इलाम। हिजो विहानदेखि सुरु भएको वर्षाका कारण अवरुद्ध भएको मेची राजमार्गको राजदुवाली माइखोलास्थित खण्डलाई तत्कालका लागि सुचारु गरिएको छ । भोलि लोकसेवा आयोगको परिक्षा दिन जाने परिक्षार्थीहरुलाई सहज गराउन अहिलेदेखि भरे साँझ साढे पाँच बजे सम्मका लागि सडक एकतर्फी सुचारु गराइएको हो ।
पहिरो गएको र दबिएको स्थानमा ग्राभेल भरेर तत्कालका लागि सडक सुुचारु गराइएको हो । जिल्ला प्रशासन कार्यालय इलामले एक सुुचना जारी गरि साना तथा जीप र एम्बुलेन्सलाई मात्र भरे साढे पाँच बजेसम्म सञ्चालनका लागि खुल्ला गरिएको र बाँकी सवारीमा रोक लगाइएको जनाएको छ । सडक डिभिजन कार्यालय इलामले आज विहानै देखि सडक खुलाउने प्रयास जारी राखेको छ। पहिरो माथि ट्रयाक बनाइएकाले तत्कालको अवस्था टार्नेमात्र काम भएको डिभिजन प्रमुख पवन भट्टराईले बताए।
गएको असोज १८ गते रातीको वर्षाका कारण मेची राजमार्गको राजदुवालीस्थित माइखोला माथिको सडकमा पहिरो गएर अवरुद्ध भएको थियो । यो सडकको विकल्पमा रहेको सिमल गोलाई तिल्केनी सडक पनि अहिले विहानदेखि बन्द गरिएको छ । यो मार्गबिचमा पर्ने जोगमाई खोलामा हालिएको ह्युमपाइपको बाटो पनि आजको बाढीले बगाएपछि यो सडक बन्द भएको छ ।
पूर्वी पहाड ताप्लेजुुङ, पाँचथर, इलामको लाइफलाईनका रुपमा रहेको मेची राजमार्ग बन्द भएपछि ताप्लेजुङ सम्मका सर्वसाधारण समस्यामा छन् । यता इलाममा पानी निरन्तर परेपछि असोज १८ को बाढी पहिरोले धेरै स्थानमा धाँजा फाटेको जमिन बग्न थालेको जानकारी आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - १६:५३
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...
पौष १६ गते, २०८२ - १६:४६
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको ...
पौष १६ गते, २०८२ - १६:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताएको छन्। नेप...
पौष १६ गते, २०८२ - १६:२४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा आफूलाई राप्रपा अपूर्णजस्तो महसुस हुँदै आएको ...
पौष १६ गते, २०८२ - १६:०६
काठमडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक छलफल का...
पौष १६ गते, २०८२ - १५:५४
लिमा। पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्...
पौष १६ गते, २०८२ - १५:४६
काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकीकरण गरेका कुलमान घिसिङले प्रतिनिधि सभा ...
पौष १६ गते, २०८२ - १५:३७
ठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले चार वर्षअघि पार्टी छाड्दा मन रोईरोई छाडेको र अहिले फर्किँदा घर फर्किएको अनुभूति भएक...
पौष १६ गते, २०८२ - १५:१६
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई राजनीतिक परिवर्तनको झिल्कोको...
पौष १६ गते, २०८२ - १५:१०
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक आरोप–प्रत्यारोपको शृङ्खलाबाट माथि उठाउन चाहेको बताएका छन्। बु...




प्रतिकृया लेख्नुहोस्: