Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

केन्यामा खडेरी : गाईको सट्टा उँट पालनतर्फ झुकाव

खबरडबली संवाददाता

केन्या । उत्तरी केन्याको सुक्खा भूमिमा अप्रिलयता वर्षा भएको छैन । त्यसबेलादेखि स्थानीय गोठालाहरूका लागि गाई र गोरु पालन अब अतीतको कुरा बन्दै गएको छ । बबुल (एकासिया) का रुखतिर दौडिरहेका दर्जनौँ उँटलाई नियाल्दै दुई गोठालाले ‘हे भगवान, तिनीहरूको रक्षा गर्नुहोस्’ भन्दै प्रार्थना गर्ने दृश्य अहिले यहाँ सामान्य भइसकेको छ ।

नजिकैको कुवाको किनारमा बसेका गोठालाहरूले सन् २०२१ र २०२२ का लगातार न्यून वर्षाका कारण चार दशककै सबैभन्दा भीषण खडेरीमा आफ्ना गाई–गोरुहरू ‘सबै मरे’ भनेर दुःख व्यक्त गरे । त्यस यताका वर्षहरूमा उनीहरूले जीवनयापनको स्वरूप नै परिवर्तन गरेका छन् ।

अर्ध–घुमन्ते सम्बुरु समुदायका सदस्य लोलपुसिक भन्छन्, “अब हाम्रो घरमा गाईवस्तु छैनन्, हामीले केवल उँट पाल्छौँ ।”

उँटहरू सुक्खा घाँसमा पनि बाँच्न सक्छन्, एक हप्ता भन्दा बढी पानी बिना रहन सक्छन् र गाईको तुलनामा छ गुणा बढी दूध दिन सक्छन् । यसले जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उत्तरी केन्याका बासिन्दालाई उँटलाई जीवनको नयाँ आधार बनाउन प्रोत्साहित गरेको छ ।

सन् २०१५ मा थुप्रै खडेरीका कारण केन्याको सुक्खा र अर्ध–सुक्खा क्षेत्रका करिब ७० प्रतिशत गाईवस्तु मरेपछि सम्बुरु काउन्टीका अधिकारीहरूले उँट पालन कार्यक्रम सुरु गरेका थिए । ती खडेरीहरूले स्थानीय पशुपालकहरूमा कुपोषणको गम्भीर समस्या निम्त्याएको थियो । त्यसपछि करिब पाँच हजार सोमाली उँट वितरण गरिए । यसमा गत वर्ष मात्रै एक हजार उँट समावेश थिए । यी उँट देशी प्रजातिभन्दा ठूला र बढी उत्पादक हुन्छन् ।

पहिले उँटबारे खासै जानकारी नभएका लोलपुसिकले सन् २०२३ मा केही उँट प्राप्त गरे । अहिले उनको झाडीले घेरिएका सवान्ना क्षेत्रका साना आयाताकार झुपडीहरूको समूह मन्याट्टामा इक दर्जन उँट शान्तिपूर्वक घाँस चरिरहेका छन् । गाउँका प्रशासक जेम्स लोलपुसिक (नाम मात्र मिल्ने तर सम्बन्ध नभएको व्यक्ति) का अनुसार काउन्टीको लक्ष्य ‘हरेक परिवारको आफ्नै उँट हुने’ हो ।

“यदि खडेरी जारी रह्यो भने गाईवस्तुहरू यहाँ टिक्न सक्दैनन्”, उनले भने ।

यद्यपि उँटपालनसँग केही जोखिमहरू पनि छन् । विशेषगरी रोगको सम्भावना रहेको छ । तर सकारात्मक परिवर्तनहरू प्रष्ट देखिएका छन्—उँटको दुधले बालबालिकाको पोषणमा ठूलो सुधार ल्याएको छ । “उँटहरू दिनमा पाँचपटकसम्म दुध दिन सक्छन्”, गाउँ प्रमुखले भने ।

४० वर्षीया नैमालु लेन्टाका भन्छन्, “गाईले त घाँस हरियो हुँदा मात्र दुध दिन्छ, तर उँटहरू सुक्खा मौसममा पनि निरन्तर दुध दिन्छन्, यही हो ठूलो भिन्नता ।” उनका अनुसार अहिले गाउँका धेरै परिवार ‘उँट र तिनीहरूको दुधमा नै निर्भर’ छन् ।

सन् २०२२ मा केन्याको मेरु विश्वविद्यालयले गरेको अध्ययनले उँटको दुधमा मानव स्तनदूधजस्तै पोषण र उपचारात्मक गुणहरू रहेको देखाएको थियो । उत्तरी केन्याका समुदायहरूमा खडेरीका समयमा उपभोग गरिने कुल पोषक तत्वको करिब आधा भाग उँटको दुधबाट प्राप्त हुने तथ्याङ्कमा उल्लेख गरिएको छ ।

उँटहरू केवल जीविकोपार्जनका साधन मात्रै होइनन्, यहाँका सांस्कृतिक र खेलकुदका तारा पनि बनेका छन् । सेप्टेम्बरको अन्त्यमा सम्पन्न मारालाल इन्टरनेसनल क्यामल डर्बीमा करिब ४० वटा उँट उत्साहित भीडका सामु दौडिरहेका थिए । विजेताले २१ किलोमिटर (आधा म्याराथन) दूरी मात्र एक घण्टा २२ मिनेटमा पूरा गरेका थिए ।

कार्यक्रमका आयोजकहरूले भनेका छन्, “यो प्रतियोगिता शान्तिपूर्ण सांस्कृतिक अन्तरक्रियाको माध्यम हो, जसले स्रोतका लागि लड्ने समुदायहरूलाई एकसाथ ल्याउँछ ।” वास्तवमा, उँटलाई यहाँ ‘शान्तिको प्रतीक’ का रूपमा समेत हेरिन्छ ।

सुक्खा मौसममा गोठालाहरूले गाईवस्तुका झुण्डहरूलाई उर्वर क्षेत्रतर्फ लैजानाले वर्षौंदेखि थुप्रै द्वन्द्व निम्त्याएको छ । तर उँटहरू भने जहाँ छन् त्यहीँ बस्न सक्ने भएकाले यसले हिंसा र प्रतिस्पर्धा घटाएको छ ।

यद्यपि यो कठोर जनावरलाई पनि जीवित रहन केही पानी चाहिन्छ । त्यसैले स्थानीय बासिन्दाहरू अझै पनि वर्षाको प्रतीक्षा र प्रार्थनामा छन् ।

“हामी केवल यही प्रार्थना गर्छौं कि स्थिति अझ बिग्रिन नपाओस्”, गाउँ प्रशासक जेम्स लोलपुसिकले भने । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: