Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

सुशील कोइराला क्यान्सर अस्पतालमा शय्या पाउनै मुस्किल, दुई दिनसम्म पालो पर्खिनुपर्ने बाध्यता

खबरडबली संवाददाता

बाँके। बाँकेको खजुरा गाउँपालिका-७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भौतिक पूर्वाधार अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । किमोथेरापी सेवा लिँदै आएका क्यान्सरका बिरामीले शय्या अभावमा दिनभर पालो कुर्नपर्ने बाध्यता छ । 

दिनभर कुर्दा पनि किमोथेरापीका लागि शय्या पाउन मुस्किल हुने गरेको बिरामीको गुनासो छ । शय्या नपाउँदा किमोथेरापीका लागि दुई दिनसम्म पालो पर्खिनुपर्ने बाध्यता रहेको नेपालगञ्ज-२१ का किमोथेरापी सेवाग्राही बिरामी डिगम्बर रानाले बताए। बुधबार दिनभर पर्खिदा पनि पालो नपाएपछि बिहीवार अपराह्न मात्र किमोथेरापीका लागि शय्या मिलेको उनको भनाइ छ ।

अस्पतालमा बिरामीको चाप दैनिकरुपमा बढ्दो छ । बिरामीको सङ्ख्या बढेपछि अहिले अस्पतालले एउटै शय्यामा दुई बिरामी राखेरसमेत किमोथेरापी सेवा प्रवाह गर्दै आएको छ । अस्पतालमा सञ्चालनमा रहेको ‘डे केयर वार्ड’ मा शय्या अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको अस्पतालको सूचना अधिकारी डा।प्रवीणकुमार गुप्ताले बताए। 

उहाँका अनुसार, अस्पतालमा हाल करिब ५५ शय्या मात्र सञ्चालनमा छन्, त्यसमध्ये किमोथेरापी सेवा प्रवाहका लागि सञ्चालित डे केयर वार्डमा करिव २० शय्या मात्रै रहेका छन् । किमोथेरापी सेवा लिने बिरामीको सङ्ख्या भने दैनिक करिब ५० हुने गरेको छ । अस्पतालमा पन्ध्र शय्याको डे केयर वार्ड भवन निर्माण भए पनि हस्तान्तरण नहुँदा थप समस्या भएको छ । 

डे केयर वार्ड भवन हस्तान्तरण भए किमोथेरापी सेवा लिने बिरामीलाई सेवा प्रवाह गर्न सहज हुने सूचना अधिकारी डा।गुप्ताको भनाइ छ । उहाँका अनुसार, केमोथेरापी एक क्यान्सर उपचार हो जसले क्यान्सर कोषहरूलाई त तिनीहरूको वृद्धि रोकेर वा विभाजन गरेर मार्न औषधि प्रयोग गर्दछ । यो सेवा मुखबाट वा नशाबाट विभिन्न तरिकाले प्रदान गर्न सकिन्छ ।

पश्चिम नेपालको एक मात्र सरकारी क्यान्सर अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बिरामी उपचारका लागि आउने गरेका छन् । गत आर्थिक वर्ष २०८१र८२ मा मात्र यस अस्पतालबाट ३६ हजार ९३२ बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका थिए । त्यस मध्ये ७०८ बिरामीलाई शल्यक्रिया सेवा प्रवाह भएको सूचना अधिकारी गुप्ताले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending