Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

सरकारले जारी गरेको भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड आजदेखि कार्यान्वयनमा

खबरडबली संवाददाता

काठमाडौं । सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ। यसअघि लागू भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा आधारित नयाँ मापदण्ड आजदेखि कार्यान्वयनमा आएको हो।

अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलनमार्फत नयाँ व्यवस्थाबारे दिएकाृ जानकारी अनुसार १० माघ २०८० देखि लागू भएको ६ बुँदे मापदण्डसहित यसअघि विभिन्न समयमा जारी भएका सबै भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गर्दै १३ कात्तिकमा मन्त्रिस्तरीय निर्णयमार्फत नयाँ मापदण्ड लागू गरिएको हो।

विभागले सबै नागरिकलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्रासम्बन्धी विवरणमा पूर्ण रूपमा सचेत भई निर्धक्क रूपमा यात्रा गर्न अनुरोध गरेको छ। साथै, नयाँ मापदण्डबारे स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमार्फत सबै नागरिकसम्म जानकारी पुर्‍याउन आग्रह गरिएको छ।

विभागका अनुसार, अघिल्ला मापदण्डहरू कडा र झन्झटिलो भएका कारण कागजपत्र तयार गर्ने प्रक्रियामा समस्या देखिएको थियो। त्यही कारण बिचौलियाहरूले कागजात मिलाउने नाममा बढी रकम असुल्ने प्रवृत्ति बढेकाले नयाँ मापदण्ड ल्याइएको हो।

नयाँ मापदण्डअनुसार भिजिट भिसामा विदेश जाने नेपाली नागरिकले कम्तीमा ६ महिनाको अवधि बाँकी भएको राहदानी, गन्तव्य मुलुकको भिसा, गन्तव्यसम्मको हवाई टिकट, भ्रमणको प्रयोजनका लागि आवश्यक कागजात, र भ्रमणबाट सिर्जित परिणामका लागि स्वयं जिम्मेवार हुने स्वघोषणा पत्र राख्नुपर्नेछ ।

यसअघि जारी ६ बुँदे मापदण्डमा भने दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, र आफन्तकोमा बस्नेका लागि तीन पुस्ते विवरण पेश गर्नुपर्ने व्यवस्था थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending