इलाम। हिजो विहानदेखि सुरु भएको वर्षाका कारण अवरुद्ध भएको मेची राजमार्गको राजदुवाली माइखोलास्थित खण्डलाई तत्कालका लागि सुचारु गरिएको छ । भोलि लोकसेवा आयोगको परिक्षा दिन जाने परिक्षार्थीहरुलाई सहज गराउन अहिलेदेखि भरे साँझ साढे पाँच बजे सम्मका लागि सडक एकतर्फी सुचारु गराइएको हो ।
पहिरो गएको र दबिएको स्थानमा ग्राभेल भरेर तत्कालका लागि सडक सुुचारु गराइएको हो । जिल्ला प्रशासन कार्यालय इलामले एक सुुचना जारी गरि साना तथा जीप र एम्बुलेन्सलाई मात्र भरे साढे पाँच बजेसम्म सञ्चालनका लागि खुल्ला गरिएको र बाँकी सवारीमा रोक लगाइएको जनाएको छ । सडक डिभिजन कार्यालय इलामले आज विहानै देखि सडक खुलाउने प्रयास जारी राखेको छ। पहिरो माथि ट्रयाक बनाइएकाले तत्कालको अवस्था टार्नेमात्र काम भएको डिभिजन प्रमुख पवन भट्टराईले बताए।
गएको असोज १८ गते रातीको वर्षाका कारण मेची राजमार्गको राजदुवालीस्थित माइखोला माथिको सडकमा पहिरो गएर अवरुद्ध भएको थियो । यो सडकको विकल्पमा रहेको सिमल गोलाई तिल्केनी सडक पनि अहिले विहानदेखि बन्द गरिएको छ । यो मार्गबिचमा पर्ने जोगमाई खोलामा हालिएको ह्युमपाइपको बाटो पनि आजको बाढीले बगाएपछि यो सडक बन्द भएको छ ।
पूर्वी पहाड ताप्लेजुुङ, पाँचथर, इलामको लाइफलाईनका रुपमा रहेको मेची राजमार्ग बन्द भएपछि ताप्लेजुङ सम्मका सर्वसाधारण समस्यामा छन् । यता इलाममा पानी निरन्तर परेपछि असोज १८ को बाढी पहिरोले धेरै स्थानमा धाँजा फाटेको जमिन बग्न थालेको जानकारी आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: