भैरहवा। रुपन्देहीको कन्चन गाउँपालिका–५, फायरलाइनस्थित भित्री सडक खण्डमा गए राति भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ख। ७७८२ नम्बरको इभी गाडी रुद्रपुरतर्फ आउँदै गर्दा राति करिब १०:३० बजे अनियन्त्रित भई सडक छेउँमा रहेको बाँझीको रुखमा ठोक्किएको थियो । दुर्घटनामा सवार सात जनामध्ये तीन जनाको मृत्यु भएको र चार जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक अनिल खड्काले जानकारी दिए।
मृत्यु हुनेमा सैनामैना–८, बासगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम विक रहेको छन् । आचार्यको राति १२:३० बजे पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । यस्तै थापा र विकको कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते हुनेमा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेको छन् । उनीहरूको टाउकोमा गम्भीर चोट लागेकाले मध्यरातमा थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल र मरसिटी अस्पताल बुटवल पठाइएको खड्काले बताए।
दुर्घटनाको कारण अत्यधिक गतिका कारण गाडी अनियन्त्रित भइ सडकबाट तल खसेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटनास्थलमा पुगेको रुद्रपुर इलाका प्रहरी कार्यालयको टोलीले राति नै उद्धार कार्यगरी घाइतेहरूलाई उपचारका लागि पठाएको हो । गाडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - १७:४१
काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...
बैशाख २६ गते, २०८३ - १७:२३
काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...
बैशाख २६ गते, २०८३ - १७:११
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...
बैशाख २६ गते, २०८३ - १६:२८
ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो । हिमाली जिल्ला ताप्लेजु...
बैशाख २६ गते, २०८३ - १६:१६
नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...
बैशाख २६ गते, २०८३ - १५:५८
काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...
बैशाख २६ गते, २०८३ - १५:४४
काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...
बैशाख २६ गते, २०८३ - १५:१६
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...
बैशाख २६ गते, २०८३ - १४:५८
काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...
बैशाख २६ गते, २०८३ - १४:४९
झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...


प्रतिकृया लेख्नुहोस्: