काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी आमनिर्वाचनअघि नै पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ।
नेता डा. शेखर कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा शुक्रबार बिहान बसेको इतर समूहको बैठकले २१ फागुनमा हुने निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने निष्कर्षमा पुगेको हो।
बैठकमा सहभागी एक नेताका अनुसार, “नियमित महाधिवेशन निर्वाचनअघि नै गर्नुपर्छ, ढिलोमा पुस मसान्तभित्र सम्पन्न गरिसक्नुपर्छ भन्ने हाम्रो धारणा हो। त्यसअनुसार पुस १६ गते महाधिवेशनको मिति तोक्ने प्रस्ताव गरिएको छ,” उनले भने।
इतर समूहले आगामी पुस १६ गते महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तयार पार्ने जिम्मेवारी पार्टीका महामन्त्रीद्वयलाई दिएको छ।
ती महामन्त्रीद्वयले शुक्रबारै बस्ने केन्द्रीय कार्यसमिति बैठकमा उक्त कार्यतालिका पेस गर्ने तयारी गरेका छन्।
एक पदाधिकारीका अनुसार, “पुस १६ मा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका ल्याउने, कार्यवाहक सभापतिसँग छलफल गरेर आजकै बैठकमा प्रस्ताव पेश गर्ने सहमति भएको छ,” उनले बताए।
बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, साथै सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायत नेता सहभागी थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - ११:२५
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्नेमा जोड दिएको छन् । मनमोहन स्मृति प्रतिष्ठ...
बैशाख २६ गते, २०८३ - ११:०७
इटहरी। वेदा एकेडेमी अहिले विशेष आवश्यकता भएका बालबालिकाका लागि आशाको केन्द्र बन्दै गएको छ । इटहरी–९ मा स्थापित एकेडेमी कोशी प्रदेशमा समावेशी शिक्षाको ...
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी


प्रतिकृया लेख्नुहोस्: