काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन स्थल नुवाकोटको ओखरपौवा–बन्चरे डाँडामा पुनः फोहोर फाल्न रोक लगाइएको छ। स्थानीयवासीहरूले विगतमा भएका सम्झौताहरू कार्यान्वयन नगरेको भन्दै बुधबारदेखि फोहोर फाल्न नदिएको हुन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार फोहोर बोकेर आएका करिब ५० भन्दा बढी ट्रकलाई स्थानीयले रोकिदिएपछि ती सबै सवारीसाधनहरू फर्किएका छन्।
सन् २०२२ (२०७९ साल जेठ २ गते) मा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र प्रभावित क्षेत्रका वडाध्यक्षहरूबीच १८ बुँदे सहमति भएको थियो। तर उक्त सहमति कार्यान्वयन नभएको भन्दै स्थानीय फेरि आन्दोलित भएका छन्।
सहमतिमा घर–टहराको क्षतिपूर्ति तीन महिनाभित्र निर्णय गर्ने, तीनपिप्लेदेखि बन्चरे डाँडासम्मको सडकका जग्गाको लगत कायम गर्ने, पहिरो नियन्त्रणका कामलाई प्राथमिकता दिने लगायतका बुँदाहरू समावेश थिए। तर, तीन वर्ष बितिसक्दा पनि ती मागहरू कार्यान्वयन नभएको स्थानीयको आरोप छ।
फोहोर व्यवस्थापन ठप्प हुँदा अहिले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका फोहोर बोकेका ट्रकहरू ओखरपौवामा अड्किएका छन्। दैनिक २५० देखि ३०० ट्रक फोहोर बन्चरे डाँडामा विसर्जन हुने गरेको छ।
बुधबार स्थानीय विद्यार्थीहरू समेत प्लेकार्डसहित सडकमा उत्रिए। उनीहरूले फोहोरका कारण अध्ययनमा बाधा पुगेको र तत्काल वैज्ञानिक रूपमा व्यवस्थापन गर्नुपर्ने माग गरे।
स्थानीयवासीले फोहोर बोक्ने गाडीबाट लिच्चड (फोहोरको रासायनिक पानी) नचुहिने व्यवस्था मिलाउन, प्रभावित बस्तीहरूको वैज्ञानिक अध्ययन गरी क्षति मूल्यांकन गर्न, कुहिने–नकुहिने फोहोर छुट्याउने प्रणाली लागू गर्न र प्रभावित क्षेत्रमा गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा सुधार गर्न माग गरेका छन्।
ककनी गाउँपालिका–१ का वडाध्यक्ष पदमबहादुर बलामीका अनुसार, “तीन वर्षअघि भएको सहमति कार्यान्वयनका लागि कसैले पनि गम्भीर चासो नदिँदा स्थानीयहरू आक्रोशित भएका छन्।”
स्थानीयले चेतावनी दिएका छन्— सहमति कार्यान्वयन नभएसम्म फोहोर विसर्जन गर्न दिने छैनन्। यसले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन पुनः अनिश्चित बनेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: