Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

घुमघामको याममा मौसमको चुनौती

खबरडबली संवाददाता

गण्डकी । मुख्य पर्यटकीययाम चलिरहेका बेला हाल देशभर अचानक मौसममा बदली आएको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र वर्षा भइरहेको छ । गण्डकी प्रदेशका मुस्ताङ, मनाङ, कास्की, म्याग्दी, गोरखालगायत जिल्लामा पनि प्रतिकूल मौसमका कारण पर्यटकीय गतिविधि प्रभावित बनेको छ ।  

घुमघामको याममा पर्यटकलाई मौसमले चुनौती दिएको हो । सुरक्षित स्थानमा रहेका पर्यटक हिमपातमा रमाइरहेका भए पनि हिमाली भेगको पदयात्रामा निस्केका पर्यटकलाई भने गन्तव्यसम्म पुग्न सास्ती भएको छ । कतिपय ठाउँमा सुरक्षाकर्मी र स्थानीयवासीले हिउँ पन्छाउँदै पर्यटकलाई सुरक्षित स्थानमा पुर्‍याइरहेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविरमा पर्यटकको सहजीकरणको लागि जनपद र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । 

नौ जना अमेरिकी नागरिकसहित अन्नपूर्ण चक्रीय पदमार्गको यात्रामा रहेका पर्यटन पथप्रदर्शक दिवस गुरुङले वर्षा र हिमपातले पदयात्रामा कठिनाइ थपेको बताए । लमजुङको बेँसीसहर हुँदै मनाङ जान लागेको उक्त टोली बुधबार मनाङको सदरमुकाम चामे पुग्ने योजनामा छ । “मनाङमा पनि भारी वर्षा र हिमपात भइरहेकाले मौसम हेरेर मात्र हामी अगाडि बढ्छौँ”, उनले भने, “मौसमको प्रतिकूलताका कारण पदयात्राको अवधि केही लम्बिन सक्छ ।” मनाङ हुँदै थोरङ भन्ज्याङ पार गरेर मुस्ताङ, म्याग्दी हुँदै पोखरा फर्किने योजना रहको उनले सुनाए । 

खुलेको मौसममा हिमाल र डाँडाकाँडा हेर्दै पदयात्रा गर्न नपाए यात्रा खल्लो हुने पदयात्री पर्यटक बताउँछन् । शरद् ऋतुमा पनि अहिले आकाश धुम्म छ । झरी परिरहेको छ । हिमाल र पाखापखेरु बादलले ढाकिएका छन् । पदयात्रामा जाने तयारीमा रहेका कतिपय पर्यटकले मौसमकै कारण यात्रा रद्ध गरेका छन् । 

यो याममा स्वच्छ र शान्त वातावरणमा हिमाली र पहाडी भेगको सौन्दर्य नियाल्न आन्तरिक तथा बाह्य पर्यटकहरू अन्नपूर्ण संरक्षण क्षेत्रलगायत विभिन्न गन्तव्यस्थलको भ्रमणमा जाने गर्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा रवीन कडरियाले मौसम प्रतिकूल हुँदा पर्यटन क्षेत्र प्रभावित बनेको बताए । 

“तिहारलगत्तै मुस्ताङ, मनाङलगायत ठाउँमा पर्यटकको चहलपहल बढेको थियो, यहीबेला मौसम बिग्रिँदा पर्यटक आवागमन प्रभावित हुन पुगेको छ”, उनले भने, “हिमपात र वर्षाका कारण अन्नपूर्ण क्षेत्रमा पर्यटक अलपत्र वा कुनै समस्यामा परेको अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन, घुम्न नपाए पनि पर्यटकहरू सुरक्षित रूपमा होटलमा बसेका छन् ।”

मुख्य पर्यटकीय याममै मौसम प्रतिकूल हुँदा पर्यटकीय गतिविधि सुस्त हुने आयोजना प्रमुख डा कडरियाले बताए । कात्तिक पदयात्राका लागि उपयुक्त महिना भएकाले मौसम खुल्नासाथ पर्यटकीय चहलपहल पुनः बढ्ने उनको विश्वास छ । 

अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिन्छ । सडक मार्ग हुँदै पनि यस क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्न सकिन्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलमा साेमबारदेखिनै हलुका वर्षा र हिमपात सुरु भएको थियो । जल तथा मौसम विज्ञान विभागले मंगलबार ती जिल्ला भारी वर्षा भएको जनाएको छ । विभागका अनुसार मनाङको चामेमा पछिल्लो २४ घण्टामा ६४.४ मिलिमिटर र मुस्ताङको जोमसोममा ५१।२ मिलिमिटर वर्षा भएको छ । 

वर्षा र हिमपातका कारण जोखिम निम्तन सक्ने भन्दै मुस्ताङ, म्याग्दी, कास्कीलगायत जिल्लामा स्थानीय प्रशासनले जोखिमयुक्त ठाउँमा पदयात्रामा नजान आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय, कास्कीले आज सार्वजनिक सूचनामार्फत प्रतिकूल मौसमका कारण उत्पन्न हुने जोखिम र लेक लाग्न सक्ने समस्यालाई दृष्टिगत गरी अन्नपूर्ण आधारशिविर, मर्दी हिमाल, खुमैडाँडा, कोरीलगायतका ठाउँमा मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह गरेको हो ।  

पदयात्रामा जाँदा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनालाई पालना गर्न, गन्तव्यस्थलका बारेमा पर्याप्त जानकारी लिई तयारीका साथ जान र खाना तथा आवासका लागि अग्रिम बुकिङ गर्न भनिएको छ । पदयात्रामा जाँदा एक्लै नगई समूहमा जान र हतार नगरी बिस्तारै उचाइतर्फ जान आग्रह गरिएको छ । पदयात्रा गर्दा पन्जा, टोपी, ज्याकेटलगायत न्यानो कपडा, तातोपानीसहितको थर्मस, लेक लाग्दा प्रयोग गरिने औषधि साथमा लिन अनुरोध गरिएको हो ।

पर्याप्त मात्रामा तातोपानी, जीवनजल, झोलिलो खानेकुरा खान र धुमपान तथा मद्यपान नगर्न कार्यालयले सूचनामार्फत आग्रह गरेको हो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending