याङ पार गरेर मुस्ताङ, म्याग्दी हुँदै पोखरा फर्किने योजना रहको उनले सुनाए । 

खुलेको मौसममा हिमाल र डाँडाकाँडा हेर्दै पदयात्रा गर्न नपाए यात्रा खल्लो हुने पदयात्री पर्यटक बताउँछन् । शरद् ऋतुमा पनि अहिले आकाश धुम्म छ । झरी परिरहेको छ । हिमाल र पाखापखेरु बादलले ढाकिएका छन् । पदयात्रामा जाने तयारीमा रहेका कतिपय पर्यटकले मौसमकै कारण यात्रा रद्ध गरेका छन् । 

यो याममा स्वच्छ र शान्त वातावरणमा हिमाली र पहाडी भेगको सौन्दर्य नियाल्न आन्तरिक तथा बाह्य पर्यटकहरू अन्नपूर्ण संरक्षण क्षेत्रलगायत विभिन्न गन्तव्यस्थलको भ्रमणमा जाने गर्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा रवीन कडरियाले मौसम प्रतिकूल हुँदा पर्यटन क्षेत्र प्रभावित बनेको बताए । 

“तिहारलगत्तै मुस्ताङ, मनाङलगायत ठाउँमा पर्यटकको चहलपहल बढेको थियो, यहीबेला मौसम बिग्रिँदा पर्यटक आवागमन प्रभावित हुन पुगेको छ”, उनले भने, “हिमपात र वर्षाका कारण अन्नपूर्ण क्षेत्रमा पर्यटक अलपत्र वा कुनै समस्यामा परेको अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन, घुम्न नपाए पनि पर्यटकहरू सुरक्षित रूपमा होटलमा बसेका छन् ।”

मुख्य पर्यटकीय याममै मौसम प्रतिकूल हुँदा पर्यटकीय गतिविधि सुस्त हुने आयोजना प्रमुख डा कडरियाले बताए । कात्तिक पदयात्राका लागि उपयुक्त महिना भएकाले मौसम खुल्नासाथ पर्यटकीय चहलपहल पुनः बढ्ने उनको विश्वास छ । 

अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिन्छ । सडक मार्ग हुँदै पनि यस क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्न सकिन्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलमा साेमबारदेखिनै हलुका वर्षा र हिमपात सुरु भएको थियो । जल तथा मौसम विज्ञान विभागले मंगलबार ती जिल्ला भारी वर्षा भएको जनाएको छ । विभागका अनुसार मनाङको चामेमा पछिल्लो २४ घण्टामा ६४.४ मिलिमिटर र मुस्ताङको जोमसोममा ५१।२ मिलिमिटर वर्षा भएको छ । 

वर्षा र हिमपातका कारण जोखिम निम्तन सक्ने भन्दै मुस्ताङ, म्याग्दी, कास्कीलगायत जिल्लामा स्थानीय प्रशासनले जोखिमयुक्त ठाउँमा पदयात्रामा नजान आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय, कास्कीले आज सार्वजनिक सूचनामार्फत प्रतिकूल मौसमका कारण उत्पन्न हुने जोखिम र लेक लाग्न सक्ने समस्यालाई दृष्टिगत गरी अन्नपूर्ण आधारशिविर, मर्दी हिमाल, खुमैडाँडा, कोरीलगायतका ठाउँमा मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह गरेको हो ।  

पदयात्रामा जाँदा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनालाई पालना गर्न, गन्तव्यस्थलका बारेमा पर्याप्त जानकारी लिई तयारीका साथ जान र खाना तथा आवासका लागि अग्रिम बुकिङ गर्न भनिएको छ । पदयात्रामा जाँदा एक्लै नगई समूहमा जान र हतार नगरी बिस्तारै उचाइतर्फ जान आग्रह गरिएको छ । पदयात्रा गर्दा पन्जा, टोपी, ज्याकेटलगायत न्यानो कपडा, तातोपानीसहितको थर्मस, लेक लाग्दा प्रयोग गरिने औषधि साथमा लिन अनुरोध गरिएको हो ।

पर्याप्त मात्रामा तातोपानी, जीवनजल, झोलिलो खानेकुरा खान र धुमपान तथा मद्यपान नगर्न कार्यालयले सूचनामार्फत आग्रह गरेको हो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending