काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन स्थल नुवाकोटको ओखरपौवा–बन्चरे डाँडामा पुनः फोहोर फाल्न रोक लगाइएको छ। स्थानीयवासीहरूले विगतमा भएका सम्झौताहरू कार्यान्वयन नगरेको भन्दै बुधबारदेखि फोहोर फाल्न नदिएको हुन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार फोहोर बोकेर आएका करिब ५० भन्दा बढी ट्रकलाई स्थानीयले रोकिदिएपछि ती सबै सवारीसाधनहरू फर्किएका छन्।
सन् २०२२ (२०७९ साल जेठ २ गते) मा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र प्रभावित क्षेत्रका वडाध्यक्षहरूबीच १८ बुँदे सहमति भएको थियो। तर उक्त सहमति कार्यान्वयन नभएको भन्दै स्थानीय फेरि आन्दोलित भएका छन्।
सहमतिमा घर–टहराको क्षतिपूर्ति तीन महिनाभित्र निर्णय गर्ने, तीनपिप्लेदेखि बन्चरे डाँडासम्मको सडकका जग्गाको लगत कायम गर्ने, पहिरो नियन्त्रणका कामलाई प्राथमिकता दिने लगायतका बुँदाहरू समावेश थिए। तर, तीन वर्ष बितिसक्दा पनि ती मागहरू कार्यान्वयन नभएको स्थानीयको आरोप छ।
फोहोर व्यवस्थापन ठप्प हुँदा अहिले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका फोहोर बोकेका ट्रकहरू ओखरपौवामा अड्किएका छन्। दैनिक २५० देखि ३०० ट्रक फोहोर बन्चरे डाँडामा विसर्जन हुने गरेको छ।
बुधबार स्थानीय विद्यार्थीहरू समेत प्लेकार्डसहित सडकमा उत्रिए। उनीहरूले फोहोरका कारण अध्ययनमा बाधा पुगेको र तत्काल वैज्ञानिक रूपमा व्यवस्थापन गर्नुपर्ने माग गरे।
स्थानीयवासीले फोहोर बोक्ने गाडीबाट लिच्चड (फोहोरको रासायनिक पानी) नचुहिने व्यवस्था मिलाउन, प्रभावित बस्तीहरूको वैज्ञानिक अध्ययन गरी क्षति मूल्यांकन गर्न, कुहिने–नकुहिने फोहोर छुट्याउने प्रणाली लागू गर्न र प्रभावित क्षेत्रमा गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा सुधार गर्न माग गरेका छन्।
ककनी गाउँपालिका–१ का वडाध्यक्ष पदमबहादुर बलामीका अनुसार, “तीन वर्षअघि भएको सहमति कार्यान्वयनका लागि कसैले पनि गम्भीर चासो नदिँदा स्थानीयहरू आक्रोशित भएका छन्।”
स्थानीयले चेतावनी दिएका छन्— सहमति कार्यान्वयन नभएसम्म फोहोर विसर्जन गर्न दिने छैनन्। यसले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन पुनः अनिश्चित बनेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: