Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

‘अर्कोपालि आउनुपर्छ है!’— मुख्यमन्त्री तामाङको भनाइले जित्यो नेपाली मन

खबरडबली संवाददाता

काठमाडौं । ‘दुई जना आएनछन् नि, अर्कोपालि आउनुपर्छ है!’ — सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई शुभकामना दिँदै बोलेको यो वाक्य अहिले नेपाली खेल समुदायमा निकै चर्चित बनेको छ।

सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठको अवसरमा बुधबार पाल्जोर रंगशालामा आयोजित नेपाल र भारतबीचको मैत्रीपूर्ण महिला फुटबल खेलअघि मुख्यमन्त्री तामाङले यस्तो टिप्पणी गरेका थिए। खेलाडीहरूलाई उत्साह बढाउन रंगशाला पुगेका उनले नेपाली टोलीतर्फ हेर्दै केही खेलाडीहरू अनुपस्थित रहेको महसुस गरे र हल्का हाँसोसँगै भने, “दुई जना आएनछन् नि! अर्कोपालि आउनुपर्छ है!”

उनको यो सामान्य देखिने भनाइले नेपाली महिला फुटबलका खेलाडीहरूसँग उनको निकटता र जानकारी झल्काएको धेरैको टिप्पणी छ।

मुख्यमन्त्रीले खोजेका ‘दुई खेलाडी’ को रहस्य

सामाजिक सञ्जालमा धेरैले अनुमान गरेका छन्, मुख्यमन्त्री तामाङले सम्भवतः सावित्रा भण्डारी (साम्बा), प्रीति राई वा एन्जिला तुम्बापो सुब्बामध्ये दुईजनालाई खोजिरहेका थिए।

ती तीनै खेलाडी यसपटकको टोलीमा थिएनन् । सावित्रा व्यावसायिक फुटबलका लागि न्युजिल्यान्डमा, एन्जिला भारतीय क्लब सेथु एफसीसँग आबद्ध छिन् भने प्रीति जोर्डन जाने तयारीमा थिइन्। व्यावसायिक कारणले उनीहरूले सिक्किमको मैत्रीपूर्ण खेल गुमाएका हुन्।

मुख्यमन्त्री तामाङले खेलअघि दुवै टोलीसँग रात्रिभोजमा समेत सहभागी भएर खेलाडीहरूलाई आत्मीय सम्मान जनाएका थिए।

मैत्रीपूर्ण खेलमा नेपालको विजय

उक्त खेलमा निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा नेपालले भारतलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो।

तर, खेलको नतिजाभन्दा पनि सिक्किमका मुख्यमन्त्रीले देखाएको खेलाडीप्रतिको आत्मीयता र खेलप्रेमले धेरैको मन जितेको छ। नेपाली खेल पत्रकार र दर्शकहरूले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भनेका छन् । “त्यो भनाइमा सम्मान, प्रेम र खेलप्रतिको समर्पण झल्किन्छ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सूर्नयागाड जलविद्युत् बन्द हुँदा बस्ती अन्धकारमा

बैतडी । पाटन नगरपालिका–६ मा रहेको सूर्नयागाड जलविद्युत् आयोजना दुई वर्षदेखि बन्द हुँदा आसपासका बस्ती अन्धकारमा बस्न बाध्य भएका छन्। नेपाल विद्युत् ...

वाम एकताको बहस फेरि तात्यो, सुरेन्द्र पाण्डेको फरक मत

काठमाडौं । २१ फागुनको चुनावी परिणामपछि नेपाली कम्युनिस्ट वृत्त फेरि चलायमान भएको छ। चुनावमा अपेक्षाभन्दा कमजोर प्रदर्शनपछि नेपाल कम्युनिस्ट पार्टी (एक...

१० वर्षदेखि चलनचल्तीबाहिर ३६ लाख खाता, १७ अर्बभन्दा बढी रकममा सरकारको नजर

काठमाडौं । बैंकमा पैसा छ, तर मालिक बेखबर। यस्तो “निद्रामा” परेका खाताको संख्या नेपालमा ३६ लाख नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म...

पाहुनालाई स्वागत गर्न तैयार एक मुठ्ठी बादल परिवार

काठमाडौं । एक मुठ्ठी बादल : मेरो सेयर अफ स्काईले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरले चलचित्र भित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै चल...

केन्द्रको निर्देशनविपरीत स्थानीय तहको अग्रसरता : विद्यार्थी भर्ना धमाधम सुरु

काठमाडौं । संघीय सरकारको परिपत्रविपरीत केही स्थानीय तहले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना र पठनपाठन सुरु गरेका छन् । केन्द्र सरकारले वैशाख १५...

प्युठान दुर्घटनामा एकजनाको मृत्यु

प्युठान । प्युठानको ऐरावती गाउँपालिका–२ देउरालीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ऐरावती गाउँपालिका–१ दाङवाङका...

संसदीय समिति बाँडफाँटमा रास्वपाको दाउ : ११ सभापति आफ्नै पोल्टामा, लेखा कांग्रेसलाई नदिने संकेत

काठमाडौं । संघीय संसद् अन्तर्गतका विषयगत समितिको सभापति चयन प्रक्रिया अघि बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११ वटा समितिको नेतृत्व आ...

जलवायु परिवर्तनको मार : मधेशमा चर्किँदो खानेपानी सङ्कट

काठमाडाैं । मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा देखिएको जलवायु परिवर्तनको प्रभाव अब सिधै धारा, इनार र चापाकलमा महसुस हुन थालेको छ। चैत नसकिँदै महोत्तरीको ...

सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय

काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको श...

दैनिक रगतको माग बढ्दै गर्दा घट्दै दाता

चितवन । चितवनमा रगतको माग बढ्दै जाँदा रक्तदाताहरूको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरूको सङ्ख्या भने बढ्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending